सप्तरी। सप्तरीमा श्रीमानको बञ्चरो प्रहारबाट गम्भीर घाईते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ३ स्थित माईतीमा बस्दै आउनु भएकी ३५ बर्षीया सुनिता सदाको उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।
घरायसी विवादका कारण उनका श्रीमान सिरहाको मिर्चैया नगरपालिका बडा नम्बर १० घर भएका रतन सदाले कात्तिक ११ गते माईती घरमै श्रीमती सदाको टाउकोमा बन्चरो प्रहार गर्दा उनी गम्भिर घाइते भएको थिए।
बन्चरो प्रहारबाट गम्भिर घाइते सुनितालाई उपचारको लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा आर्थिक अभावको कारण त्यहाँ उपचार गराउन नसकी मिर्चैया १० मथलेश्वर स्थित घर ल्याउँदा घरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जनाकारी दिए।
मृतका श्रीमान रतन सदालाई नियन्त्रणमा लिएको र शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान सिरहा पठाइएको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - १७:०७
चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...
चैत्र १९ गते, २०८२ - १६:५३
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...
चैत्र १९ गते, २०८२ - १६:३८
काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...
चैत्र १९ गते, २०८२ - १६:२८
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...
चैत्र १९ गते, २०८२ - १६:२२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बह...
चैत्र १९ गते, २०८२ - १६:०४
काठमाडौँ। यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्...
चैत्र १९ गते, २०८२ - १५:५५
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पीपीए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवट...
चैत्र १९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएको छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको...
चैत्र १९ गते, २०८२ - १५:४८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन्। बिहीबार नयाँ प्रतिनिधिसभाको...
चैत्र १९ गते, २०८२ - १५:३९
काठमाडौं। श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको प...


प्रतिकृया लेख्नुहोस्: