Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

रिक्त ११ मुलुकमा तत्काल नयाँ राजदूत नपठाइने, परराष्ट्रकै कर्मचारी कार्यवाहकमा

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले हालै फिर्ता बोलाएका ११ मुलुकका राजदूतको स्थानमा तत्काल नयाँ राजदूत नपठाउने भएको छ। संसद् नरहेको र कानुनी प्रक्रिया जटिल हुने देखिएकाले अहिलेका लागि परराष्ट्र मन्त्रालयकै कर्मचारीलाई कार्यवाहक राजदूतको जिम्मेवारी दिइने परराष्ट्र स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार हाल सरकारले नयाँ राजदूत नियुक्त गर्ने कुनै तयारी गरेको छैन। फिर्ता बोलाइएका देशहरूमा त्यहीँ रहेका परराष्ट्र सेवाका कर्मचारीले अस्थायी रूपमा कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्नेछन्।

गृहमन्त्री ओमप्रकाश आर्यालले पनि हालै एक अन्तर्वार्तामा, “चुनाव नजिकिएकाले सरकार तत्काल नयाँ राजदूत पठाउने तयारीमा छैन,” बताएका थिए।

यसैबीच, सरकारले राजदूतहरूलाई फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सर्वोच्चले कात्तिक ९ गते आदेश जारी गर्दै सरकारलाई कात्तिक १४ गतेभित्र कारण पेस गर्न भनिसकेको छ।

परराष्ट्र मन्त्रालयले रिक्त भएका देशहरूमा त्यहीँका मिशनमा कार्यरत सहसचिवदेखि अधिकृत तहसम्मका कर्मचारीलाई जिम्मेवारी दिइसकेको छ। ती देशमा रहेका उपनियोग प्रमुख वा वरिष्ठ सहचारीहरू कार्यवाहक राजदूत बनेका छन्।

असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि कृष्णप्रसाद ओली, जापानका लागि डा। दुर्गाबहादुर सुवेदी, इजरायलका लागि धनप्रसाद पण्डित, स्पेनका लागि शनिल नेपाल, जर्मनीका लागि शैल रुपाखेती, कतारका लागि रमेशचन्द्र पौडेल, मलेसियाका लागि डा। नेत्रप्रसाद तिमल्सिना, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, र बेलायतका लागि चन्द्रकुमार घिमिरेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार ती राजदूतहरू कात्तिक २० गतेसम्म नेपाल फर्किसक्नुपर्नेछ।

कार्यवाहक राजदूतको सूची

अमेरिका: सहसचिव शरदराज आरण

चीन: सहसचिव रोशन खनाल

जर्मनी: उपनियोग प्रमुख सागर फुयाल

जापान: उपनियोग प्रमुख हरिहरकान्त पौडेल

मलेसिया: उप;नियोग प्रमुख मुदिता बज्राचार्य

कतार: उपनियोग प्रमुख कुमार राई

बेलायत: उपनियोग प्रमुख विपिन घिमिरे

साउदी अरब: उपनियोग प्रमुख सिर्जना अधिकारी

स्पेन: उपनियोग प्रमुख (अधिकृत) पूरक अधिकारी

इजरायल: उपनियोग प्रमुख (अधिकृत) कुमारबहादुर श्रेष्ठ

रुस: सहचारी कसम पोखरेल

प्रवक्ता क्षेत्रीले कार्यवाहक राजदूतहरू सबै अनुभवी रहेको र क्षमतामा कुनै कमी नरहेको बताए। उनका अनुसार, “राजदूत फिर्ता भएपछि नयाँ नआएसम्म सबभन्दा वरिष्ठ परराष्ट्र कर्मचारीले स्वत: कार्यवाहकको जिम्मेवारी पाउँछन्स छोटो अवधिका लागि त्यसका लागि विशेष कार्यादेश आवश्यक पर्दैन।”

तर लामो समयसम्म रिक्तता रह्यो भने परराष्ट्र मन्त्रालयबाट औपचारिक पत्र पठाउने प्रक्रिया अघि बढाइने उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली–लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन थप थुनामा राख्ने अनुमति दिएक...

नवनिर्वाचित सांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयअन्तर्गतको सांसद सु...

दीपक खड्कालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनीमाथि लागेको आरोप सम्...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन विवाद पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको ...

पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने प्रस्ताव मैले नै उठाएको हुँ : प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा...

एमाले कार्यकर्ता र प्रहरीबीच झडप, एक घाइते

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघर–बबरमहल क्ष...

पूर्वाग्रहपूर्ण निर्णयले देश दुर्घटनातर्फ जान सक्छ : नेकपा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा काम नगर्न चेतावनी दिएको छ। आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्...

ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट, सोमबार सुनुवाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको...

हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीको राजीनामा

हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उद्योग, वाणिज्य त...

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending