काठमाडौँ । देशका हिमाली र उच्च पहाडी क्षेत्रहरूमा निरन्तर हिमपात भइरहेको छ भने तराई र मध्यपहाडी क्षेत्रहरूमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उत्तरी गोरखा, सगरमाथा क्षेत्रलगायतका हिमाली भूभागमा मंगलबारदेखि उच्च हिमपात भइरहेको छ । वर्षासँगै देशभर चिसो बढेको छ । कृषि विशेषज्ञहरूले यसपालिको हिमपात र वर्षा हिउँदे बालीका लागि लाभदायक हुने बताए पनि किसान भने धान भित्र्याउने समयमा परेको वर्षाबाट चिन्तित छन् ।
तीन दिन बाढीको जोखिम
विभागले कात्तिक १३ गतेदेखि १५ गतेसम्म देशका विभिन्न स्थानमा बाढीको जोखिम उच्च रहेको चेतावनी जारी गरेको छ । विभागका अनुसार बागमती, कोशी र मधेस प्रदेशका नदीहरू तथा तिनका सहायक नदीनालामा आकस्मिक बहाव हुन सक्ने सम्भावना छ ।
विशेषगरी काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, सिन्धुली, बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरीका साना नदीहरूमा बहाव बढ्ने चेतावनी दिइएको छ ।
‘मोन्था’ चक्रवातको प्रभाव
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ मंगलबार राति भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको र त्यसपछि कमजोर हुँदै नेपालको मध्य तथा पूर्वी भूभागमा असर गर्ने विभागले जनाएको छ ।
यो प्रणालीको प्रभावले मधेस र कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही भागमा मध्यमदेखि भारी वर्षा हुन सक्नेछ । कोशी र बागमती प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने सम्भावना उच्च छ ।
गोरखामा पर्यटक ‘होल्ड’
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा सोमबार रातिदेखि निरन्तर हिमपात भइरहेको छ । ३९०० मिटर उचाइमा रहेको साम्दोमा करिब एक फिट हिउँ जमेको छ भने सामागाउँमा करिब आधा फिट हिउँ परेको प्रहरी चौकी सामागाउँले जनाएको छ ।
हिमपातका कारण मनास्लु क्षेत्र हुँदै लार्के पास पार गर्न गएका करिब २ सय ५० जना विदेशी पर्यटक सामागाउँमै रोकिएका छन् । तल्लो भेगबाट गएका पर्यटकहरू पनि आफ्नै ठाउँमा ‘होल्ड’ भएका छन् ।
‘लार्के पासमा पुगेकाहरू फर्केका छन्, ल्होभन्दा तलका पर्यटक पनि उतै रोकिएका छन्,’ स्थानीय होटल व्यवसायी मिङ्मार लामाले बताए, ‘हिउँ परेपछि बाटो बन्द भएको छ, मौसम खुल्नेबित्तिकै यात्रा फेरि सुरु हुनेछ ।’
कसैकसैले भने हिउँमा रमाइलो गर्दै ‘सेल्फी’ खिचिरहेका छन् । तर, स्थानीय किसान भने करु काट्ने सिजनमा बारीमा जान नसकेर समस्यामा परेका छन् ।
कर्णालीमा जाडो बढ्यो
कर्णाली प्रदेशमा सोमबार रातिदेखि लगातार वर्षा भइरहेको छ । सुर्खेत, जुम्ला, मुगु, डोल्पा, कालीकोट, दैलेख र हुम्लाका अधिकांश स्थानमा वर्षा तथा उच्च भूभागमा हिमपात भएपछि जाडो बढेको छ ।
कालीकोटका नरहरीनाथका उमेश बिष्टले भने, ‘यो वर्ष असोज–कात्तिकमै हिउँ पर्लाजस्तो चिसो छ, तर हिउँदे बालीको लागि राम्रो भएको छ ।’
तर, सुर्खेतका किसानहरूले धान काट्ने समयमा परेको पानीले बाली बिग्रने चिन्ता व्यक्त गरेका छन् ।
रुकुमपूर्वमा पहिलो हिमपात
रुकुमपूर्वका भूमे र पुथा उत्तरगंगा गाउँपालिकाका उच्च पाटन क्षेत्रमा यस वर्षको पहिलोपटक सेताम्मे हिउँ परेको छ । स्थानीय र पर्यटक दुवै यसबाट प्रभावित भएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अरब सागर र बंगालको खाडी दुबैबाट विकसित मौसमी प्रणालीको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा वर्षा र हिमपात भइरहेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - २०:५९
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...
चैत्र १० गते, २०८२ - २०:५७
सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...
चैत्र १० गते, २०८२ - २०:५४
महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...
चैत्र १० गते, २०८२ - २०:४७
काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...
चैत्र १० गते, २०८२ - २०:४४
पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...
चैत्र १० गते, २०८२ - १९:५४
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...
चैत्र १० गते, २०८२ - १९:५२
काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...
चैत्र १० गते, २०८२ - १९:४९
काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...
चैत्र १० गते, २०८२ - १९:४८
भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...
चैत्र १० गते, २०८२ - १९:४५
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...


प्रतिकृया लेख्नुहोस्: