गाजा पट्टी। गाजामा रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ६० जना नागरिकको ज्यान गएको छ । मारिनेमा बालबालिका र महिलाहरू पनि छन् । स्थानीय अस्पतालका अधिकारीहरूले बुधबार जानकारी दिँदै यो घटनालाई यस महिनाको सुरुदेखि लागू भएको नाजुक युद्धविरामका लागि सबैभन्दा गम्भीर चुनौती भएको बताएका छन् ।
यो घटनापछि गाजामा पुन: तनाव चर्किएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै गाजामा ‘शक्तिशाली आक्रमण’ गर्न सेनालाई निर्देशन दिएको थिए । उक्त निर्देशनपछि रातभर गाजाका विभिन्न क्षेत्रमा तीव्र बमबारी गरिएको थियो । प्रतिक्रियामा हमासले अर्को बन्धकको शव हस्तान्तरणमा ढिलाइ गर्ने चेतावनी दिएको छ ।
मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालमा इजरायली हवाई आक्रमणपछि तीन महिला र छ बालबालिकासहित कम्तीमा १० जनाको शव ल्याइएको अस्पतालको स्रोतले जनाएको छ । दक्षिणी गाजाको खान युनुसस्थित नासेर अस्पतालमा पाँचवटा हवाई आक्रमणपछि २० शव पुर्याइएको थियो, जसमा १३ बालबालिका र दुई महिला थिए ।
त्यसैगरी, मध्य गाजाको अर्को अस्पताल अल–अवदामा ३० वटा शव ल्याइएको छ । तीमध्ये १४ जना बालबालिका रहेको पुष्टि गरिएको छ । घाइतेहरूको ठूलो भीडका कारण अस्पतालहरूमा उपचारका साधनहरू अभाव भएको चिकित्सकहरूले बताएका छन् ।
इजरायली पक्षका एक अधिकारीका अनुसार दक्षिणी गाजामा इजरायली सेनामाथि गोली प्रहार भएको घटनापछि नेतान्याहुले आक्रमणको आदेश दिएको हो । सो आक्रमण सोमबार हमासले एउटा बन्धकको ‘आंशिक अवशेष’ हस्तान्तरण गरेपछि भएको जनाइएको छ । इजरायलले ती अवशेष युद्धको सुरुआती चरणमा अपहरणमा परेका आफ्ना नागरिकका भएको दाबी गरेको छ ।
संयुक्त राज्य अमेरिकाले स्थिति नियन्त्रणमा ल्याउन कूटनीतिक पहल थालेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘हिंसात्मक झडपहरू चाँडै अन्त्य हुने’ आशा व्यक्त गरेको छन्। तर गाजामा भइरहेका निरन्तर आक्रमण र तीव्र हताहतीका घटनाले युद्धविराम पुन: जोखिममा परेको विश्लेषकहरूको ठम्याइ छ ।
दर्जनौँ परिवारहरू अहिले भग्नावशेषभित्र बेपत्ता छन् भन्दै स्थानीय अधिकारीहरूले आक्रमण रोकिएन भने मानवीय सङ्कट झनै भयावह बन्ने चेतावनी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - ११:५०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्थानीयवासीलाई धाकधम...
जेष्ठ २९ गते, २०८३ - ११:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको शुक्रबार...
जेष्ठ २९ गते, २०८३ - ११:२४
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
जेष्ठ २९ गते, २०८३ - ११:१७
काठमाडौं । करका दर हेरफेर तथा त्यससम्बन्धी सूचना चुहावटको विषयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (...
जेष्ठ २९ गते, २०८३ - ११:०५
मुस्ताङ। मुस्ताङमा यात्रुबाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको रानीपौवाबा...
जेष्ठ २९ गते, २०८३ - १०:५४
हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिका–६ बराईको भित्री सडक खन्ने क्रममा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार राति करिब १२ बज...
जेष्ठ २९ गते, २०८३ - १०:४८
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार तर्...
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...



प्रतिकृया लेख्नुहोस्: