लहान। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले युवालाई राहत हुनेगरी कार्यक्रम ल्याइने बताएको छन् ।
मन्त्रीमा नियुक्त भएपछि आफ्नो गृहगाउँ लहान–२३, गढा छठ पर्व मनाउन आएको मन्त्री गुप्ताले आज मङगलबार पत्रकारहरूसँग कुराकानी गर्दै युवाहरूको चाहना र भावनाको प्रतिनिधित्व गर्न युवा तथा खेलकुदमन्त्रीको जिम्मेबारी पाएको बताए।
‘‘छठ पर्व सकिएपछि सरकारले हरेक क्षेत्रमा राहत महसुस हुने गरी कार्यक्रम त आउँछ नै । आफू युवा तथा खेलकुदमन्त्रीको हैसियतमा युवाहरूको समस्या र मागलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउन संयन्त्र बनाउन लागेका छौँ’’,उनले भने।
सरकारमा युवाहरूको नेतृत्व गर्दै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी पाएकोले खेलकुद त प्राथमिकतामा भएपनि युवाहरूको मागलाई सम्बोधन गर्न पनि त्यतिकै आवश्यक्ता रहेको मन्त्री गुप्ताले प्रष्टयाए।
हरेक निकायमा देखिएको भ्रष्टाचार नियणत्रण गरेर सुशासनको प्रत्याभुति दिलाउन र चुनावको वातावरण बनाउन सरकारले काम गरिरहेको उनले भन्दै अवसरभन्दा पनि चुनौती अगाडि रहेकोले त्यस्ता चुनौतीहरूको सामना गर्न पनि यो सरकार सक्षम रहेको प्रष्टयाए ।
फागुन २१ गते चुनाव गराउन सरकारले वातावरण के के काम थालेको प्रश्नको जिज्ञासामा मन्त्री गुप्ताले भने,‘‘पुरानै संसदको चुनाव गराउन जेनजी पुस्ताले आन्दोलन गरेको छैन । भ्रष्टाचार अन्त्य गर्न र कार्यकारी प्रमुखको निर्वाचन गर्नुपर्ने युवाहरूको दबाब रहेकेकोले संविधान संशोधन गरेर भएपनि युवाहरूको माग पूरा गराउने गरी सरकारले काम गर्न काम गरिरहेको छ ।’’
युवा तथा खेलकुद मन्त्रालय शिक्षा स्वास्थ्य र रोजगारीसँग समेत जोडिएकोले स्वदेशमा नै रोजगारी सृजना गर्ने, शिक्षा र स्वास्थ्यमा देखिएको विकृति र अनियमिततालाई अन्तय गर्ने र भ्रष्टाचारीहरूले उन्मुक्ति नपाउने मन्त्री गुप्ताले विश्वास व्यक्त गरे।
मन्त्री गुप्ता आज दिनभरी विभिन्न कार्यक्रमहरूमा सहभागी भई युवाहरूको भावना बुझ्ने र अग्रजहरूको सललाह सुझाव ग्रहण गर्ने कार्यक्रम रहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: