काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (बुधबार) दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा राजीनामा दिने तयारी गरेका छन्। विश्वासको मत पाउने अवस्था नदेखिएपछि उनैले राजीनामाको निर्णय लिएको एमाले स्रोतले जनाएको छ।
सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। सोही आदेशअनुसार आज बिहान प्रदेशसभा बैठक बोलाइए पनि सत्तापक्षका केही सांसद अनुपस्थित हुने भएपछि बैठक दिउँसो २ बजेसम्म सारिएको हो।
नेकपा एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले विश्वासको मत लिन बहुमत नपुग्ने संकेत प्रस्ट भएकाले मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिएको बताए।
उनका अनुसार, “अहिलेको अवस्थामा विश्वासको मत लिँदा पनि बहुमत पुग्ने अवस्था छैन, त्यसैले राजीनामा नै उत्तम विकल्प हो,” भन्ने सुझाव पार्टीले दिएको छ।
मुख्यमन्त्री यादवका निकट स्रोतका अनुसार उनले आजकै बैठकमा सम्बोधन गरी राजीनामा बुझाउने मनस्थिति बनाइसकेका छन्। राजीनामाको भाषा र ड्राफ्टबारे अन्तिम छलफल भइरहेको बताइएको छ।
यादव गत कात्तिक २३ गते मधेस प्रदेशका मुख्यमन्त्री नियुक्त भएका थिए। तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८(३) बमोजिम सबैभन्दा ठूलो दल एमालेका नेताको हैसियतमा यादव नियुक्त भएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १०:५९
बाजुरा। बाजुराको बडीमालिका नगरपालिका –४ रिलामा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । यहाँका झण्डै १८० घरपरिवारमा भाइरल ज्वरोका बिरामीहरु रहेका छन् । पछि...
मंसिर २४ गते, २०८२ - १०:४८
मुस्ताङ। यहाँको मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । विसं २०२२ मा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यहाँको साङ्...
मंसिर २४ गते, २०८२ - १०:२९
सप्तरी। सप्तरीबाट हराएका एक सयभन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ । साढे तीन वर्षको अवधीमा...
मंसिर २४ गते, २०८२ - १०:१९
भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानुनी प्रक्रिया पूर...
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...




प्रतिकृया लेख्नुहोस्: