धनगढी। गृहमन्त्री ओमप्रकाश अर्यालयले तोकेको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु यो सरकारको मुख्य उद्देश्य रहेको बताएको छन् । गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री अर्यालले तोकेको समयमा निर्वाचन गराउनका लागि सरकारले काम गरिरहेको बताएको हो ।
उनले जेनजी युवाले उठाएको माग र भदौ २३, २४ को घटना पश्चात नेपाल सरकार र गृह मन्त्रालयले शान्ति, सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह र प्रभावकारिताको लागि निष्ठापूर्वक काम गरिरहेको बताए। जेनजी आन्दोलनको क्रममा घटेको घटना पश्चात सुरक्षा संयन्त्रहरूको कार्य सम्पादन र दैनिक प्रशासनिक कार्यमा असर परेको भए पनि अब सबै लयमा फर्केको गृहमन्त्रीको भनाइ थियो ।
“सुरक्षाको अवस्था पनि सामान्य बनेको छ”, उनले भने, “सबैको प्रयास, सहयोग र रचनात्मक सुझावका लागि धन्यवाद दिन चाहन्छु ।”
लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य रहेको भन्दै गृहमन्त्री अर्यालले चुनावको तयारीका सन्दर्भमा केही मनोवैज्ञानिक चुनौती आएकाले सरकार कानुन कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरे। हिंसा र अराजकता रोकथाम, नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको र सोही किसिमबाट संयन्त्रलाई परिचालन गरिरहेको उनको भनाइ थियो । मनोवैज्ञानिक चुनौतीका सन्दर्भमा ढुक्क हुन आग्रह गर्दै गृहमन्त्रीले भने,“सबै राजनीतिक दल, नागरिकलाई आह्वान गर्न चाहन्छु की देश बनाउने अभिभारा सबैको हो ।”
सुरक्षा बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्की लगायतले बोल्नु भएको थियो । सुरक्षा बैठकमा गृह सचिव, चारवटै सुरक्षा निकायका प्रमुख, नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सहभागिता रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १४:१७
नयाँदिल्ली। चार वर्षपछि भारतीय भूमिमा पुन: भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको आजको अन्तरक्रिया कूटनीतिक औपचार...
मंसिर २० गते, २०८२ - १३:५०
जुम्ला। जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि ...
मंसिर २० गते, २०८२ - १३:३०
मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी
मंसिर २० गते, २०८२ - १३:२३
काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश...
मंसिर २० गते, २०८२ - १३:०२
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह...
मंसिर २० गते, २०८२ - १२:५४
काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...
मंसिर २० गते, २०८२ - १२:४७
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर...
मंसिर २० गते, २०८२ - १२:३३
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासनलाई दैनिक जीवनशैलीमै अपनाउनुपर्ने बताएका छन्। शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्...
मंसिर २० गते, २०८२ - १२:१५
काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।...
मंसिर २० गते, २०८२ - १२:०३
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आ...




प्रतिकृया लेख्नुहोस्: