रौतहट। रौतहटमा हजार दरका नेपाली रुपियाँका नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । प्रहरी चौकी मठिया, महुलिया तथा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट मठियाबाट खटिएको टोलीले रौतहट इशनाथ नगरपालिका –४ लत्मरि टोलमा भारतबाट नेपाल आउँदै गरेको बि आर ०५ एटि ०९८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्न खोज्दा नक्कली नोटसहित एक भारतीय र दुइ नेपाली गरि तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिए।
प्रहरीले मोटरसाइकल रोक्न खोज्दा मोटरसाइकल छाडेर नक्कली नोट खेतमा फाल्दै तीनै जना भाग्न खोज्दा प्रहरीले पक्राउ गरेको उनले बताए। उनीहरूले खेतमा फालेका एक हजार दरका एक सय १८ थान नक्कली नोट प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा रौतहट देवाही गोनाही–४ का राम बाबु पटेलको २१ वर्षीय छोरा गेनालाल पटेल ,सोहि ठाउँका सोनालाल राउतको २० वर्षीय छोरा अजय पटेल र भारतको पूर्वी चम्पारण चैनपुर–२ का बिरेन्द्र सिंहको २३ वर्षीय छोरा जय प्रकाश कुमार रहेको प्रवक्ता बस्यालले जानकारी दिए।
उनीहरुको साथबाट तीन थान मोबाइल समेत बरामद गरिएको छ । घटना सम्बन्धमा अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - १३:३४
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति कार्यालयबाट बाहिरिएका छन्। प्रधानमन्त्रीको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय, शीतलनि...
चैत्र १३ गते, २०८२ - १३:१९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री रहेका छन्। नवनियुक्त महिला मन्त्रीहरू यस प्रकार ...
चैत्र १३ गते, २०८२ - १३:०९
काठमाडौं । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले नयाँ मन्त्रीहरूलाई शपथ गराएका छन्। आजै प्रधानमन्त्री बाले...
चैत्र १३ गते, २०८२ - १२:४९
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका वरिष्ठ नेता र पूर्वप्रधानमन्त्रीहरू उपस्थित भएका छन्। राष...
चैत्र १३ गते, २०८२ - १२:४४
काठमाडौं। बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षी...
चैत्र १३ गते, २०८२ - १२:३८
काठमाडौं । निर्वाचित रास्वपाका सांसद अमरेशकुमार सिंहले मन्त्री बन्न अस्वीकार गरेका छन्। उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री बन्ने भनिएका सिंहले अस्...
चैत्र १३ गते, २०८२ - १२:२५
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैय...
चैत्र १३ गते, २०८२ - ११:३४
काठमाडौं । बालेन्द्र साह (बालेन)नेतृत्वको सरकारमा सुनिल लम्साल मन्त्री बन्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री समेत रहेका उ...
चैत्र १३ गते, २०८२ - ११:२३
काठमाडौं । बालेन्द्र साह नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम टुंगो लागेको छ। विभिन्न मन्त्रालयमा जिम्मेवारी बाँडफाँड गर्दै मन्त्रिपरिषद् गठनको प...
चैत्र १३ गते, २०८२ - ११:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल लाई प्रतिनिधिसभाको सभामुख बनाउने सहमति भएको छ। रास्वपा सभापति रवि लामिछाने र प...



प्रतिकृया लेख्नुहोस्: