Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

छठको पूर्वसन्ध्यामा तराई–मधेश : अस्ताउँदो सूर्यसँगको आस्था, उदाउँदो उज्यालोको प्रतीक्षा

खबरडबली संवाददाता

नवलपरासी । साँझको सुनौलो किरण पोखरीको सतहमा बिस्तारै हराउँदै जान्छ, र घाटमा बत्तीको उज्यालो टल्किन्छ। केराका घोगा, नरिवल र भोगटेले भरिएका डोका, सुगन्धित धूपको वासना र भजनको स्वर—सबैतिर छठको रौनक छ।

तराई–मधेशका गाउँबस्ती, बजार र सहरी सडकहरू अहिले एकै रङमा रंगिएका छन् ।आस्थाको रङमा। लोकविश्वास, धार्मिक निष्ठा र पारिवारिक एकताको पर्व छठ आउँदैछ।

छठघाटमा तयारीको चहलपहल

पश्चिम नवलपरासीदेखि पर्सा, रौतहट, धनुषा र सप्तरीसम्म अहिले नदी, पोखरी र तलाउको किनारमा बिहानदेखि बेलुकीसम्म तयारीको धपेडी छ। छठी माताको व्रत गर्ने व्रतालुका लागि घाटहरू शुद्ध र पवित्र बनाउन माटोको लेप लगाइँदैछ। स्थानीय टोल विकास संस्था, युवा क्लब र पूजा समितिहरूले बत्ती र पण्डालका सजावटमा प्रतिस्पर्धा गरेका छन्।

केराका थम्बा, बाँसका तोरण र झिलिमिली बत्तीले छठघाटहरू झकिझकाउ बनेका छन्। कतै बत्ती बाल्दै बालबालिका रमाइरहेका छन्, कतै महिलाहरू व्रतका सामग्री तयार गर्दै भजनमा तल्लीन छन्।

‘नहाय–खाय’बाट सुरु हुने आस्थाको यात्रा

छठ पर्वको आरम्भ ‘नहाय–खाय’ विधिबाट हुन्छ ।  जसमा व्रतालुहरूले आत्मशुद्धिको प्रतीकका रूपमा स्नान गरी शुद्ध भोजन ग्रहण गर्छन्। त्यसपछि उनीहरू निराहार व्रत बस्छन् र अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्छन्। पर्वको अन्तिम दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिँदा घाटमा ‘जय छठी मइया’का नारा गुञ्जिन्छन्।

श्रद्धा र सद्भावको संगम

छठ केवल धार्मिक अनुष्ठान होइन, यो सद्भाव र सहअस्तित्वको पर्व पनि हो। छरछिमेक र समुदाय एकैसाथ जुट्छन् । कसैले घाट सजाउँछ, कसैले व्रतालुलाई सहयोग गर्छ, कसैले प्रसादका फलफूल ल्याउँछ। केरा, नरिवल, भोगटे, स्याउ, ईख र सख्खरको प्रयोग गरी तयार गरिएका प्रसादहरूलाई सूर्यलाई अर्पण गरेर पछि घरमा बाँडिन्छ।

सामाजिक र सांस्कृतिक एकताको प्रतीक

तराई–मधेशमा छठको अर्थ केवल धार्मिक आस्था मात्र होइन, सामाजिक एकताको भाव पनि हो। हिन्दु र अन्य समुदायका मानिसहरू पनि यसमा सहभागी हुन्छन्। छिमेकी देश भारतदेखि नेपालका सीमावर्ती गाउँहरूमा छठले एउटै भाव जगाउँछ । अस्ताउँदो सूर्यमा आस्था, उदाउँदो सूर्यमा आशा।

रातभरको तयारी, बिहानको उज्यालो

रातभर छठघाटमा भजन, धुन र दीपमालाको रौनक रहन्छ। पोखरीमा प्रतिबिम्बित हजारौं दियोहरू जस्तै लाग्छ । मानौं सम्पूर्ण आस्था उज्यालोको प्रतीक्षामा हो। र जब बिहानको पहिलो किरण क्षितिजबाट निस्कन्छ, व्रतालुहरू हात जोडेर अर्घ्य दिन्छन्, अनि छठी माताको स्तुति गुञ्जिन्छ ।

“छठी मइया सबके काज संवार द ।” छठ समाप्त हुन्छ, तर यसको प्रकाश र आस्था प्रत्येक घर र मनमा बाँकी रहन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनुसन्धान नै नभइ बिदा हुँदै पशुपति भेटी चोरीका मुख्य आरोपी कोषाध्यक्ष सुवेदी

काठमाडौँ । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्...

रसुवागढी अन्तर्राष्ट्रिय नाका पुन: सञ्चालनमा, बेलिब्रिजबाट सवारी आवत–जावत शुरु

रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, गत असार ...

सुनसरीमा गोलीकाण्डपछि स्थिति तनावग्रस्त, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अ...

चितवन किन बन्यो रवि लामिछाने र रास्वपाको शक्ति केन्द्र?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका लागि चितवन केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, उनको राजनीतिक यात्राको निर्...

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग डाइभर्सनमै सञ्चालन, यात्रुलाई सास्ती (तस्विरहरु)

पुनर्निर्माणका लागि झण्डै १० अर्ब आवश्यक

जाजरकोटमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ, सिकार खेल्ने क्रममा एक जनाको मृत्यु

जाजरकोट । जाजरकोट प्रहरीले अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ। सिकार खेल्न गएका बेला एक जनाको मृत्यु भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई पक्...

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको दुर्लभ र जटिल मस्तिष्क शल्यक्रिया सफल

काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको जटिल तथा दुर्लभ मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। कोटेश्वर निवासी ती वृद्धा अचेत अवस्थाम...

रूपन्देहीमा एक हजार १२ थान असुरक्षित एलपी ग्यास सिलिण्डर नष्ट

रूपन्देही । उपभोक्ताको सुरक्षा र हितलाई मध्यनजर गर्दै रूपन्देहीको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिले एक हजार १२ थान एलपी ग्यास सि...

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतक स्थानीय ४५ वर्षीय विजय साह हुन्। ...

भोजपुरमा २ हजार ३७९ नयाँ मतदाता थपिए

भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुर जिल्लामा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या १ लाख २५ हजार ७६६ पुगेको छ। यसअघि जिल्लामा १ लाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending