पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा भगवान् गौतम बुद्धको एक मात्र मौलिक अष्टधातु रहेको ऐतिहासिक रामग्राम स्तुपसँगै जोडिएको महत्वपूर्ण पुरातात्विक तथा बौद्ध स्थल सम्भावित संघाराम क्षेत्र पहिचानमा आएपछि त्यहाँ बौद्ध भिक्षु तथा उपासकहरूको गतिविधि र चासो बढ्न थालेको छ ।
यो संघाराम क्षेत्रलाई रामग्राम स्तुपकै एक महत्वपूर्ण अङ्ग र उत्तिकै महत्व बोकेको प्राचीन स्थल मानिएको छ। स्थानीय रामग्राम(१७ का वडाध्यक्ष कन्हैया मौर्यले पुरातत्व विभागले संघाराम क्षेत्रलाई बौद्धकालिन प्राचीन स्थल पहिचान गरी बोर्ड राखेदेखि नै बुद्धसँग सरोकार राख्नेहरूको चासो बढेको बताए।
भिक्षु संघले आराम वा विश्राम गर्ने स्थानलाई संघाराम भनिन्छ। प्राचीनकालमा यहाँ हजारभन्दा बढी भिक्षुहरूले विश्राम गर्ने गरेको अनुमान छ । संघाराम नजिकै पाँच विघाभन्दा बढी क्षेत्रफलमा सरोवर (पोखरी), साना पोखरीहरू तथा इनारहरू समेत देखिएका छन्, जुन भिक्षुहरूलाई स्थान (नुहाउन) गर्नका लागि बनाइएको थियो। साथै, प्राचीन आवासहरूको पर्खालहरू समेत भेटिएका छन्।
रामग्राम स्तुप अवस्थित रहेको देउरवा गाउँ र हाल पहिचानमा आएको संघाराम क्षेत्र रहेको देवगाव को सिमाना भलुहीखोलाले छुट्ट्याएको छ। रामग्राम विकास कोषका सदस्य तथा पुरातत्वका जानकार नारद यादवका अनुसार बुद्धको अस्ति रहेको कोलिय राजाद्वारा निर्मित रामग्राम स्तुप नजिकै वरिपरिमा संघाराम हुनुपर्ने बौद्ध परम्पराअनुसार नै रामग्राम १७ देवगावको प्राचीन स्थललाई संघारामको रूपमा अनुमान गरी अनुसन्धान थालिएको हो।
प्राचीन अभिलेख अनुसार, स्तुप उत्खनन गर्न आएका सम्राट अशोकले नागबंशीहरूको आग्रहमा रामग्राम स्तुपको उत्खनन गरेनन्, बरु स्तुप क्षेत्र देउरवामा बौद्ध विहार र देवगावमा संघाराम निर्माण गर्न लगाएको तथ्यले यस क्षेत्रको ऐतिहासिकतालाई थप बलियो मान्न सकिन्छ ।
मौर्यकालीन मगधको राजधानी पाटलिपुत्रको कुक्कुटुर संघराम नष्ट भएजस्तै पुष्यमित्र संघका सेनाले रामग्रामको संघाराम ९देवगाव० का भिक्षुलाई पनि मारेर भगाएको हुन सक्ने अनुमान गर्नुभएको छ, जसले यो स्थलको ऐतिहासिक महत्वलाई थप रहस्यमय बनाएको छ।
विश्व सम्पदा सूची र संरक्षणको लक्ष्य
यस क्षेत्रका स्थानीयहरूले यति महत्वपूर्ण स्थानको सरकारी स्तरबाटै संरक्षण, विकास र प्राचीन संँस्कार तथा संस्कृतिको प्रवद्र्धन आवश्यक रहेको औंल्याएका छन् । संघारामको पहिचानपछि अब यस क्षेत्रमा पनि बौद्ध भिक्षुहरूको गतिविधि बढाउने योजना रहेको बताइएको छ।
रामग्राम स्तुप आफ्नो मौलिक अवस्थामा अवस्थित एकमात्र बुद्धको अस्तुधातु भएको स्तुप हो।विश्वसम्पदा सूचीको प्रक्रियामा रहेको रामग्राम स्तुप क्षेत्रमा युनेस्को र पुरातत्व विभाग सँग मिलेर थप काम गर्दै अगाडि बढ्ने रामग्राम विकास कोषको लक्ष्य रहेको छ।
गौतम बुद्धको एक मात्र मौलिक अष्टधातु रहेको ऐतिहासिक रामग्राम स्तुपसँगै जोडिएको महत्वपूर्ण पुरातात्विक तथा बौद्ध स्थल संघाराम क्षेत्र पहिचानमा आएपछि त्यहाँ बौद्ध भिक्षु तथा उपासकहरूको गतिविधि र चासो बढ्न थालेको छ।
हालै भिक्षु निपुन सहितको उपासक टोलीले रामग्राम नगरपालिका वडा नं. १७ स्थित उक्त क्षेत्रको अध्ययन अवलोकन गरेका छन्। यो संघाराम क्षेत्रलाई रामग्राम स्तुपकै एक महत्वपूर्ण अङ्ग र उत्तिकै महत्व बोकेको प्राचीन स्थल मानिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - १४:१४
काठमाडौँ । काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम नौ हजार ८२१ मतसहित अग्रस्थानमा छन्। निर्वाचन ...
फाल्गुन २२ गते, २०८२ - १४:०९
टीकापुर। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई पछि पार्दै राष्ट्रिय स्व...
फाल्गुन २२ गते, २०८२ - १४:००
म्याग्दी। म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले अग्रता बढाउँदै गएका छन् । पछिल्लो मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार पुन नेकपा (एमाले...
फाल्गुन २२ गते, २०८२ - १३:५३
घोराही। दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बिपिनकुमार आचार्यले प्रारम्भिक मतगणनामा अग्रता लिएको छन् । ...
फाल्गुन २२ गते, २०८२ - १३:४६
सर्लाही। सर्लाहीको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवीन महतोले अग्रता लिएको छन् । प्रारम्भिक मतपरिणाम अनुसार रास्...
फाल्गुन २२ गते, २०८२ - १३:३७
सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ मा मतगणना सुरू भएको छ। प्रारम्भिक मतगणनाअनुसार रास्वपा उम्मेदवार अमरेश सिंह ९७६ मतसहित अग्रस्थानमा छन्। उनका न...
फाल्गुन २२ गते, २०८२ - १३:२९
दोलखा। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत निर्वाचन एक क्षेत्र रहेको दोलखामा दिउँसो ३ बजेबाट मत गणना सुरु हुने भएको छ । बिहान ११ बजे बसेको सर्वदल...
फाल्गुन २२ गते, २०८२ - १३:१९
काठमाडौं । बाबुराम भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको जनलहरलाई सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न आम जनताले देखाएको शान्त व...
फाल्गुन २२ गते, २०८२ - १३:१३
दाङ। प्रतिनिधि सभा सदस्यका लागि दाङको तीन वाटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रता कायम गरेको छ । सुरुवाती चरणदेखि अग्रता क...
फाल्गुन २२ गते, २०८२ - १३:०७
विराटनगर : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङका ६ वटै क्षेत्रमा मतगणना जारी रहँदा ५ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्र...



प्रतिकृया लेख्नुहोस्: