नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले रत्न राजमार्ग अन्तर्गत सुर्खेतरोडको बिपी चोकदेखि धम्बोजी चोकसम्म सडकको दुवैतर्फको नालादेखि सात फिट भित्र पर्ने सबै संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।
उपमहानगरपालिकाले मङ्गलबार एक सार्वजनिक सूचना प्रकाशित गरेर सुर्खेत रोडको बिपी चोकदेखि धम्बोझी चोकसम्मको फुटपाथ निर्माण तथा वृक्षारोपणस्थल निर्माण गर्ने भएको जनाउँदै सो सडकको दुबैतर्फको सात फिट भित्र निर्माण गरिएका टहरा, होर्डिंङ बोर्ड लगायतका सबै सरंचना १५ दिनभित्र हटाउन अल्टिमेटम दिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माद्धारा हस्ताक्षरित सो सुचनामा तोकिएको अवधीभित्र उक्त संरचनाहरू नहटाइए कार्यालयले हटाउने र त्यसबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति आफै हुनुपर्ने र हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल गरिने जनाइएको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले सुर्खेतरोडको निर्धारित क्षेत्रको सडकको दुबैतर्फको नालादेखि सात फिट भित्र पर्ने टहरा, होर्डिङ बोर्ड, पोल, पर्खाल वा जुनसुकै संरचना भएपनि मङ्सिर दुई गतेसम्म आफैँ हटाउन सुचना जारी गरिएको बताए।
उनले हटाउँदा भएको सबै नोक्सानीको जिम्मेवार संरचना धनी आफै हुने र हटाउने खर्च स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५९४० बमोजिम जरिवानासहित असुल गरिने पनि बताए।
पैदलयात्रीलाई सुरक्षित फुटपाथ र हरियाली दिन उपमहानगरले तत्काल काम थाल्ने जनाएको छ । यो सडक नेपालगन्जको मुख्य प्रवेशद्वार हो, जसलाई सुन्दर र व्यवस्थित बनाउने लक्ष्य रहेको उपमहानगरले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १७:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्। हाम्रो पार्टी नेपालका...
मंसिर २० गते, २०८२ - १६:४४
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...
मंसिर २० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...
मंसिर २० गते, २०८२ - १६:२६
खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ...
मंसिर २० गते, २०८२ - १६:०४
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...
मंसिर २० गते, २०८२ - १५:५२
नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...
मंसिर २० गते, २०८२ - १५:४७
काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...
मंसिर २० गते, २०८२ - १५:३६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...
मंसिर २० गते, २०८२ - १५:३१
काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...
मंसिर २० गते, २०८२ - १५:०४
काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...




प्रतिकृया लेख्नुहोस्: