Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

जेनजी सहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने सरकारको निर्णय

गुप्तचरको एआईजीमा खड्काको बढुवा

खबरडबली संवाददाता

काठमाडौं। सरकारले जेनजी सहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । सोमवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । 

जेनजी सहीद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न सो अनुदान उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। त्यसैगरी बैठकले घनश्याम पराजुलीलाई उपमहालेखापरीक्षक पदमा बढुवा गरेको छ । राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा पनि गरिएको छ । 

समस्याग्रस्त सहकारी संस्थाको सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धि कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गरिएको पनि मन्त्री खरेलले बताउनु भयो । मन्त्री परिषद् बैठकले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र, नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धि आदेश, २०८२ वन तेस्रो संशोधन नियमावली २०८२ पनि बैठकले स्वीकृत गरेको मन्त्री खरेलले बताए । 

उनले भने, ‘राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ । समस्याग्रस्त सहकारी संस्थाको सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा श्री कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ । जेनजी सहीद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।'

यस्तै, उनले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए। उनले भने, 'नेपाल सरकार र इजरायल सरकारबिच हुने श्रम सम्झौता स्विकृत गर्ने निर्णय भएको छ । पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धि आदेश, २०८२ स्वीकृत गरिएको छ । वन तेस्रो संशोधन नियमावली २०८२ स्विकृत गर्ने निर्णय भएको छ । नेपाल लेखा परीक्षण सेवा समुहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा श्री घनश्याम पराजुलीलाई बढुवा गरिएको छ ।'

सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धि आदेश, २०८२ वन तेस्रो संशोधन नियमावली, २०८२ पनि स्वीकृत गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ गतेको निर्वाचन मानक: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि य...

नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्दै

काठमाडौँ। नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्ने भएका छन् । आगामी जुन ६ देखि १४ तारिखसम्म वेल्जियकमा हुने युरोपियन टी–२० लिगमा नेप...

बागलुङमा एक हजारका नक्कली नोट फेला

बागलुङ।बागलुङमा एक हजार रुपैयाँको नक्कली नोट फेला परेका छन । बैङ्कमा रकम जम्मा गर्न ल्याएको एक हजारका नोटको गड्ढीभित्र नक्कली नोट फेला परेको नेपाल ...

काठमाडौंको ठमेलबाट अनैतिक क्रियाकलाप संलग्नमा २० जना विदेशी महिलाहरू पक्राउ

काठमाडौं। काठमाडौंको ठमेलबाट २० जना विदेशी महिलाहरू पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार ती महिलाहरूले ठमेल ...

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा पदभार ग्रहण

काठमाडौँ । अर्जुननरसिंह केसी ले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा पदभार ग्रहण गरेका छन्। शपथ ग्रहण लगत्तै संसद् सचिवालय पुगेर उनले औपचारिक रूपमा पद...

मलेसियामा चक्कु प्रहारबाट सल्यानका युवकको निधन

सल्यान। वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका सल्यानका एक युवकको आफ्नै साथीको चक्कु प्रहारबाट मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका–...

अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव

दुबई। अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म प...

इटहरीको पूर्वाञ्चल बेकरी क्याफेमा लागेको आगो नियन्त्रणमा

विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा लागेको आगलागी नियन्त्रणमा आएको छ। धरान रोडमा रहेको क्याफेको भान्साबाट आज बिहान करिब १० बजे...

इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी, आसपासका घर–पसल जोखिममा

सुनसरी । सुनसरीको इटहरी बजारस्थित पूर्वाञ्चल क्याफेमा आगलागी भएको छ। इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफेको आइसक्रिम पार्लरबाट आगलागी सुरु भएको हो। ...

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित समारोहमा रामचन्द्र पौडेल ले ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: