Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

बर्दियामा असोज मसान्तसम्म चार सय जना मतदाताको नाम दर्ता

खबरडबली संवाददाता

गुलरिया। बर्दियामा असोज मसान्तसम्म चार सय चार जनाले मात्र मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । गत असोज १० गतेबाट सुरुवात भएपनि बर्दियामा सुस्त गति मतदाता नामावलीमा नाम दर्ता  भएको छ । 

निर्वाचन कार्यालय बर्दियाका अनुसार असोज मसान्त सम्ममा पुरुष दुई सय ५५ जना र महिला एक सय ४९ जना गरि जम्मा चार सय चार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । पछिल्लो समयमा दैनिक तीस देखि पचास जनाले नामावली दर्ता गराउने गरेको निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी अनुप ढकालले बताउनु भयो । उहाँले सुरुको तुलनामा नाम दर्ता गराउनेको सङ्ख्या विस्तारै बढ्दै गएको बताउनु भएको छ । 

बर्दिया जिल्लामा असोज १० गते भन्दा अगाडि बर्दिया जिल्लामा पुरुष एक लाख ५६ हजार ९५, महिला एक लाख ६१ हजार दुई सय ३३ र अन्य छ जना गरी तीन लाख १७ हजार तीन सय ३४ जना मतदाता थिए । 

तिहार र धान काट्ने भएको हुनाले पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या न्यून भएको हुन सक्ने निर्वाचन कार्यालयको अनुमान छ । हरेक स्थानीय तहबाट तिहार पछि मतदाता नामावलीमा नाम दर्ता गर्न आउने खबर आएको सूचना अधिकारी ढकालले बताए। उनले हरेक पालिकाले केही दिनको लागि मतदाता नामावली दर्ताका लागि पालिका आउन आग्रह गरेको बताएस्। 

बर्दिया जिल्लाका गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, बाँसगढी नगरपालिका लगाएतका स्थानीय तह सदरमुकाम देखि निक्कै टाढा भएको हुनाले सोही स्थानमा गएर मतदाता नामावली दर्ता गराउनुपर्ने बर्दिया नागरिक समाज संयोजक हिमा सुनारले बताए। उनले भने, “बाँसगढी नगरपालिका वडा नं १ को चेपाङ्ग, बाटुले कुरुले गाउँ सुर्खेत र स्याङ्जाको सिमानामा पर्दछ । सदरमुकाम आएमा एक दिन बास बस्नु पर्ने हुन्छ, त्यो ठाउँमा मतदाता नामावली दर्ताको लागि निर्वाचन कार्यालय नै पुगे राम्रो हुन्थ्यो ।”

उहाँका अनुसार गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका र बाँसगढी नगरपालिकाबासीलाई  मतदाता नामावली दर्ताका लागि सदरमुकाम आउन गाह्रो हुन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending