काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (बुधबार) दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा राजीनामा दिने तयारी गरेका छन्। विश्वासको मत पाउने अवस्था नदेखिएपछि उनैले राजीनामाको निर्णय लिएको एमाले स्रोतले जनाएको छ।
सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। सोही आदेशअनुसार आज बिहान प्रदेशसभा बैठक बोलाइए पनि सत्तापक्षका केही सांसद अनुपस्थित हुने भएपछि बैठक दिउँसो २ बजेसम्म सारिएको हो।
नेकपा एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले विश्वासको मत लिन बहुमत नपुग्ने संकेत प्रस्ट भएकाले मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिएको बताए।
उनका अनुसार, “अहिलेको अवस्थामा विश्वासको मत लिँदा पनि बहुमत पुग्ने अवस्था छैन, त्यसैले राजीनामा नै उत्तम विकल्प हो,” भन्ने सुझाव पार्टीले दिएको छ।
मुख्यमन्त्री यादवका निकट स्रोतका अनुसार उनले आजकै बैठकमा सम्बोधन गरी राजीनामा बुझाउने मनस्थिति बनाइसकेका छन्। राजीनामाको भाषा र ड्राफ्टबारे अन्तिम छलफल भइरहेको बताइएको छ।
यादव गत कात्तिक २३ गते मधेस प्रदेशका मुख्यमन्त्री नियुक्त भएका थिए। तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८(३) बमोजिम सबैभन्दा ठूलो दल एमालेका नेताको हैसियतमा यादव नियुक्त भएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - १५:१३
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सम्पन्न भएपछी मन्त्री गुरुङ सिंहदरबार पुगेर...
चैत्र १३ गते, २०८२ - १५:०१
काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, हेलिकप्टर दिउँसो साढे १ बज...
चैत्र १३ गते, २०८२ - १४:५१
काठमाडौं । नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय समकक्षी नरेन्द्र मोदी ले बधाई दिएका छन्। शुक्रबार दिउँसो फेसबुक मार्फत मोदीले प्रधानमन्...
चैत्र १३ गते, २०८२ - १४:४१
काठमाडौँ। बालेन्द्र शाह (बालेन) नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त भएको छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...
चैत्र १३ गते, २०८२ - १४:१७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई तथा शुभकामना दिएका छन्। प...
चैत्र १३ गते, २०८२ - १४:११
काठमाडौँ। लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएका डा.स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक छन्। गोरखाको बुङ्को...
चैत्र १३ गते, २०८२ - १३:५२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएको छ। १५ सदस्यीय मन्त्रिपरिषद् अनुसार डा। स्वर्णिम वाग्ले...
चैत्र १३ गते, २०८२ - १३:३४
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति कार्यालयबाट बाहिरिएका छन्। प्रधानमन्त्रीको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय, शीतलनि...
चैत्र १३ गते, २०८२ - १३:१९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री रहेका छन्। नवनियुक्त महिला मन्त्रीहरू यस प्रकार ...
चैत्र १३ गते, २०८२ - १३:०९
काठमाडौं । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले नयाँ मन्त्रीहरूलाई शपथ गराएका छन्। आजै प्रधानमन्त्री बाले...



प्रतिकृया लेख्नुहोस्: