Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

महाधिवेशन विवादबारे कांग्रेसका २५ केन्द्रीय सदस्यले गरे शेखर कोइरालासँग छलफल

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने पक्षमा लबिङ गरिरहेका नेपाली कांग्रेसका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले नेता डा। शेखर कोइरालासँग छलफल गरेको छ।

विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा मंगलबार बिहान करिब दुई घण्टा चलेको छलफलमा पार्टीभित्र चुलिएको महाधिवेशनसम्बन्धी विवादलाई मध्यमार्गी ढंगले समाधान गर्ने विषयमा कुराकानी भएको केन्द्रीय सदस्य आङगेलु शेर्पाले जानकारी दिए।

उनका अनुसार विवाद समाधानका विभिन्न मोडालिटीबारे छलफल भइरहेको छ र मोडालिटी तय भएपछि सभापति, कार्यवाहक सभापति, महामन्त्रीहरू तथा विशेष महाधिवेशन पक्षधर समूहसँग छलफल गरी निष्कर्षमा पुग्ने प्रयास गरिनेछ।

यसअघि उक्त समूहले सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरिसकेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय सदस्य र युवा भेलाको आयोजना गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले भोलि (शुक्रबार) केन्द्रीय सदस्यहरूको भेला बोलाउने भएको छ। सभापति शेरबहादुर देउवासँग बिहीबारको छलफलपछि यो ...

विशेष महाधिवेशनको काउन्टरमा सानेपामा कांग्रेस संस्थापन पक्षको युवा भेला

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको काउन्टरमा युवा भेला आयोजना गर्ने भएको छ। विशेष महाधिवेशनको उद्घाटन हुन नदिन रणनीतिका रू...

महामन्त्रीद्वयको विशेष महाधिवेशन आह्वानपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि उत...

निर्वाचनमा ८० हजार सेना परिचालन हुने

काठमाडौँ। नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक र...

राष्ट्रिय सभामा जुम्लाका ललितजंग शाहीको उम्मेदवारी

जुम्ला । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट औपचारिक रूपमा उम...

नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ रहेको छापावाल सु...

खोला किनारामा २० मिटर खाली छाड्ने फैसलाको पुनरावलोकन रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदी तथा खोलाहरूको किनारामा २० मिटर खाली छाड्नुपर्ने भनी गरेको फैसलाको पुनरावलोकन रिटमा आज सुनुवाइका लाग...

पाँच वर्षको दौडधुप र संघर्षपछि मोहनले पाए नेपाली नागरिकता

नेपालगन्ज। गत पाँच वर्षदेखि नेपाली नागरिकता प्राप्तिका लागि संघर्ष गर्दै आएका कोहलपुर नगरपालिका–११ का मोहन गोडियाले अन्तत: नेपाली नागरिकता प्राप्त गरे...

काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो, ३३ जना घाइते

काठमाडौं । काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा ३३ जना घाइते भएका छन् । ...

निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत, ४० दिनका लागि १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना हुने

काठमाडौँ । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि परिचालन गरिने निर्वाचन प्रहरीको मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको छ। गृह मन्त्रालयक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending