गुल्मी । गुल्मीको रिडी क्षेत्रमा निर्माण भएको देशकै नमुना तीन मुखे झोलुङ्गे पुल निर्माण सम्पन्न भएर तीन वर्ष बितिसक्दा पनि अझै औपचारिक रूपमा हस्तान्तरण हुन सकेको छैन। पुल प्रयोगमा आए पनि आवश्यक प्रशासनिक प्रक्रिया रोकिएकै कारण हस्तान्तरण टर्किएको हो।
२०७१ साल मङ्सिर १५ गते शिलान्यास गरिएको यो पुल गुल्मी, स्याङजा र पाल्पा तीनै जिल्लालाई जोड्ने उद्देश्यले निर्माण भएको हो। कालीगण्डकी नदीमाथि बनेको तीन दिशा जोड्ने यो संरचना नेपालमै पहिलो पटक निर्माण गरिएको नमुना झोलुङ्गे पुलका रूपमा हेरिन्छ।
तीन वर्षमै निर्माण गर्ने सम्झौता, तीन पटक म्याद थप
२०७१ साल असार १० गते नयाँबाटो–रुबिना–मना जेभी र स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन ब्रीज डिभिजन पुल्चोकबीच रु ९ करोड ८८ लाख २६ हजार ३३२ मा तीन वर्षमै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।
तर निर्माण व्यवसायीको आन्तरिक विवाद, कास्की जिल्ला अदालतमा मुद्दा, र ढिलाइका कारण तीन पटक म्याद थप गरेर काम पूरा गरिएको डिभिजन कार्यालयले जनाएको छ।
सूचना अधिकारी प्रेमनारायण बस्यालका अनुसार निर्माण कम्पनीहरूबीचको विवाद अझै समाधान नभएकाले पुल हस्तान्तरण प्रक्रियालाई रोकिएको छ। कार्यालयले अझै करिब ४० प्रतिशत भुक्तानी गर्न बाँकी रहेको पनि बताए।
उद्घाटन गर्ने तयारी राजनीतिक कारणले रोकियो
तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गर्ने तयारी भए पनि त्यतिबेलाको निर्वाचन आचारसंहिताका कारण कार्यक्रम रोकिएको थियो।
दीर्घकालीन सञ्चालनका लागि तीन तहको समन्वय आवश्यक
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडी, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ कारिकोट चण्डिभञ्ज्याङ, र पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली जोड्ने यो पुल सञ्चालन र संरक्षणका लागि तीन वटै स्थानीय तहको समन्वय आवश्यक रहेको कार्यालयले जनाएको छ।
१७७.४ मिटर लम्बाइको पुलको मुख्य पिलर तीनै जिल्लाको दूरी बराबर हुने गरी बीच भागमा निर्माण गरिएको छ।
पर्यटकीय आकर्षण बन्दै
स्थानीय चुरामणी तिमिल्सिनाका अनुसार पुल अवलोकनका लागि विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन्। नयाँ वर्ष, असारे एकादशी, हरिबोधनी एकादशी र मकर सङ्क्रान्तिका समयमा यहाँ विशेष गरी भिड बढ्ने गरेको बताइन्छ।
यो पुलको शिलान्यास तत्कालीन मुख्य सचिव लीलामणी पौडेल र गुल्मी क्षेत्र नं. २ का सांसद चन्द्र भण्डारीले गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - २१:५१
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...
माघ १९ गते, २०८२ - १९:४१
काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...
माघ १९ गते, २०८२ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...
माघ १९ गते, २०८२ - १९:१८
रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...
माघ १९ गते, २०८२ - १८:५६
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...
माघ १९ गते, २०८२ - १८:५५
कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...
माघ १९ गते, २०८२ - १८:४७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...
माघ १९ गते, २०८२ - १८:४४
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...
माघ १९ गते, २०८२ - १८:४२
रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...
माघ १९ गते, २०८२ - १८:३६
सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...



प्रतिकृया लेख्नुहोस्: