महोत्तरी। महोत्तरीको गौशालामा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाको अनुसार गौशाला नगरपालिका–५, माछा बजार क्षेत्रमा एक पुरुषको शव फेला परेको हो ।
स्थानीयले शनिबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउना प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको इप्रका इन्चार्ज इन्स्पेक्टर रमेश लामाले बताए । उनले फेला परेको शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठाको रहेको जानकारी दिए।
स्थानीयका अनुसार, मृतक बैठा करिब ३–४ वर्षदेखि गौशालास्थित विभिन्न होटलहरूमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए । केही समयदेखि उनी ज्वरो आएर स्वास्थ्य समस्याबाट पीडित रहेको थियो ।
अत्यधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको हुन सक्ने आशङ्का प्रहरीले गरे पनि शव परीक्षण पश्चात मात्र केही ठोस कारण भन्न सकिने प्रनि लामाले बताए।
घटनाबारे थप अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - १५:०७
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन तथा राजस्व लक्ष्य प्राप्तिका लागि...
श्रावण ७ गते, २०८३ - १४:४७
काठमाडौं। करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका क्रममा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी कलाकार कोपिला ...
श्रावण ७ गते, २०८३ - १४:३८
काठमाडौं। बीमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। पक्राउ परेका रिमाल ...
श्रावण ७ गते, २०८३ - १४:१९
जनकपुरधाम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको ...
श्रावण ७ गते, २०८३ - १४:०७
बाँके। बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट उत्पादन हुने जमेको वीर्य ९सिमेन०...
श्रावण ७ गते, २०८३ - १३:४५
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६७औँ वार्षिक दिवसका अवसरमा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री तथा त्रिविका सहकुलपति सस्मित पोखरेलविरुद्ध प्...
श्रावण ७ गते, २०८३ - १३:३८
काठमाडौं। बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट, शङ्करलाल अग्रवालसहित अन्य प्रतिवादीको उच्च अदालत पाटनमा बयान सुरु भएको छ।...
श्रावण ७ गते, २०८३ - १३:२३
काठमाडौं। झापाको अर्जुनधारा नगरपालिकामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारलाई जग्गाधनी प्रमाण–पुर्जा ९लालपुर्जा० वितरण गरिएको छ। जिल्ला भ...
श्रावण ७ गते, २०८३ - १३:०६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारीमा रहेका छन्। उच्च सरकारी स्रोतका अन...
श्रावण ७ गते, २०८३ - १२:५६
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालय (त्रिवि)का विद्यार्थीले प्रदर्शन गरेका छन्। त्रिविको ६७औँ वार्षिक दि...



प्रतिकृया लेख्नुहोस्: