Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

प्रहरीद्वारा एक लाख बराबरको पटकासहित तीन जनालाई पक्राउ

खबरडबली संवाददाता

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले जानकी गाउँपालिका–१ साईगाउँबाट एक लाख रूपियाँभन्दा बढिको पटकासहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत बहाराईच रूपैडिया जिवासी २५ वर्षीय तशवर अली, ३२ वर्षीय मोहम्मद हसिन र ३० वर्षीय युनुस राई रहेका छन् । उनिहरुले साइकलमा राखेर ती पटका भारतबाट अवैध रुपमा नेपाल भित्र्याइरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट नाका नजिकै खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ दुई वटा साइकलमा आउँदै गरेको देखेपछि उनीहरूलाई उक्त पटकासहित फेला पारी पक्राउ गरेको हो ।

सो बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ भने साइड नाकाहरुमा पनि गस्ती बढाएर अवैध आयात रोक्ने कार्य भइरहेको जानकारी गराएको छ ।

दिपावलीमा नेपालगन्जमा पटकाको माग उच्च हुने गरेको तथा प्रहरीले भारतबाट ल्याउन नदिने हुँदा अन्य बाटोहरुबाट अवैध रुपमा भित्रिने गरेको स्थानीयले बताएका छन् ।

उनिहरुले प्रहरीले हरेक वर्ष पटका आयातमा प्रतिबन्ध लगाएपनि दिपावलीका तीन दिनसम्म नेपालगन्ज र सो वरिपरिका स्थानहरुमा ठुलो सङ्ख्यामा पटकाहरु पड्किएको आवाज सुनिने गरेको छ ।  

यसैबिच, भारतबाट अवैध रुपमा ल्याइएका कुखुरा पनि प्रहरीले दुई ठाउँबाट बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक पातलीले खजुरा २ बाट करिब ६ हजार र जानकी १ साइगाउबाट १४ हजार रुपियाँभन्दा बढिका कुखुरा नियन्त्रणमा लिएको बताए। उनले तिहार र दिपावली नजिकिएकोले अवैध आयात बढेको पाइएको जनाउँदै प्रहरीले कडाई पनि बढाएको बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending