इलाम। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी महाधिवेशन अब पनि नियमितरूपमा सम्पन्न गर्न सकिने बताएको छन् ।
इलाम सदरमुकाममा जेनजी प्रदर्शनका क्रममा आगजनी गरी क्षति पुर्याइएका कांग्रेस जिल्ला कार्यालयको अवलोकनपछि पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै उनले महाधिवेशन सम्बन्धी दुईवटा स्पष्ट विकल्प रहेको उल्लेख गर्नुभयो।
महामन्त्री शर्माले भने, “समय घर्किँदै गयो, अब नियमित महाधिवेशन सम्भव हुन्छ। तपाईं साथीहरूको जिज्ञासामा म प्रष्ट छु—सबै एैक्यबद्ध भएर जुटौँ, महाधिवेशन सम्भव छ।”
उहाँका अनुसार पार्टीले अविलम्ब कार्यतालिका बनाएर पुस अन्तिम सातासम्म नियमित महाधिवेशन गर्ने पहिलो विकल्प रहेको छ। उहाँले बताउनुभयो, “पहिलो विकल्प के हो भने—पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्नेगरी अबको बैठकबाट कार्यतालिका निर्माण गर्ने। तयारीक्रममा केही दिन समय नपुग्ने अवस्था देखिएमा थप १५ दिन लिएर महाधिवेशन सम्पन्न गर्न सकिन्छ।”
प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक सूची बुझाउने समयसीमा तथा फागुन २१ गतेका लागि तोकिएको निर्वाचन मितिबारे पनि वातावरणअनुसार केही समायोजन हुन सक्ने उनको भनाइ छ।
उनले भने, “शान्तिपूर्ण वातावरण बन्नुपर्ने आवश्यकता र हिमाली क्षेत्रमा मौसमी प्रतिकूलता भएका कारण, राजनीतिक सहमतिको आधारमा केही पछि सारेर समाधान खोज्नु उत्तम हुन्छ।”
महामन्त्री शर्माले दोस्रो विकल्पबारे पनि स्पष्ट टिप्पणी गर्नुभयो। उनले भने, “दोस्रो विकल्प—पार्टीका आदरणीय सभापति शेरबहादुर देउवाले देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर सुवर्ण शमशेर पथ पछ्याउन सक्नुहुन्छ भन्ने मलाई लाग्छ। २०१४ सालमा झैँ स्वयं सभापतिले मार्गप्रशस्त गर्ने बाटो अपनाउन सकिन्छ।”
उनका अनुसार सभापतिकै पहलमा निकास खोजिँदा एकातर्फ पार्टीले सहज समाधान पाउने र अर्कोतर्फ सभापतिको नेतृत्व भूमिकाले थप सम्मान पाउनेछ।
उनले थप भने, “५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि बढ्न सक्दैन। त्यसपछि २०८२ मङ्सिर मसान्तमा विशेष महाधिवेशन र २०८३ मङ्सिरमा नियमित महाधिवेशन गर्न सकिनेछ।”
इलाममा जारी पार्टी कार्यालय पुनर्निर्माणको अवस्थाबारे प्रत्यक्ष अवलोकनपछि महामन्त्री शर्माले स्थानीय कार्यकर्ताहरूलाई शान्त, संयमित र संगठनमुखी बन्न पनि आग्रह गरे। उनको भनाइमा, पार्टीभित्रका सबै मत, धारणा र असन्तुष्टिको समाधान सङ्गठनभित्रकै लोकतान्त्रिक प्रक्रियाबाट खोजिनु आवश्यक छ।
महामन्त्री शर्माको यो अभिव्यक्ति पार्टीभित्र महाधिवेशनको समय, प्रक्रियागत जटिलता तथा नेतृत्वको भूमिकाबारे बढ्दो बहसका बीच आएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १७:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्। हाम्रो पार्टी नेपालका...
मंसिर २० गते, २०८२ - १६:४४
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...
मंसिर २० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...
मंसिर २० गते, २०८२ - १६:२६
खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ...
मंसिर २० गते, २०८२ - १६:०४
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...
मंसिर २० गते, २०८२ - १५:५२
नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...
मंसिर २० गते, २०८२ - १५:४७
काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...
मंसिर २० गते, २०८२ - १५:३६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...
मंसिर २० गते, २०८२ - १५:३१
काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...
मंसिर २० गते, २०८२ - १५:०४
काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...




प्रतिकृया लेख्नुहोस्: