काठमाडौँ । पूर्वसचिव कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको उज्यालो नेपाल पार्टीले आफ्नो मुख्य नारा र उद्देश्य सार्वजनिक गरेको छ। पार्टीका केन्द्रीय सदस्य रिमा विश्वकर्माले बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा जानकारी दिँदै पार्टीको नारा सार्वजनिक गरे “उज्यालो नेपाल, उज्यालो भविष्य, विकास, समृद्धि र सामाजिक न्याय हाम्रो लक्ष्य।”
पार्टीले सुशासन र पारदर्शितालाई प्राथमिकता दिएको जनाएको छ। घोषणापत्र अनुसार, पार्टी राष्ट्रका सचेत, सक्षम, इमानदार र प्रतिबद्ध नागरिकहरूको सहभागितामा नेपालको राजनीतिक अभ्यासमा नयाँ युगको प्रारम्भ गर्ने लक्ष्य राख्छ।
घोषणापत्रमा भनिएको छ, “राजनीतिक आदर्श, विचार र मूल्य मान्यता, न्याय प्रणाली, सुशासन र पारदर्शिता अपनाइनेछ।” पार्टीले वर्तमान संविधान स्वीकार्ने तर केही व्यवस्थाहरू संशोधन गर्ने योजना राखेको छ।
पार्टीको घोषणापत्रमा अन्य प्रमुख लक्ष्यहरू यस प्रकार उल्लेख छन् :
समानुपातिक समावेशी सुनिश्चित गर्दै निर्वाचन प्रणालीमा सुधार र प्रदेश तथा स्थानीय तहको सङ्ख्या पुनरावलोकन।
शासकीय सुधार अन्तर्गत मन्त्रालयको सङ्ख्या पुनरावलोकन र प्रदेशमा प्रत्यक्ष मुख्यमन्त्री चयनसहित ५ सदस्यीय मन्त्रीमण्डलको व्यवस्था।
स्थानीय तहको चुनाव गैरदलीय बनाउने।
उज्यालो नेपाल पार्टीले उच्च राजनीतिक चेतना र सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यसहित असल राजनीतिक संस्कार र शासकीय प्रणालीको अभ्यासलाई महत्व दिएको जनाएको छ। कार्यक्रममा नेपाल सरकारका मन्त्री कुलमान घिसिङ र पूर्वमन्त्री सुमना श्रेष्ठ समेत उपस्थित थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १७:१८
ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...
मंसिर २१ गते, २०८२ - १६:५७
काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्र...
मंसिर २१ गते, २०८२ - १६:२७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुर...
मंसिर २१ गते, २०८२ - १६:०४
बुटवल । दाङको लमहीमा गोली चल्दा एकजना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली ...
मंसिर २१ गते, २०८२ - १५:५७
काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । फिफाले अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार राति विश्वकप ड्र...
मंसिर २१ गते, २०८२ - १५:३५
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटि...
मंसिर २१ गते, २०८२ - १५:१८
काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...
मंसिर २१ गते, २०८२ - १५:०४
बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...
मंसिर २१ गते, २०८२ - १४:४२
काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...
मंसिर २१ गते, २०८२ - १४:२९
काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...




प्रतिकृया लेख्नुहोस्: