काठमाडौं । जेन–जेड आन्दोलनपछि देशको राजनीतिक मैदानमा अर्को तहको भिडन्त सुरु भएको छ— एकातिर जेन–जेड पुस्ताको तीव्र असन्तोष, अर्कोतिर एमाले नेता महेश बस्नेतको आक्रामक भाष्य। यही टकरावले बस्नेतलाई अहिलेको राजनीतिक वातावरणमा जेन–जेड युवाहरूको सबैभन्दा प्राथमिक टार्गेट बनाइरहेको छ।
बुधबार बिहान धनगढीमा दर्जनौँ जेन–जेड युवाहरू प्लाकार्ड, सिटी तथा स्लोगनसहित सडकमा उत्रिए। उनीहरूको आक्रोश स्पष्ट थियो, “बस्नेतको दम्भ र धम्कीप्रतिको प्रतिवाद।”
बस्नेतले जेन–जेड आन्दोलनलाई प्रायः हेला र व्यंग्यात्मक शैलीमा टिप्पणी गर्दै आएका छन् । उनले विभिन्न सभामा आन्दोलनलाई “विदेशी प्रेरित”, “अनुशासनहीन” र “राजनीतिक रूपमा अयोग्य” जस्ता शब्द प्रयोग गरेका छन् । यही अभिव्यक्तिले जेन–जेड युवाभित्र थप असन्तोष भरिएको देखिन्छ।
बारादेखि सुर्खेतसम्म : बस्नेतविरुद्धको विरोध फैलिँदै
जेन–जेड युवाको बस्नेतविरुद्धको प्रदर्शन कुनै एक–दुई घटनामा सीमित छैन। ४ मंसिरमा परवानीपुर (बारा)मा बस्नेत आउने जानकारी बाहिरिएपछि युवाले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरे। सिमरा क्षेत्र दुई दिनसम्म तनावमा रह्यो।
७ मंसिरमा विराटनगरबाट इटहरी जाँदै गरेकाे बस्नेत सवार गाडीमा दुई युवाले रातो रङले भरिएको बेलुन प्रहार गरे।
मङ्गलबार, सुर्खेतमा बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै स्थानीय युवाले पुनः प्रदर्शन गरे र आज धनगढीमा पुनः बस्नेतविरुद्ध प्लाकार्डसहित युवाहरु सडक प्रदर्शनमा उत्रिए ।
बस्नेत जहाँ–जहाँ जाँदै छन्, त्यहीँ–त्यहीँ जेन–जेड समूह स्वतःस्फूर्त रूपमा सडकमा उत्रिन थालेको सुरक्षा स्रोतहरू पनि बताउँछन्।
जेन–जेड आन्दोलनपछि बस्नेत किन मुख्य निसाना बने?
२३–२४ भदौको जेन–जेड आन्दोलनबाट एमाले नेतृत्वको सरकार भत्किएपछि पार्टीभित्रै केही नेता “जेन–जेड विरुद्धको प्रतिशोधी अभियान” चलाइरहेको जेन–जेड समूहको आरोप छ।
त्यसमध्ये सबैभन्दा अग्रमोर्चामा बस्नेत छन्। उनी जेन–जेड आन्दोलनलाई “राज्यविरोधी” भनेका छन्। आन्दोलनमा सहभागी युवालाई “राजनीतिक अपरिपक्व” भन्ने भाष्य दोहोर्याएका छन्। आफ्नो भाषणहरूमा उनी जेन–जेडको संगठन संरचना तथा नेतृत्वलाई खुला चुनौती दिँदै आएका छन्।
यही कारणले युवा पुस्ताले उनलाई “क्लासिकल राजनीतिक अहंकारी सोचको प्रतिनिधि” का रूपमा हेर्न थालेको विश्लेषकहरूको धारणा छ।
जेन–जेड युवा : ‘बस्नेतको राजनीति पुरानो पुस्ताको अहंकार’
धनगढीमा आज प्रदर्शन गरिरहेका केही युवाले बस्नेतविरुद्ध कडा प्रतिक्रिया दिएका छन् । एक युवाले भने, “हामीले परिवर्तनको आन्दोलन गर्यौँ, उनीहरू पुरानो अहंकार बोकेर धम्की दिन थाले। हामी डराएर बस्ने पुस्ता होइन।”
अर्का युवाका अनुसार बस्नेतको आक्रामकता जति बढ्दै गएको छ, जेन–जेडको प्रतिरोध पनि उति बढ्दै गएको छ।
राजनीतिक जोखिम : बस्नेत–जेनजेड द्वन्द्व अझ बढ्दै?
राजनीतिक विश्लेषकहरू अहिलेको अवस्थालाई सामान्य प्रदर्शनभन्दा ठूलो राजनीतिक संकेत मान्दै छन्।
बस्नेत जति आक्रामक छन्, जेन–जेड पुस्ता त्यति नै थप संगठित हुँदै गएको देखिन्छ। यदि दुवै पक्षको भिडन्त यस्तै बढ्दै जाने हो भने, आगामी महिना बढी तनावपूर्ण राजनीतिक वातावरण देखिन सक्ने विश्लेषण गरिन्छ।
जेन–जेडको विरोधले बस्नेतलाई नै ‘औपचारिक प्रतिपक्षी’ बनाउँदै
कुनै नेताविरुद्ध युवाहरू यति व्यापक रूपमा सडकमा निस्किनु सामान्य घटना होइन।बस्नेतविरुद्धका प्रदर्शनहरू एक–दुई समूहको मात्र गतिविधि नभई अब राष्ट्रिय स्तरको युवा प्रतिरोध बन्दै गएको छ।
यसले बस्नेतलाई जेन–जेड आन्दोलन विरुद्धको प्रमुख ‘राजनीतिक प्रतिपक्षी’का रूपमा स्थापित गरिरहेको स्पष्ट हुन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - २०:५९
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...
चैत्र १० गते, २०८२ - २०:५७
सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...
चैत्र १० गते, २०८२ - २०:५४
महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...
चैत्र १० गते, २०८२ - २०:४७
काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...
चैत्र १० गते, २०८२ - २०:४४
पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...
चैत्र १० गते, २०८२ - १९:५४
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...
चैत्र १० गते, २०८२ - १९:५२
काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...
चैत्र १० गते, २०८२ - १९:४९
काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...
चैत्र १० गते, २०८२ - १९:४८
भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...
चैत्र १० गते, २०८२ - १९:४५
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...


प्रतिकृया लेख्नुहोस्: