म्याग्दी। जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पशुपालक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम सञ्चालन गरेको छ । मासु र दूध उत्पादन वृद्धि गरी आयात घटाउने र आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको हो ।
किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन नगदसहित प्रोत्साहन गर्ने नीति लिइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। चालु आर्थिक वर्षका लागि रु सात लाख ५० हजार बजेट विनियोजन भएको उक्त कार्यक्रममार्फत भेडाबाख्रा र गाईभैँसीपालक किसानले सुविधा पाउनेछन् । भेँडाबाख्राको हकमा कम्तीमा १५ वटा माउ, गाईभैँसीको हकमा कम्तीमा तीन वटा र वार्षिक एक हजार लिटर दूध बिक्री गर्नुपर्ने मापदण्ड रहेको उनले जानकारी दिए।
अध्यक्ष पुनका अनुसार लघुउद्यमीलाई वार्षिक रु १२ हजार, साना उद्यमीलाई रु १८ हजार, मझौला उद्यमीलाई रु २५ हजार र व्यावसायिक कृषकलाई रु ३५ हजारका दरले प्रोत्साहन रकम वितरण गरिने कार्यविधि छ ।
कार्यक्रममा आबद्ध हुन चाहने किसानलाई आगमी मङ्सिर ३ गतेभित्र गाउँपालिका वा वडा कार्यालयमा प्रस्ताव पेस गर्न अनुरोध गरिएको छ । चालु आवमा ३० जना किसानलाई उत्पादनमा आधारित अनुदान वितरण गर्ने गाउँपालिकाको लक्ष्य छ । पहिलोपटक कार्यान्वयन हुन लागेको यो कार्यक्रमको प्रभावकारिता हेरेर आगामी वर्ष थप बजेट व्यवस्थापन गरिने अध्यक्ष पुनले बताए।
यसैगरी, अन्नपूर्ण गाउँपालिकाले यस वर्ष भकारो सुधारका लागि रु १० लाख, घुम्ती गोठका लागि आवश्यक सामग्री उपलब्ध गराउन रु तीन लाख र माछामासु तथा डेरी पसल निर्माण तथा सुधारका लागि रु चार लाख बजेट विनियोजन गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १८:०६
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...
आषाढ़ १५ गते, २०८३ - १८:००
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...
आषाढ़ १५ गते, २०८३ - १७:४२
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...
आषाढ़ १५ गते, २०८३ - १७:३२
काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...
आषाढ़ १५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...
आषाढ़ १५ गते, २०८३ - १६:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...
आषाढ़ १५ गते, २०८३ - १६:३५
काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...
आषाढ़ १५ गते, २०८३ - १६:०३
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...
आषाढ़ १५ गते, २०८३ - १५:५६
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...
आषाढ़ १५ गते, २०८३ - १५:४४
काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्। सोमब...



प्रतिकृया लेख्नुहोस्: