Khabar Dabali २१ पुष २०८२ सोमबार | 5th January, 2026 Mon
Investment bank

झापा५ बाट ओली सर्वसम्मत, अन्य क्षेत्रमा आकाङ्क्षीको भिड

खबरडबली संवाददाता

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चार क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ।

आज बसेका चारवटा क्षेत्रीय समन्वय कमिटीका बैठकले आकाङ्क्षी उम्मेदवारहरूको नाम जिल्ला कमिटीलाई सिफारिस गरेका हुन्। झापामा कुल पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्।

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत रूपमा एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

निर्वाचन क्षेत्र नम्बर १ बाट भने सात जनाको नाम सिफारिस गरिएको छ। एमाले झापाका अनुसार रामचन्द्र उप्रेती, असारु राजवंशी, राजु कार्की र घनश्याम अधिकारीको नाम सिफारिस भएको छ। यस्तै लक्ष्मी राई, कृष्ण कनाल र निरु परियार पनि सो क्षेत्रबाट उम्मेदवारका आकाङ्क्षीका रूपमा सिफारिस भएका छन्।

झापा निर्वाचन क्षेत्र नम्बर २ मा भने १३ जना आकाङ्क्षी देखिएका छन्। ती नामहरू अझै अन्तिम टुंगोमा पुग्न बाँकी रहेको र भोलि पुनः बैठक बसेर जिल्ला कमिटीलाई सिफारिस गरिने एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए।

सो क्षेत्रबाट देवराज घिमिरे, अग्नि खरेल, प्रेम गिरी, छविलाल विश्वकर्मा, अम्बिर लिङ्देन, अमृतलाल राजवंशी, उमानाथ ओली र ज्ञानेन्द्रप्रकाश ओली आकाङ्क्षी रहेका छन्। यस्तै पर्वत भण्डारी, रोजिना पाण्डे, जसमाया गजमेर, एकराज कार्की र पवित्रा पाठकको पनि नाम आकाङ्क्षी सूचीमा रहेको छ। यीमध्येबाट छानोट गरी जिल्ला कमिटीमा सिफारिस गर्ने तयारी क्षेत्रीय कमिटीको रहेको जनाइएको छ।

झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट पाँच जनाको नाम सिफारिस गरिएको छ। क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रत्यक्षतर्फ दीपक कार्की, हरिबहादुर राजवंशी, वसन्त बानियाँ, सन्तलाल मेचे र देवेन्द्र आचार्यको नाम सिफारिस गरेको हो।

त्यसैगरी झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट एलपी साँवा लिम्बू, हिराकुमार थापा र भोजकुमारी नेपालको नाम प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनको मोडमा नेपाल : नेतृत्व, षड्यन्त्र र राष्ट्रनायकको सवाल

नेपाल निर्णायक राजनीतिक मोडमा प्रवेश गरिसकेको छ। प्रतिनिधि सभा निर्वाचनका लागि सबै राजनीतिक दलहरूले दल दर्ता तथा समानुपातिक उम्मेदवारहरूको प्रारम्भिक ...

वीरगञ्जमा कर्फ्यू, भेला र प्रदर्शनमा रोक

पर्सा। धार्मिक तथा सामाजिक विषयका कारण उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभ...

नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच विशेष सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र मेडिकेयर हस्पिटल लि. बीच कर्मचारी, ग्राहक र परिवारका लागि विशेष छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार, बैंकका कर्म...

युवा सशक्तिकरण र न्यायका लागि काम गरेका राहुल केसी अब चुनावी मैदानमा

काठमाडौँ। मानव अधिकार अभियान्ता राहुल केसी राजनीतिमा होमिने भएका छन्। आगामी निर्वाचनमा कपिलवस्तुबाट उम्मेदवार बन्ने तयारीका साथ उनले हाल स्वतन्त्र उम्...

राैतबटबाट स्रोत नखुलेको साढे दुई लाख नगदसहित भारतीय महिला पक्राउ

रौतहट । सीमावर्ती भारतीय बजार बैरगनियाबाट नेपालतर्फ प्रवेश गर्दै गरेकी एक भारतीय महिलालाई स्रोत नखुलेको नगदसहित रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।  ...

पपुलारिटीको भोकभित्र हराएको नेपाली राजनीति

राजनीति मूलतः जनताको सेवा, न्याय, समानता र दीर्घकालीन समृद्धिको मार्गदर्शनका लागि जन्मिएको व्यवस्था हो। तर आजको नेपाली राजनीतिले त्यो आत्मा बिस्तारै ग...

रास्वपामा समानुपातिक उम्मेदवारी फिर्ताको लहर, अरनिको पाँडे पनि बाहिरिए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन...

दुई वर्षपछि रेशम चौधरीको आममाफीविरुद्धको रिटमा सुनुवाइ, आजै होला त फैसला ?

काठमाडौँ । टीकापुर हत्याकाण्डमा तीनै तहका अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध दायर रिटमा आज ...

सुदूरपश्चिम समानुपातिक बन्दसूची: कांग्रेस अगाडि, एमाले–नेकपा पकड क्षेत्रमै सीमित, रास्वपामा नयाँ समीकरण

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट प्रमुख चार दल—नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युन...

डेल्सी रोड्रिगेज: भेनेजुएलाकी अन्तरिम राष्ट्रपति, मदुरो प्रशासनकी ‘आइरन लेडी’ र कम्युनिस्ट छापामारकी छोरी

काठमाडौँ। भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मदुरो अनुपस्थित भएपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending