रौतहट। रौतहटमा दिनहुँ युवा मतदाताको संख्या थपिँदै गएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिए संगै दिनहुँ सयौंको संख्यामा मतदाता थपिने क्रम जारि रहेको छ ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जारि मतदाता नामावली सङ्कलनमा युवाहरु बढि चासो लिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकारि छोटेलाल दाशले बताए।
जेनजी पुस्तालाई मतदानमा बढि भन्दा बढी आफ्नो मताधिकार प्रयोग गर्न पाउने गरी सरकारले अध्यादेश ल्याएर मतदाता नामावली सङ्कलन कार्य अघि बढाएको हो । असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली संकलन कार्य आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन अधिकृत दाशले जानकारी दिए।
जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार २०७९ सालको निर्वाचनमा रौतहटमा पुरुष मतदाता २ लाख २७ हजार २ सय २९ ,महिला मतदाता १ लाख ८८ हजार २ सय २५ र तेस्रो लिंगी मतदाता एक जना गरि कुल ४ लाख १५ हजार ४ सय ५५ मतदाता रहेको थियो ।
२०८२ फाल्गुन २१ गते निर्वाचनको मिति तोकिँदासम्म रौतहटमा ४ लाख २१ हजार ६ सय ९३ मतदाता भएको थियो । २०७९ को निर्वाचनको समय भन्दा ६ हजार २ सय ३८ वटा मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारि दाशले बताए।
असोज १० गतेदेखि २९ गतेसम्म ५ सय ३१ पुरुष मतदाता र २ सय ८५ महिला मतदाता गरि ८ सय १६ मतदाता थपिएको उनले जानकारी दिए। दसैँ बिदाका कारण पुर्ण रुपमा बन्द रहेको मतदाता नामावली संकलन कार्य बाढिका कारण समेत केहि दिन प्रभावित रहेको थियो ।
१६ वर्ष पूरा भएका र नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने जिल्ला निर्वाचन अधिकारी दाशले जानकारी दिए।
निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयबाट मात्रै मतदाता नामावली दर्ताको व्यवस्था मिलाएको छ । जिल्लाभरका नागरिकलाई मतदाता नामावलीका लागि सदरमुकाम गौरस्थित जिल्ला निर्वाचन कार्यालयमै पुग्नुपर्दा भने सास्ती भएको छ । जिल्ला निर्वाचन कार्यालयसँगै, इलाका प्रशासन कार्यालय र प्रत्येक स्थानिय तह बाट मतदाता नामावली संकलन कार्यको व्यवस्था सरकारले गर्न सके फागुन २१ गते हुने निर्वाचनमा जेनाजी पुस्ताको उल्लेख्य सहभागिता हुने दुर्गाभगवति –२ का अनिश कुमार महतोले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १६:०४
बुटवल । दाङको लमहीमा गोली चल्दा एकजना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली ...
मंसिर २१ गते, २०८२ - १५:५७
काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । फिफाले अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार राति विश्वकप ड्र...
मंसिर २१ गते, २०८२ - १५:३५
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटि...
मंसिर २१ गते, २०८२ - १५:१८
काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...
मंसिर २१ गते, २०८२ - १५:०४
बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...
मंसिर २१ गते, २०८२ - १४:४२
काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...
मंसिर २१ गते, २०८२ - १४:२९
काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...
मंसिर २१ गते, २०८२ - १४:१९
मियामी। यूक्रेन र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले शनिबार मियामीमा लगातार तेस्रो दिन वार्ता गर्ने छन् । अमेरिकी पक्षले दुवै पक्षको सहमति अनुसार वा...
मंसिर २१ गते, २०८२ - १३:२५
सर्लाही। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएको छन् । नेपाल प्रेस युनियन ...
मंसिर २१ गते, २०८२ - १३:१३
बागलुङ। बागलुङमा ४२ लाख लगानीमा बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा आएको छ । युवा पुस्तालाई लक्षित गरी बागलुङ नगरपालिका –९ का शेखर खड्का र सुगम खड्काले ...




प्रतिकृया लेख्नुहोस्: