Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

जेन–जेड पुस्ताको निसानामा महेश बस्नेत

जहाँ पुग्छन् बस्नेत त्यहाँका युवा सडकमा उत्रँददै

खबरडबली संवाददाता

काठमाडौं । जेन–जेड आन्दोलनपछि देशको राजनीतिक मैदानमा अर्को तहको भिडन्त सुरु भएको छ— एकातिर जेन–जेड पुस्ताको तीव्र असन्तोष, अर्कोतिर एमाले नेता महेश बस्नेतको आक्रामक भाष्य। यही टकरावले बस्नेतलाई अहिलेको राजनीतिक वातावरणमा जेन–जेड युवाहरूको सबैभन्दा प्राथमिक टार्गेट बनाइरहेको छ।

बुधबार बिहान धनगढीमा दर्जनौँ जेन–जेड युवाहरू प्लाकार्ड, सिटी तथा स्लोगनसहित सडकमा उत्रिए। उनीहरूको आक्रोश स्पष्ट थियो, “बस्नेतको दम्भ र धम्कीप्रतिको प्रतिवाद।”

बस्नेतले जेन–जेड आन्दोलनलाई प्रायः हेला र व्यंग्यात्मक शैलीमा टिप्पणी गर्दै आएका छन् । उनले विभिन्न सभामा आन्दोलनलाई “विदेशी प्रेरित”, “अनुशासनहीन” र “राजनीतिक रूपमा अयोग्य” जस्ता शब्द प्रयोग गरेका छन् । यही अभिव्यक्तिले जेन–जेड युवाभित्र थप असन्तोष भरिएको देखिन्छ।

बारादेखि सुर्खेतसम्म : बस्नेतविरुद्धको विरोध फैलिँदै

जेन–जेड युवाको बस्नेतविरुद्धको प्रदर्शन कुनै एक–दुई घटनामा सीमित छैन। ४ मंसिरमा परवानीपुर (बारा)मा  बस्नेत आउने जानकारी बाहिरिएपछि युवाले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरे। सिमरा क्षेत्र दुई दिनसम्म तनावमा रह्यो।

७ मंसिरमा विराटनगरबाट इटहरी जाँदै गरेकाे बस्नेत सवार गाडीमा दुई युवाले रातो रङले भरिएको बेलुन प्रहार गरे।

मङ्गलबार, सुर्खेतमा बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै स्थानीय युवाले पुनः प्रदर्शन गरे र  आज धनगढीमा पुनः बस्नेतविरुद्ध प्लाकार्डसहित युवाहरु सडक प्रदर्शनमा उत्रिए ।

बस्नेत जहाँ–जहाँ जाँदै छन्, त्यहीँ–त्यहीँ जेन–जेड समूह स्वतःस्फूर्त रूपमा सडकमा उत्रिन थालेको सुरक्षा स्रोतहरू पनि बताउँछन्।

जेन–जेड आन्दोलनपछि बस्नेत किन मुख्य निसाना बने?

२३–२४ भदौको जेन–जेड आन्दोलनबाट एमाले नेतृत्वको सरकार भत्किएपछि पार्टीभित्रै केही नेता “जेन–जेड विरुद्धको प्रतिशोधी अभियान” चलाइरहेको जेन–जेड समूहको आरोप छ।

त्यसमध्ये सबैभन्दा अग्रमोर्चामा बस्नेत छन्।  उनी जेन–जेड आन्दोलनलाई “राज्यविरोधी” भनेका छन्। आन्दोलनमा सहभागी युवालाई “राजनीतिक अपरिपक्व” भन्ने भाष्य दोहोर्‍याएका छन्। आफ्नो भाषणहरूमा उनी जेन–जेडको संगठन संरचना तथा नेतृत्वलाई खुला चुनौती दिँदै आएका छन्।

यही कारणले युवा पुस्ताले उनलाई “क्लासिकल राजनीतिक अहंकारी सोचको प्रतिनिधि” का रूपमा हेर्न थालेको विश्लेषकहरूको धारणा छ।

जेन–जेड युवा : ‘बस्नेतको राजनीति पुरानो पुस्ताको अहंकार’

धनगढीमा आज प्रदर्शन गरिरहेका केही युवाले बस्नेतविरुद्ध कडा प्रतिक्रिया दिएका छन् । एक युवाले भने, “हामीले परिवर्तनको आन्दोलन गर्‍यौँ, उनीहरू पुरानो अहंकार बोकेर धम्की दिन थाले। हामी डराएर बस्ने पुस्ता होइन।”

अर्का युवाका अनुसार बस्नेतको आक्रामकता जति बढ्दै गएको छ, जेन–जेडको प्रतिरोध पनि उति बढ्दै गएको छ।

राजनीतिक जोखिम : बस्नेत–जेनजेड द्वन्द्व अझ बढ्दै?

राजनीतिक विश्लेषकहरू अहिलेको अवस्थालाई सामान्य प्रदर्शनभन्दा ठूलो राजनीतिक संकेत मान्दै छन्।

बस्नेत जति आक्रामक छन्, जेन–जेड पुस्ता त्यति नै थप संगठित हुँदै गएको देखिन्छ। यदि दुवै पक्षको भिडन्त यस्तै बढ्दै जाने हो भने, आगामी महिना बढी तनावपूर्ण राजनीतिक वातावरण देखिन सक्ने विश्लेषण गरिन्छ।

जेन–जेडको विरोधले बस्नेतलाई नै ‘औपचारिक प्रतिपक्षी’ बनाउँदै

कुनै नेताविरुद्ध युवाहरू यति व्यापक रूपमा सडकमा निस्किनु सामान्य घटना होइन।बस्नेतविरुद्धका प्रदर्शनहरू एक–दुई समूहको मात्र गतिविधि नभई अब राष्ट्रिय स्तरको युवा प्रतिरोध बन्दै गएको छ।

यसले बस्नेतलाई जेन–जेड आन्दोलन विरुद्धको प्रमुख ‘राजनीतिक प्रतिपक्षी’का रूपमा स्थापित गरिरहेको स्पष्ट हुन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगन थापा मुलुकको नेतृत्वका लागि तयारः उपसभापति शर्मा

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना, निर्वाचनअघि शक्ति प्रदर्शन कि लोकतान्त्रिक चुनौती ?

काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...

विघटन मुद्दा चुनावअघि सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...

रुकुम पश्चिममा एचपिभी खोप अभियान: १,८०० बालिका लाभान्वित हुने

रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...

डिभीका लागि नक्कली प्रमाणपत्र बनाउने गिरोहका ७ पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...

१० दिनदेखि ग्यास संकट: उपभोक्ता भौँतारिँदा निकायको आश्वासन

कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...

म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैनँ : प्रचण्ड

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...

निर्वाचनपछि संसद बैठक नयाँ भवनबाट सञ्चालन हुने

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...

अधुरा योजना पूरा गर्ने एजेन्डासहित पाल्पा–२ मा सोमप्रसाद पाण्डे

रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...

सुर्खेतमा नक्कली परीक्षार्थीमार्फत लोकसेवा परीक्षा—१२ जना पक्राउ

सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE