काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको हो । मन्त्री खरेलले मन्त्रिपरिषद्का २७ निर्णय एकसाथ सार्वजनिक गरेको हो ।
सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो परिचय पत्र आमा, बुवा, श्रीमान्, श्रीमती र अविवाहित छोरा, छोरीलाई दिइने छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनमा मृत्यु भई सहिद घोषणा गरेका परिवारलाई गृह मन्त्रालयले तस्बिरसहितको परिचयपत्र दिने निर्णय गरेको प्रवक्ता खरेलले सञ्चारकर्मीलाई जानकारी दिए। यस्तै, प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाउने निर्णयसमेत गरिएको उनले बताए ।
बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय पनि गरेको छ । यसैगरी श्रीलङ्कामा भीषण बाढीपहिरोले क्षति गरेकाले नेपाल सरकारले सहायतास्वरूप दुई लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले बताए।
यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा। ज्ञानबहादुर थापा, प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा। कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ । कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि गरिएको छ । राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा वैकुण्ठप्रसाद अर्याललाई बढुवा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १६:५९
धरान। धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन् । बुधबार धरान–१९...
मंसिर २५ गते, २०८२ - १६:४३
वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...
मंसिर २५ गते, २०८२ - १६:२३
काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...
मंसिर २५ गते, २०८२ - १६:१५
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा अहिले काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन अन्तर्र...
मंसिर २५ गते, २०८२ - १५:५१
काठमाडौँ । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य ...
मंसिर २५ गते, २०८२ - १५:४०
काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । ...
मंसिर २५ गते, २०८२ - १५:२०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस र कम्युनिस्टहरूले ...
मंसिर २५ गते, २०८२ - १५:०६
बनेपा । प्रधानमन्त्री सुशिला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट ...
मंसिर २५ गते, २०८२ - १४:५२
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छन्। ...
मंसिर २५ गते, २०८२ - १४:३६
धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाड...




प्रतिकृया लेख्नुहोस्: