एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र विभिन्न धाराहरू सक्रिय बन्दै गएका छन्। यसैक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूहले शुक्रबार विशेष भेला आयोजना गर्दै छन्।
शुक्रबार बिहान साढे ११ बजेदेखि काठमाडौंको बैंक्वेट हलमा हुने भनिएको सो भेलामा पोखरेल पक्षका युवाहरू ठूलो संख्यामा सहभागी हुनेछन्। महाधिवेशनको समीपता बढ्दै जाँदा आन्तरिक तयारी, शक्ति परिचालन र निर्वाचन प्रक्रियामा भूमिका कस्तो हुने भन्ने विषयमा उनीहरूबीच चिन्तन–मनन प्रारम्भ भएको बताइएको छ।
भेलामा विशेषगरी महाधिवेशनमा नेता तथा प्रतिनिधिहरूको सुरक्षाका विषय, सुरक्षा रणनीति निर्माण, सम्भावित चुनौती पहिचान तथा व्यवस्थापनको कार्ययोजना तयार पार्नेछ। नेतृत्व पक्षधर युवामाथि संयम, शिस्त र व्यवस्थापन क्षमता प्रदर्शन गर्ने गरी दायित्व आउने भएकाले यस सम्बन्धमा विस्तृत छलफल हुने स्रोतले बताएको छ।
युवा समूहका एक सदस्यका अनुसार, पार्टीभित्रको अन्तरिक वातावरण, महाधिवेशनतिर उन्मुख शक्ति समायोजन र भावी नेतृत्व चयनमा सम्भावित प्रभावबारे पनि छलफल हुने अपेक्षा गरिएको छ। साथै, पोखरेलका नजिक रहेका युवा कार्यकर्ताबीच संगठन सुदृढीकरण, मतदाता परिचालन र प्रतिनिधिसँग समन्वय गर्ने कार्यगत विषयमा पनि ध्यान केन्द्रित हुनेछ।
एमालेको महाधिवेशन नजिकिँदै गर्दा विभिन्न पक्षका समूहहरू सक्रिय देखिनु पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा चर्किँदै गएको संकेतका रूपमा पनि हेरिएको छ। पोखरेल पक्षधर युवाहरूको यो भेला महाधिवेशन पूर्वको संगठित शक्ति प्रदर्शनका रूपमा पनि व्याख्या गरिँदै छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: