काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ।
पहिलो चार खेलमध्ये तीनमा हार बेहोरेको लुम्बिनी आजको आफ्नो पाँचौ खेलमा जित्नैपर्ने दबाबमा थियो । आजको जीतसँगै लुम्बिनी तालिकामा पाँच खेलबाट चार अङ्कसहित पाँचौ स्थानमा उक्लिएको छ।
लुम्बिनीसँग हार बेहोरे पनि पोखराको प्लेअफमा पुग्ने सम्भावना भने जीवितै छ । पोखराले हालसम्म चार खेलमध्ये एकमा जीत निकालेको छ । अहिले पोखरासँग दुई अङ्क मात्रै छ।
लुम्बिनीले पोखराले दिएको १५१ रनको लक्ष्य १९ दशमलव चार ओभरमा सात विकेटको क्षतिमा पूरा गर्यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४० रन बनाउनुभयो ।उहाँ प्लेयर अफ दि म्याच बने। लुम्बिनीका लागि निरोशन दिकवेल्लाले महत्वपूर्ण ३७ रन बनाए । साथै सन्दीप जोराले २५ रनको योगदान दिए।
पोखरा एभेञ्जर्सका लागि विपिन खत्री, खत्री मार्क टेलर र सागर ढकालले दुईरदुई विकेट लिए भने जिमी निशमले एक विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनाएको थियो । पोखराले पारीको सुरुआत राम्रो गरेन । उसले १५ रन बनाउँदा दिनेश खरेललाई पहिलो विकेटका रुपमा र दोस्रो विकेटका रुपमा कप्तान कुशल भुर्तेललाई गुमायो ।
त्यसपछि आएका सुमित बर्मा खाता खोल्न सकेनन् भने तिर्तराज दासले पनि जम्मा एक रन बनाए। तर सातौ ब्याटरका रुपमा जिमी निशम र ओपनर एडम रोसिङटनको जोडीले पाँचौ विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गर्यो । रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ८१ रन बनाउनुभयो भने निशमले ५१ रन बनाए। अर्धशतक बनाउने क्रममा निशमले तीन छक्का र तीन चौका प्रहार गर्नुभयो ।
लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुईरदुई विकेट हात पार्दा गुलबदिन नाइबले एक विकेट लिए।
आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...
मंसिर २२ गते, २०८२ - १६:१९
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...
मंसिर २२ गते, २०८२ - १५:५९
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...
मंसिर २२ गते, २०८२ - १५:४६
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...
मंसिर २२ गते, २०८२ - १५:२८
धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...
मंसिर २२ गते, २०८२ - १५:२२
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...
मंसिर २२ गते, २०८२ - १५:१३
धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...
मंसिर २२ गते, २०८२ - १४:४८
काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...
मंसिर २२ गते, २०८२ - १४:२७
काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...
मंसिर २२ गते, २०८२ - १४:०२
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्तरखंडहर बनेको सिंहदरबार परिसरको अवलोकन गर्ने कार्यक्रम तय भएको छ। ...




प्रतिकृया लेख्नुहोस्: