Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

बाँकेमा चिसो बढेसँगै मौसमी फ्लुका बिरामी बढे

खबरडबली संवाददाता

नेपालगन्ज। बाँकेमा चिसो बढ्दै जाँदा मौसमी फ्लु हुने बढ्दै गएका छन् । चिसो बढेसँगै जिल्लामा कडा किसिमको भाइरल फ्लुका बिरामीहरु बढ्दै गएको अस्पतालहरुले जनाएका छन् । 

मङ्सिर महिनाको सुरुवातबाटै चिसो बढ्दै गएका कारण जिल्लामा भाइरल फ्लु अर्थात् ज्वरो, रुघाखोकी, निमोनिया र कोल्ड डायरियाका बिरामीहरुको सङ्ख्या बढेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले चिसो बढेसँगै बाँकेका विभिन्न ठाउँमा भाइरल फ्लु देखिएकोले सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको बताए। भेरी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा। संकेतकुमार रिसालका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिंगान निस्कने र पखालासमेत लाग्ने लक्षण देखिने फ्लुका बिरामीहरु अहिले अस्पतालमा सबैभन्दा बढी आउने गरेका छन् । 

उनले अहिलेको फ्लु निकै कडा खालको रहेको जनाउँदै केही दिनमा निको नहुनेलाई अस्पतालमा भर्ना गराउन सुझाव दिइएको बताए। चिसोबाट विशेषगरी बालबालिका र बृद्धबृद्धालाई जोगाउन सबैसँग अनुरोध गरिएको पनि डा। रिसालले बताए। 

नेपालगन्जका वरिष्ठ फिजिसियन प्रकाश नागले चिसो अत्यधिक बढेपछि कडा किसिमको भाइरलको सङ्क्रमण हुन लागेका वा भइसकेकाहरूमा उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो कम नहुने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता समस्या देखापरिरहेको बताए। उनले अहिले दैनिक ३० देखि ४० जनासम्म कडा भाइरल फ्लुका बिरामीहरु क्लिनिकमा पुग्ने गरेको जनाए। 

सोही प्रकारले सञ्जीवनी अस्पताल नेपालगन्जका मेडिकल सुपरिन्टेन्डेन्ट डा। रोमन किदवाईले गत केही समययता आएर अस्पतालमा भाइरलफ्लुका बिरामी आउने क्रम बढेको बताए। उनले भाइरल फ्लु भएर अस्पताल आउनेहरुमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेको बताए। 

यसैगरी नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालले पनि चिसो बढ्दै जाँदा ज्वरो, रुघाखोकी र डायरियाका बिरामी उपचारका लागि धेरै आउन थालेको जनाएको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...

सात वटा विद्युत ग्रिड सब स्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर...

चालक र सहचालकलाई सकारात्मक ढङ्गले हेरिदिँदा सडक दुर्घटना न्यूनीकरण हुन्छ: मन्त्री गुप्ता

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासनलाई दैनिक जीवनशैलीमै अपनाउनुपर्ने बताएका छन्। शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्...

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।...

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दललाई निवेदन दिन आह्वान

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आ...

तत्कालीन सिडिओ छवि रिजालको दुई दिनदेखि बयान लिदै छानबिन आयोग

काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट देखिएको तोडफोडबारे जाँचबुझ गर्न गठित आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छ...

तनहुँमा कारले पैदल यात्रीलाई ठक्कर दिँदा दुई घाइते

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका-१ स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च ७४६४ नम्बरको कारले नियन्त्रण ग...

अत्यधिक चिसोको कारण योजना निर्माण कार्य बन्द

हुम्ला। उत्तरी हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित भएको छ । हिउँ नपरेको भए पनि चिसो निक्कै बढेका कारण सिमेन्टको काम नहुने भएपछि ती योजनाक...

चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आजै सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रि...

साहब आलमको ६ विकेटले काठमाण्डु गोर्खाज प्लेअफमा पुग्यो, पोखराको सम्भावना कमजोर

काठमाडौं । साहब आलमको उत्कृष्ट बलिङ प्रदर्शनसहित काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending