काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजना अन्तर्गत अन्डरपास र फ्लाइओभर निर्माणका लागि ऋण सम्झौता भएको छ। बुधबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा सो सम्झौता सम्पन्न भएको हो।
जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ। यस ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहनेछ।
आयोजना अन्तर्गत कोटेश्वर र जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ। यसले काठमाडौं, ललितपुर, भक्तपुर र बीपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउने र ट्राफिक जाम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। आयोजना सडक विभागमार्फत कार्यान्वयन हुनेछ।
ऋण सहायतासँग सम्बन्धित एक्स्चेन्ज अफ नोटमा अर्थसचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे। साथै, अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले पनि हस्ताक्षर गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - १५:१३
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सम्पन्न भएपछी मन्त्री गुरुङ सिंहदरबार पुगेर...
चैत्र १३ गते, २०८२ - १५:०१
काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, हेलिकप्टर दिउँसो साढे १ बज...
चैत्र १३ गते, २०८२ - १४:५१
काठमाडौं । नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय समकक्षी नरेन्द्र मोदी ले बधाई दिएका छन्। शुक्रबार दिउँसो फेसबुक मार्फत मोदीले प्रधानमन्...
चैत्र १३ गते, २०८२ - १४:४१
काठमाडौँ। बालेन्द्र शाह (बालेन) नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त भएको छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...
चैत्र १३ गते, २०८२ - १४:१७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई तथा शुभकामना दिएका छन्। प...
चैत्र १३ गते, २०८२ - १४:११
काठमाडौँ। लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएका डा.स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक छन्। गोरखाको बुङ्को...
चैत्र १३ गते, २०८२ - १३:५२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएको छ। १५ सदस्यीय मन्त्रिपरिषद् अनुसार डा। स्वर्णिम वाग्ले...
चैत्र १३ गते, २०८२ - १३:३४
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति कार्यालयबाट बाहिरिएका छन्। प्रधानमन्त्रीको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय, शीतलनि...
चैत्र १३ गते, २०८२ - १३:१९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री रहेका छन्। नवनियुक्त महिला मन्त्रीहरू यस प्रकार ...
चैत्र १३ गते, २०८२ - १३:०९
काठमाडौं । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले नयाँ मन्त्रीहरूलाई शपथ गराएका छन्। आजै प्रधानमन्त्री बाले...



प्रतिकृया लेख्नुहोस्: