Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

विभिन्न अपराधमा संलग्न पाँच जना पक्राउ

बाँकेमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु

खबरडबली संवाददाता

काठमाडौँ ।   विभिन्न घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ भने बाँकेमा ट्याक्टरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ।

अवैध लागूऔषधसहित पक्राउ
नवलपरासीको प्रतापपुर गाउँपालिका-१ सिसहानियाबाट प्रहरीले डाइजेपाम १३२ एम्पुल, बुप्रेनोर्फिन १३२ एम्पुल र प्रोमेथाजाइन १३२ एम्पुलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२ बस्ने २१ वर्षीय रोहित सेन्चुरी, १७ वर्षीया किशोरी र ३९ वर्षीय बादल बस्याल रहेका छन्।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-३ तिलकपुर बस्ने ६० वर्षीय रामसिंह साउद र उनका २८ वर्षीय छोरासहित अवैध लागूऔषध चरेश जस्तो देखिने ३१८ ग्राम पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्रोत नखुलेको रकमसहित पक्राउ
मोरङको विराटनगर महानगरपालिका-१७ बाट प्रहरीले स्रोत नखुलेको १४ लाख ५० हजार रुपैयाँसहित ४१ वर्षीय बिरेन्द्र साहलाई पक्राउ गरेको छ। उनी भारतबाट नेपालतर्फ आउँदै गर्दा अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट मोटरसाइकलमा सवार अवस्थामा पक्राउ परेका थिए।

ट्याक्टरको ठक्करबाट मृत्यु
बाँकेको खजुरा गाउँपालिका-२ ए गाउँस्थित सडकमा ट्याक्टर (भे.२ त १४००) ले स्कुटर (भे.१३ प ४४०९) लाई ठक्कर दिँदा ४८ वर्षीय स्कुटर चालक सोबिन्द्र सिंह ठकुरीको मृत्यु भएको छ। उनको उपचारको क्रममा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज अस्पताल नेपालगंजमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते अर्का एकजनाको उपचार भइरहेको छ। प्रहरीले फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ।

आगलागीमा धनमाल नष्ट
ललितपुर महानगरपालिका-१२ प्रयागपोखरी बस्ने केदार बहादुर श्रेष्ठको भान्सा कोठामा आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ।

प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन

सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...

महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा

महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति: प्रतिवेदन

काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...

निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...

सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो : विश्व स्वास्थ्य सङ्गठन

काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...

इनरुवामा फहराइयो नेपालकै अग्लो राष्ट्रिय झण्डा

काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए...

भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...

आगलागीबाट १० बिघामा लगाइएको उखु खेती नष्ट

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: