Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

रिक्त ११ मुलुकमा तत्काल नयाँ राजदूत नपठाइने, परराष्ट्रकै कर्मचारी कार्यवाहकमा

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले हालै फिर्ता बोलाएका ११ मुलुकका राजदूतको स्थानमा तत्काल नयाँ राजदूत नपठाउने भएको छ। संसद् नरहेको र कानुनी प्रक्रिया जटिल हुने देखिएकाले अहिलेका लागि परराष्ट्र मन्त्रालयकै कर्मचारीलाई कार्यवाहक राजदूतको जिम्मेवारी दिइने परराष्ट्र स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार हाल सरकारले नयाँ राजदूत नियुक्त गर्ने कुनै तयारी गरेको छैन। फिर्ता बोलाइएका देशहरूमा त्यहीँ रहेका परराष्ट्र सेवाका कर्मचारीले अस्थायी रूपमा कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्नेछन्।

गृहमन्त्री ओमप्रकाश आर्यालले पनि हालै एक अन्तर्वार्तामा, “चुनाव नजिकिएकाले सरकार तत्काल नयाँ राजदूत पठाउने तयारीमा छैन,” बताएका थिए।

यसैबीच, सरकारले राजदूतहरूलाई फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सर्वोच्चले कात्तिक ९ गते आदेश जारी गर्दै सरकारलाई कात्तिक १४ गतेभित्र कारण पेस गर्न भनिसकेको छ।

परराष्ट्र मन्त्रालयले रिक्त भएका देशहरूमा त्यहीँका मिशनमा कार्यरत सहसचिवदेखि अधिकृत तहसम्मका कर्मचारीलाई जिम्मेवारी दिइसकेको छ। ती देशमा रहेका उपनियोग प्रमुख वा वरिष्ठ सहचारीहरू कार्यवाहक राजदूत बनेका छन्।

असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि कृष्णप्रसाद ओली, जापानका लागि डा। दुर्गाबहादुर सुवेदी, इजरायलका लागि धनप्रसाद पण्डित, स्पेनका लागि शनिल नेपाल, जर्मनीका लागि शैल रुपाखेती, कतारका लागि रमेशचन्द्र पौडेल, मलेसियाका लागि डा। नेत्रप्रसाद तिमल्सिना, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, र बेलायतका लागि चन्द्रकुमार घिमिरेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार ती राजदूतहरू कात्तिक २० गतेसम्म नेपाल फर्किसक्नुपर्नेछ।

कार्यवाहक राजदूतको सूची

अमेरिका: सहसचिव शरदराज आरण

चीन: सहसचिव रोशन खनाल

जर्मनी: उपनियोग प्रमुख सागर फुयाल

जापान: उपनियोग प्रमुख हरिहरकान्त पौडेल

मलेसिया: उप;नियोग प्रमुख मुदिता बज्राचार्य

कतार: उपनियोग प्रमुख कुमार राई

बेलायत: उपनियोग प्रमुख विपिन घिमिरे

साउदी अरब: उपनियोग प्रमुख सिर्जना अधिकारी

स्पेन: उपनियोग प्रमुख (अधिकृत) पूरक अधिकारी

इजरायल: उपनियोग प्रमुख (अधिकृत) कुमारबहादुर श्रेष्ठ

रुस: सहचारी कसम पोखरेल

प्रवक्ता क्षेत्रीले कार्यवाहक राजदूतहरू सबै अनुभवी रहेको र क्षमतामा कुनै कमी नरहेको बताए। उनका अनुसार, “राजदूत फिर्ता भएपछि नयाँ नआएसम्म सबभन्दा वरिष्ठ परराष्ट्र कर्मचारीले स्वत: कार्यवाहकको जिम्मेवारी पाउँछन्स छोटो अवधिका लागि त्यसका लागि विशेष कार्यादेश आवश्यक पर्दैन।”

तर लामो समयसम्म रिक्तता रह्यो भने परराष्ट्र मन्त्रालयबाट औपचारिक पत्र पठाउने प्रक्रिया अघि बढाइने उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending