Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कुलमानको नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ घोषणा: सुशासन, समृद्धि र सामाजिक न्याय प्राथमिकता

मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय बनाउने

खबरडबली संवाददाता

काठमाडौँ । पूर्वसचिव कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको उज्यालो नेपाल पार्टीले आफ्नो मुख्य नारा र उद्देश्य सार्वजनिक गरेको छ। पार्टीका केन्द्रीय सदस्य रिमा विश्वकर्माले बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा जानकारी दिँदै पार्टीको नारा सार्वजनिक गरे “उज्यालो नेपाल, उज्यालो भविष्य, विकास, समृद्धि र सामाजिक न्याय हाम्रो लक्ष्य।”

पार्टीले सुशासन र पारदर्शितालाई प्राथमिकता दिएको जनाएको छ। घोषणापत्र अनुसार, पार्टी राष्ट्रका सचेत, सक्षम, इमानदार र प्रतिबद्ध नागरिकहरूको सहभागितामा नेपालको राजनीतिक अभ्यासमा नयाँ युगको प्रारम्भ गर्ने लक्ष्य राख्छ।

घोषणापत्रमा भनिएको छ, “राजनीतिक आदर्श, विचार र मूल्य मान्यता, न्याय प्रणाली, सुशासन र पारदर्शिता अपनाइनेछ।” पार्टीले वर्तमान संविधान स्वीकार्ने तर केही व्यवस्थाहरू संशोधन गर्ने योजना राखेको छ।

पार्टीको घोषणापत्रमा अन्य प्रमुख लक्ष्यहरू यस प्रकार उल्लेख छन् :

समानुपातिक समावेशी सुनिश्चित गर्दै निर्वाचन प्रणालीमा सुधार र प्रदेश तथा स्थानीय तहको सङ्ख्या पुनरावलोकन।

शासकीय सुधार अन्तर्गत मन्त्रालयको सङ्ख्या पुनरावलोकन र प्रदेशमा प्रत्यक्ष मुख्यमन्त्री चयनसहित ५ सदस्यीय मन्त्रीमण्डलको व्यवस्था।

स्थानीय तहको चुनाव गैरदलीय बनाउने।

उज्यालो नेपाल पार्टीले उच्च राजनीतिक चेतना र सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यसहित असल राजनीतिक संस्कार र शासकीय प्रणालीको अभ्यासलाई महत्व दिएको जनाएको छ। कार्यक्रममा नेपाल सरकारका मन्त्री कुलमान घिसिङ र पूर्वमन्त्री सुमना श्रेष्ठ समेत उपस्थित थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षामन्त्री सस्मित पोखरेल सरकारका प्रवक्तामा नियुक्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त भएका छन्। आज गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्...

महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन्। उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन्। प्रधा...

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको जनाइएको छ।...

दोलखाको लाप्चामा सम्पर्कविहीन हेलिकप्टर क्याप्टेन सुरज थापाको कमान्डमा अपडेट

काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। लाप्च...

सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिन्छौँ: कानुनमन्त्री गौतम

काठमाडौँ। नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताएको छिन् । राष्ट्रपतिसक्षम श...

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग अवरुद्ध बनेको छ । शुक्रबार (आज) मध...

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नवनिर्वाचित सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठक बस्न लागेको छ। केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु हुने जनाइए...

नवनियुक्त गृहमन्त्री गुरुङले गरे पदभार ग्रहण, एकद्वार प्रणालीबाट काम गर्ने पहिलो निर्णय

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सम्पन्न भएपछी मन्त्री गुरुङ सिंहदरबार पुगेर...

रसुवामा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, हेलिकप्टर दिउँसो साढे १ बज...

मोदीले दिए प्रधानमन्त्री बालेनलाई बधाई, भने - तपाईंसँग नजिकबाट काम गर्न म उत्सुक छु

काठमाडौं । नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय समकक्षी नरेन्द्र मोदी ले बधाई दिएका छन्। शुक्रबार दिउँसो फेसबुक मार्फत मोदीले प्रधानमन्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending