Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

जुम्लामा दुई मतदान केन्द्र थप गर्न सिफारिस

खबरडबली संवाददाता

जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले दुई वटा मतदान केन्द्र थप गर्न र एउटा केन्द्र स्थानान्तरण गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

जिल्लाको हिमा गाउँपालिका–१ र पातारासी गाउँपालिका–७ मा एक/एक मतदान केन्द्र थप र तिला गाउँपालिका–९ मा एक मतदान केन्द्रको ठाउँ सार्न केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख नारायणी आचार्यले जानकारी दिए।

आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न यही मङ्सिर ५ गतेसम्मको समयसीमा तोकेको छ । उनका अनुसार अहिले अनलाइनबाट आफ्नो मतदाता नामावली बनाउन सकिने व्यवस्था रहेकाले जिल्लामा करिब ८४९ जना नयाँ मतदाता थपिएका छन् । तीमध्ये ३७३ महिला र ४७६ पुरुष छन् । 

बाहिरी जिल्लाका ९७ जनाले जिल्लाबाट नयाँ मतदाता भरेका निमित्त कार्यालय प्रमुख आचार्यले उल्लेख गर्नुभयो । जिल्लामा नयाँ मतदाता थपिनुअघि कूल ६७ हजार ७३६ मतदाता रहेका उनको भनाइ छ ।

निर्वाचन कार्यालयले गत असोजदेखि मतदाता नामावली सङ्कलन गर्दै आएको छ । मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको छ ।

एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लामा जिल्लाभरि ७९ मतदानस्थल र एक सय दुई मतदान केन्द्र रहेका निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । यसैबीच, कार्यालयले यहाँस्थित मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय बैठक गरी मतदाता नामावली सङ्कलन, मतदान केन्द्र, निर्वाचन प्रक्रियालगायत विषयमा छलफल अघि बढाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उच्च पदस्थ व्यक्तिलाई धम्की दिने दुई जना पक्राउ, अनुसन्धान सुरु

काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश...

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक ४ बजे बस्दै

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह...

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...

सात वटा विद्युत ग्रिड सब स्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर...

चालक र सहचालकलाई सकारात्मक ढङ्गले हेरिदिँदा सडक दुर्घटना न्यूनीकरण हुन्छ: मन्त्री गुप्ता

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासनलाई दैनिक जीवनशैलीमै अपनाउनुपर्ने बताएका छन्। शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्...

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।...

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दललाई निवेदन दिन आह्वान

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आ...

तत्कालीन सिडिओ छवि रिजालको दुई दिनदेखि बयान लिदै छानबिन आयोग

काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट देखिएको तोडफोडबारे जाँचबुझ गर्न गठित आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छ...

तनहुँमा कारले पैदल यात्रीलाई ठक्कर दिँदा दुई घाइते

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका-१ स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च ७४६४ नम्बरको कारले नियन्त्रण ग...

अत्यधिक चिसोको कारण योजना निर्माण कार्य बन्द

हुम्ला। उत्तरी हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित भएको छ । हिउँ नपरेको भए पनि चिसो निक्कै बढेका कारण सिमेन्टको काम नहुने भएपछि ती योजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending