काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चार क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ।
आज बसेका चारवटा क्षेत्रीय समन्वय कमिटीका बैठकले आकाङ्क्षी उम्मेदवारहरूको नाम जिल्ला कमिटीलाई सिफारिस गरेका हुन्। झापामा कुल पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्।
झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत रूपमा एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
निर्वाचन क्षेत्र नम्बर १ बाट भने सात जनाको नाम सिफारिस गरिएको छ। एमाले झापाका अनुसार रामचन्द्र उप्रेती, असारु राजवंशी, राजु कार्की र घनश्याम अधिकारीको नाम सिफारिस भएको छ। यस्तै लक्ष्मी राई, कृष्ण कनाल र निरु परियार पनि सो क्षेत्रबाट उम्मेदवारका आकाङ्क्षीका रूपमा सिफारिस भएका छन्।
झापा निर्वाचन क्षेत्र नम्बर २ मा भने १३ जना आकाङ्क्षी देखिएका छन्। ती नामहरू अझै अन्तिम टुंगोमा पुग्न बाँकी रहेको र भोलि पुनः बैठक बसेर जिल्ला कमिटीलाई सिफारिस गरिने एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए।
सो क्षेत्रबाट देवराज घिमिरे, अग्नि खरेल, प्रेम गिरी, छविलाल विश्वकर्मा, अम्बिर लिङ्देन, अमृतलाल राजवंशी, उमानाथ ओली र ज्ञानेन्द्रप्रकाश ओली आकाङ्क्षी रहेका छन्। यस्तै पर्वत भण्डारी, रोजिना पाण्डे, जसमाया गजमेर, एकराज कार्की र पवित्रा पाठकको पनि नाम आकाङ्क्षी सूचीमा रहेको छ। यीमध्येबाट छानोट गरी जिल्ला कमिटीमा सिफारिस गर्ने तयारी क्षेत्रीय कमिटीको रहेको जनाइएको छ।
झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट पाँच जनाको नाम सिफारिस गरिएको छ। क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रत्यक्षतर्फ दीपक कार्की, हरिबहादुर राजवंशी, वसन्त बानियाँ, सन्तलाल मेचे र देवेन्द्र आचार्यको नाम सिफारिस गरेको हो।
त्यसैगरी झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट एलपी साँवा लिम्बू, हिराकुमार थापा र भोजकुमारी नेपालको नाम प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १०:०१
नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्ग...
चैत्र ७ गते, २०८२ - ०९:५९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने सम्भावित रणनीतिबारे आन्तरिक प...
चैत्र ७ गते, २०८२ - ०९:५७
काठमाडौं। ११ वर्ष कैद भुक्तान गरी हालै मात्र जेलबाट छुटेका एक व्यक्ति पुनः चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नग...
चैत्र ७ गते, २०८२ - ०९:५५
काठमाडौं। इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ। अल जजीराक...
चैत्र ७ गते, २०८२ - ०८:५९
काठमाडौं । भारतको बिहार क्षेत्रबाट विकसित वर्षा प्रणाली नेपाल प्रवेश गर्दै बागमती प्रदेशमा प्रभाव पार्ने सम्भावना रहेको मौसमविद्ले बताएक...
चैत्र ७ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । च...
चैत्र ७ गते, २०८२ - ०८:४३
काठमाडौं। काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको बाढी सडकमा पसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...
चैत्र ७ गते, २०८२ - ०८:४१
बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै ग...
चैत्र ७ गते, २०८२ - ०८:३९
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य ...
चैत्र ७ गते, २०८२ - ०८:३६
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेस, बागमती, गण...


प्रतिकृया लेख्नुहोस्: