Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

नेकपा बैठकमा प्रचण्डको भारत भ्रमणबारे छलफल, ‘पार्टी कार्यक्रमका लागि गएको’ प्रष्टाेक्ति

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको भारत भ्रमणबारे छलफल भएको छ। पार्टीले उक्त भ्रमण सरकारको औपचारिक हैसियतमा नभई पार्टीगत कार्यक्रमका लागि भएको भन्दै स्पष्ट पारेको छ।

पेरिसडाँडामा बसेको पार्टीको परामर्श बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका प्रवक्ता अग्नि सापकोटाले प्रचण्ड भारतको एक राजनीतिक दलको कार्यक्रममा सहभागी हुन गएको जानकारी दिए। उनले राष्ट्रिय स्तरका नेताले छिमेकी मुलुकका प्रभावशाली व्यक्तिहरूसँग संवाद गर्नु देशकै हितमा हुने बताए।

“विश्व राजनीतिक परिस्थिति तीव्र रूपमा परिवर्तन भइरहेको छ। यस्तो अवस्थामा हामीले छिमेकी देश भारत मात्र होइन, चीनलगायत सबैसँग संवाद गर्नुपर्छ,” सापकोटाले भने, “प्रचण्ड सरकारको प्रतिनिधित्व गरेर होइन, त्यहाँका राजनीतिक तथा महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाटका लागि जानुभएको हो।”

उनका अनुसार उक्त भ्रमणलाई अनावश्यक रूपमा कूटनीतिक विवादको विषय बनाउन नहुने पार्टीको निष्कर्ष छ। बैठकमा केही नेताहरूले भारत भ्रमणबारे उठेका प्रश्न र सार्वजनिक चासोबारे धारणा राखेका थिए भने नेतृत्वले त्यसलाई सामान्य राजनीतिक सम्पर्कको रूपमा लिनुपर्ने धारणा व्यक्त गरेको थियो।

प्रचण्ड आइतबार भारतको राजधानी नयाँ दिल्ली पुगेका थिए र सोमबार साँझ स्वदेश फर्किएका हुन्। उनको भ्रमणका क्रममा भएका भेटघाट र छलफलको विवरण आवश्यक परेमा पार्टीले सार्वजनिक गर्ने पनि प्रवक्ता सापकोटाले बताए।

पार्टीका नेताहरूका अनुसार छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध कायम गर्नु, क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिक परिवर्तनलाई बुझ्नु र पार्टीस्तरमा संवाद बढाउनु वर्तमान सन्दर्भमा अपरिहार्य रहेको निष्कर्ष बैठकले निकालेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विधानमा देउवाको ताला, पार्टी संस्था कि निजी कम्पनी ?

नेपाली कांग्रेस आज कुनै बाह्य शत्रुका कारण कमजोर बनेको होइन। न त विचार सकिएको हो, न इतिहास मरेको हो । कांग्रेसलाई कमजोर बनाएको छ । आफ्नै नेतृत्वको भय,...

सुर्खेतमा भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौं । भरुवा बन्दुकसहित सुर्खेतमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका-९ सिम दमार बस्ने ३८ वर्षीय धनबहादुर रावत रहेका छन्। ...

लोकतन्त्रको मूल आधारनै निर्वाचन हो, तयारी अन्तिम चरणमा पुगिसकेकाे छः आयुक्त डा. तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, समावे...

बुलेटबाट ब्यालेटतर्फ विप्लव: रोल्पाबाट संसदीय राजनीतिमा प्रवेश

काठमाडौँ । लामो समय सशस्त्र संघर्ष, भूमिगत राजनीति र राज्यसँगको टकरावको मार्ग रोजेको नेत्रविक्रम चन्द ‘विप्लव’ अब प्रत्यक्ष चुनावी राजनीतिमा उत्रिने भ...

कांग्रेसभित्र खुला टकरावः महामन्त्रीहरूको ‘विशेष महाधिवेशन’ अमान्य भन्दै पार्टीको कडा चेतावनी

ललितपुर । नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्ष खुला टकरावतर्फ उन्मुख हुँदै गएको छ । महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर...

राजावादी छायाँबाट राज्यसत्ताको मूलधारमा सुनिल थापा, निर्विरोध भए राष्ट्रिय सभा सदस्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजनीति ओरालो लाग्दै जाँदा नेपाली कांग्रेस प्रवेश गरेका सुनिल थापाको राजनीतिक यात्रामा अर्को महत्...

वनभाेजबाट फर्किंदै गरेको बस काठमाडौंको शंखरापुरमा दुर्घटना

काठमाडौँ । पिकनिकबाट फर्किंदै गरेको बस काठमाडौंको शंखरापुर नगरपालिका-३ फेदी जंगलमा बुधबार साँझ दुर्घटना भएको छ ।  जर्सिङपौवाबाट साँखुतर्फ वनभाेज गए...

कोशीमा राष्ट्रियसभा लडाइँ: दुई ठूला दलको गठबन्धन अगाडि नेकपाकाे अस्तित्व नै संकटमा

काठमाडाैं  । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा मनोनयन प्रक्रिया सम्पन्न भएसँगै राजनीतिक शक्ति सन्तुलन स्पष्ट देखिन थालेको छ ।...

विभाजनको संघारमा कांग्रेसः महामन्त्रीद्वयद्वारा विशेष महाधिवेशनको औपचारिक आह्वान

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको संकेत देखिएको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्...

राष्ट्रिय सभा निर्वाचनः १८ पदका लागि ४४ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभाका रिक्त १८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending