जुम्ला। जिल्ला प्रशासन कार्यालय जुम्लाले कार्यालयमै राष्ट्रिय परिचयपत्रको फाराम नि:शुल्क भर्ने व्यवस्था सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार सेवा सुधारको प्राथमिकतामा राष्ट्रिय परिचयपत्रको फारम नि:शुल्क भर्न सुरु गरिएको जानकारी दिए। उनका अनुसार ‘विशेषगरी आर्थिक अभाव भएका लक्षित वर्गका नागरिकले सेवा लिन आउँदा डर वा आर्थिक बोझ महसुस गर्न नपरोस्’ भन्ने हाम्रो उद्देश्य हो । बाहिर बजार फारम चर्को शुल्क तिर्ने नागरिकको समस्या हटाएइएको प्रशासनले जनाएको छ ।
आइतबार कार्यालयभित्रै इन्टरनेट, डेस्कटप र कर्मचारी व्यवस्थापन गर्ने निर्णय गरेर सोमबारदेखि नि:शुल्क फाराम भर्ने सेवा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो । उनका अनुसार बिहान १० देखि साँझ ६ बजेसम्म सेवा उपलब्ध छ । आफैँ अनलाइन फाराम भरेर ल्याउनेलाई पनि सहज बनाइनेछ, तर फाराम नबुझेकै कारण कसैलाई फर्काइने छैन, भन्ने प्रशासनले जानकारी दिएको छ ।
यस अगाडि जिल्ला प्रशासनबाहिरका पसलमा अनलाइन फारम प्रतिव्यक्ति फारम दुई सय शुल्क लिने गरिएको थियो । विपन्न नागरिकले समेत परिचयपत्र भर्नका लागि शुल्क तिनुपर्ने भन्दै व्यापक गुनासो बढेको थियो । यस्तै परिचयपत्रमा भिड घटाउन माग गरिएको थियो । नागरिकको सोही गुनासो अनुसार जिल्ला प्रशासन कार्यालयभित्रै कर्मचारी खटाएर राष्ट्रिय परिचयपत्र फारम भर्न थालिएको हो ।
राष्ट्रिय परिचय फाटमा कार्यरत कर्मचारी कृष्णमाया भण्डारीका अनुसार दैनिक ५० देखि ६० जना सेवाग्राही राष्ट्रिय परिचयपत्रका लागि कार्यालय पुग्ने गरेका छन् । बैंक खाता खोल्न, पासपोर्ट बनाउन र ज्येष्ठ नागरिक भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि सेवाग्राहीको चाप बढ्नु स्वाभाविक हो । विद्युत् अवरुद्ध हुँदा पनि नागरिकताको फोटोकपी, नयाँ नागरिकता बनाउनेलगायतका सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।
यहाँ नयाँ नागरिकता बनाउन आउने सेवाग्राहीलाई समेत राष्ट्रिय परिचयपत्र फाराम भर्न सहजीकरण गरिनेछ । नागरिकता र विवाह दर्ता प्रमाणपत्र मात्रै लिएर आए पुग्ने व्यवस्था गरिएको छ । कागजपत्र अपुग भएका निमुखा सेवाग्राहीका हकमा सम्बन्धित निकायसँग फोनमार्फत समन्वय गरेर कागजात जुटाइदिने अभ्यास सुरु गरिएको छ । भित्रै फारम भरेर परिचयपत्रका लागि काम सुरु भएपछि सेवाग्राही खुशी भएका छन् । पहिला वाहिर शुल्क लिएर फारम भर्ने भन्थे तर अहिले कार्यालयमै फारम भरेको खुशी व्यक्त गर्नुभयो । सिंजा गाउँपालिका ६ निवासी सृजना बुढाले पनि फारम निशुल्क भरेको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १४:५४
काठमाडौँ। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ । मङ्गलबार सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विका...
आषाढ़ ९ गते, २०८३ - १४:२५
काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जो...
आषाढ़ ९ गते, २०८३ - १४:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी...
आषाढ़ ९ गते, २०८३ - १४:०३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुव...
आषाढ़ ९ गते, २०८३ - १३:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता रमेश प्रसाईँले सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...
आषाढ़ ९ गते, २०८३ - १३:३४
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति सत्ता साझेदार नेकपा ९एमाले० ले आपत्ति जनाएको छ। धनगढीमा सम्प...
आषाढ़ ९ गते, २०८३ - १३:२३
ठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले महाधिवेशनको बन्दसत्र ढिला हुँदा प्रतिनिधिहरूमा देखिएको आक्रोश स्वाभाविक भएको बताएक...
आषाढ़ ९ गते, २०८३ - १३:१०
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्य...
आषाढ़ ९ गते, २०८३ - १२:४२
काठमाडौं । ई–पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु भएको छ। विशेष अदालत...
आषाढ़ ९ गते, २०८३ - १२:०१
नयाँदिल्ली। कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास उद्योग (एलएनजी)मा भएको विस्फोटका कारण १३ जना मृत्यु भएको उल्लेख गर्दै मृत्यु हुने मध्ये १२ जना...



प्रतिकृया लेख्नुहोस्: