कालीकोट । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकोट निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
मंगलबार कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुमा बसेको पार्टी जिल्ला समितिको विशेष बैठकले विश्वकर्मालाई सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले कर्णाली प्रदेशमा माओवादी आन्दोलनको विकास, संगठन विस्तार र राजनीतिक स्थायित्वका लागि विश्वकर्माको उम्मेदवारी आवश्यक रहेको निष्कर्ष निकालेको पार्टीले जनाएको छ।
पार्टी जिल्ला इन्चार्ज विवेक कुमालका अनुसार विश्वकर्मा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने राष्ट्रियस्तरका नेता, सहिद परिवारका सदस्य तथा कर्णालीमा जनयुद्ध र माओवादी आन्दोलन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अनुभवी नेता भएकाले प्रत्यक्षतर्फ एकल सिफारिस गरिएको हो। “विश्वकर्माको राजनीतिक यात्रा कर्णालीको पीडा, संघर्ष र परिवर्तनसँग गाँसिएको छ,” कुमालले भने, “त्यसैले पार्टीले कुनै वैकल्पिक नाम अघि नबढाई एकल सिफारिस गरेको हो।”
विश्वकर्मा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कालीकोटबाट २७ हजार मत प्राप्त गरी विजयी भएका थिए। त्यसयता उनी पार्टीको केन्द्रीय राजनीतिमा सक्रिय रहँदै प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका छन्। संविधान निर्माण, गणतन्त्र स्थापना र सामाजिक न्यायका मुद्दामा उनी निरन्तर आवाज उठाउँदै आएका नेता मानिन्छन्।
पार्टी स्रोतका अनुसार कालीकोटमा माओवादी केन्द्रको संगठनलाई थप सुदृढ बनाउने, जनताको दैनिक जीवनसँग जोडिएका विकास, रोजगारी र सामाजिक न्यायका मुद्दालाई संसदमा प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित विश्वकर्मालाई उम्मेदवार सिफारिस गरिएको हो। विशेषगरी कर्णाली क्षेत्रको पिछडापन, पूर्वाधार अभाव र बेरोजगारी जस्ता समस्यालाई राष्ट्रिय एजेन्डा बनाउन सक्ने नेताको आवश्यकता रहेको निष्कर्ष बैठकले निकालेको छ।
जिल्ला समितिको निर्णय अब प्रदेश र केन्द्रीय तहमा पठाइनेछ। अन्तिम उम्मेदवारको टुंगो भने पार्टीको केन्द्रीय समितिले लगाउने माओवादी केन्द्रले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १०:०१
नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्ग...
चैत्र ७ गते, २०८२ - ०९:५९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने सम्भावित रणनीतिबारे आन्तरिक प...
चैत्र ७ गते, २०८२ - ०९:५७
काठमाडौं। ११ वर्ष कैद भुक्तान गरी हालै मात्र जेलबाट छुटेका एक व्यक्ति पुनः चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नग...
चैत्र ७ गते, २०८२ - ०९:५५
काठमाडौं। इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ। अल जजीराक...
चैत्र ७ गते, २०८२ - ०८:५९
काठमाडौं । भारतको बिहार क्षेत्रबाट विकसित वर्षा प्रणाली नेपाल प्रवेश गर्दै बागमती प्रदेशमा प्रभाव पार्ने सम्भावना रहेको मौसमविद्ले बताएक...
चैत्र ७ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । च...
चैत्र ७ गते, २०८२ - ०८:४३
काठमाडौं। काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको बाढी सडकमा पसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...
चैत्र ७ गते, २०८२ - ०८:४१
बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै ग...
चैत्र ७ गते, २०८२ - ०८:३९
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य ...
चैत्र ७ गते, २०८२ - ०८:३६
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेस, बागमती, गण...


प्रतिकृया लेख्नुहोस्: