काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गरेका दुई महत्वपूर्ण निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ। निर्वाचन प्रयोजनका लागि गठन गरिएको सरकारले विभिन्न देशका ११ जना राजदूत फिर्ता गर्ने तथा भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयलाई अदालतले उल्ट्याइदिएको हो।
सोमबार न्यायाधीश सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले भूमि आयोग तथा यसको जिल्ला समिति खारेज गर्ने मन्त्रिपरिषद्को गत असोज २३ को निर्णय बदर गरेको हो। आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा यसअघि सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। पूर्णपाठ नआइसके पनि अदालतले निर्वाचनकेन्द्रित अन्तरिम सरकारलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय गर्न नमिल्ने ठहर गरेको स्पष्ट भएको छ।
अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार ६ महिने अवधि र चुनाव गराउने जिम्मेवारी बोकेको सरकारले निरन्तर विवादास्पद निर्णय लिन थाले चुनाव नै प्रभावित हुन सक्ने भन्दै सर्वोच्चले हस्तक्षेप गरेको हो। उनले भने, “यसअघि पनि सर्वोच्चले राजदूत फिर्ता सम्बन्धी अन्तरिम आदेश दिँदा सरकारको अधिकार सीमित रहेको स्पष्ट बताएजस्तै भूमि आयोगको मुद्दामा पनि अदालतले त्यही सन्देश दोहोर्याएको छ।”
गत कात्तिक १६ गते विभिन्न देशका ११ राजदूत फिर्ता गर्ने सरकारी निर्णयमा पनि सर्वोच्चले अन्तरिम आदेश जारी गरिसकेको छ। अधिवक्ता प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले दायर गरेको रिटमा न्यायाधीश सुवेदी र पौडेलको इजलासले सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो।
अदालतले अन्तरिम सरकारको उद्देश्य स्पष्ट रूपमा चुनाव सम्पन्न गर्ने मात्र भएको भन्दै राजदूत फिर्ता जस्ता संवेदनशील कूटनीतिक कदम लिन नपाइने निष्कर्ष निकालेको हो। राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख भएअनुसार संविधानको व्यवस्थाबमोजिम छ महिनामा प्रतिनिधिसभा चुनाव गराउन अन्तरिम सरकार बनेको तर्क सर्वोच्चले आदेशमा उद्धृत गरेको छ।
अधिवक्ता पौडेलका अनुसार सरकार पक्षले राजदूत फिर्ता गर्ने औचित्य औपचारिक रूपमा पेश गर्न नसकेको र प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा संसदीय सुनुवाइ प्रक्रियासमेत अवरुद्ध हुने भएकाले राजदूत फिर्ता उचित नठहरिएको हो। संविधानको धारा २९२ अनुसार सुनुवाइ अनिवार्य हुँदा तत्काल फिर्ता बोलाउनु संवैधानिक प्रक्रियासँग मेल नखाने अदालतको तर्क छ।
नेपाल सरकारले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ जारी गरेको छ। यसको दफा ८ मा राजदूतको कार्यकाल चार वर्ष हुने व्यवस्था छ भने आवश्यक परे पदावधि पूरा हुनुअगावै फिर्ता बोलाउन सकिने अधिकार पनि सरकारले राखेको छ। तर वर्तमान संवैधानिक परिस्थिति र अन्तरिम सरकारको सीमित अधिकारका कारण अदालतले उक्त अधिकार प्रयोग उचित नठानेर रोक लगाएको हो।
सर्वोच्चका लगातार हस्तक्षेपले अन्तरिम सरकारलाई “चुनावमा मात्र केन्द्रित हुन” स्पष्ट सन्देश दिएको कानुनविद्हरू बताउँछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १६:५९
धरान। धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन् । बुधबार धरान–१९...
मंसिर २५ गते, २०८२ - १६:४३
वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...
मंसिर २५ गते, २०८२ - १६:२३
काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...
मंसिर २५ गते, २०८२ - १६:१५
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा अहिले काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन अन्तर्र...
मंसिर २५ गते, २०८२ - १५:५१
काठमाडौँ । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य ...
मंसिर २५ गते, २०८२ - १५:४०
काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । ...
मंसिर २५ गते, २०८२ - १५:२०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस र कम्युनिस्टहरूले ...
मंसिर २५ गते, २०८२ - १५:०६
बनेपा । प्रधानमन्त्री सुशिला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट ...
मंसिर २५ गते, २०८२ - १४:५२
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छन्। ...
मंसिर २५ गते, २०८२ - १४:३६
धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाड...




प्रतिकृया लेख्नुहोस्: