Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

सुर्खेतरोड सडक छेउको अतिक्रमण हटाउन उपमहानगरको अल्टिमेटम

खबरडबली संवाददाता

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले रत्न राजमार्ग अन्तर्गत सुर्खेतरोडको बिपी चोकदेखि धम्बोजी चोकसम्म सडकको दुवैतर्फको नालादेखि सात फिट भित्र पर्ने सबै संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ । 

उपमहानगरपालिकाले मङ्गलबार एक सार्वजनिक सूचना प्रकाशित गरेर सुर्खेत रोडको बिपी चोकदेखि धम्बोझी चोकसम्मको फुटपाथ निर्माण तथा वृक्षारोपणस्थल निर्माण गर्ने भएको जनाउँदै सो सडकको दुबैतर्फको सात फिट भित्र निर्माण गरिएका टहरा, होर्डिंङ बोर्ड लगायतका सबै सरंचना १५ दिनभित्र हटाउन अल्टिमेटम दिएको हो । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माद्धारा हस्ताक्षरित सो सुचनामा तोकिएको अवधीभित्र उक्त संरचनाहरू नहटाइए कार्यालयले हटाउने र त्यसबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति आफै हुनुपर्ने र हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल गरिने जनाइएको छ । 

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले सुर्खेतरोडको निर्धारित क्षेत्रको सडकको दुबैतर्फको नालादेखि सात फिट भित्र पर्ने टहरा, होर्डिङ बोर्ड, पोल, पर्खाल वा जुनसुकै संरचना भएपनि मङ्सिर दुई गतेसम्म आफैँ हटाउन सुचना जारी गरिएको बताए। 

उनले हटाउँदा भएको सबै नोक्सानीको जिम्मेवार संरचना धनी आफै हुने र हटाउने खर्च स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५९४० बमोजिम जरिवानासहित असुल गरिने पनि बताए।

पैदलयात्रीलाई सुरक्षित फुटपाथ र हरियाली दिन उपमहानगरले तत्काल काम थाल्ने जनाएको छ । यो सडक नेपालगन्जको मुख्य प्रवेशद्वार हो, जसलाई सुन्दर र व्यवस्थित बनाउने लक्ष्य रहेको उपमहानगरले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending