Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

प्रहरीद्वारा एक लाख बराबरको पटकासहित तीन जनालाई पक्राउ

खबरडबली संवाददाता

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले जानकी गाउँपालिका–१ साईगाउँबाट एक लाख रूपियाँभन्दा बढिको पटकासहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत बहाराईच रूपैडिया जिवासी २५ वर्षीय तशवर अली, ३२ वर्षीय मोहम्मद हसिन र ३० वर्षीय युनुस राई रहेका छन् । उनिहरुले साइकलमा राखेर ती पटका भारतबाट अवैध रुपमा नेपाल भित्र्याइरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट नाका नजिकै खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ दुई वटा साइकलमा आउँदै गरेको देखेपछि उनीहरूलाई उक्त पटकासहित फेला पारी पक्राउ गरेको हो ।

सो बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ भने साइड नाकाहरुमा पनि गस्ती बढाएर अवैध आयात रोक्ने कार्य भइरहेको जानकारी गराएको छ ।

दिपावलीमा नेपालगन्जमा पटकाको माग उच्च हुने गरेको तथा प्रहरीले भारतबाट ल्याउन नदिने हुँदा अन्य बाटोहरुबाट अवैध रुपमा भित्रिने गरेको स्थानीयले बताएका छन् ।

उनिहरुले प्रहरीले हरेक वर्ष पटका आयातमा प्रतिबन्ध लगाएपनि दिपावलीका तीन दिनसम्म नेपालगन्ज र सो वरिपरिका स्थानहरुमा ठुलो सङ्ख्यामा पटकाहरु पड्किएको आवाज सुनिने गरेको छ ।  

यसैबिच, भारतबाट अवैध रुपमा ल्याइएका कुखुरा पनि प्रहरीले दुई ठाउँबाट बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक पातलीले खजुरा २ बाट करिब ६ हजार र जानकी १ साइगाउबाट १४ हजार रुपियाँभन्दा बढिका कुखुरा नियन्त्रणमा लिएको बताए। उनले तिहार र दिपावली नजिकिएकोले अवैध आयात बढेको पाइएको जनाउँदै प्रहरीले कडाई पनि बढाएको बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending