बाँके। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनमा घुसपैठ गरि सरकारी कार्यालयमा आगजनी,लुटपाट र तोडफोडमा संलग्नाको पहिचान गरि कानुनी दायरामा ल्याउनुपर्ने बताएको छन्।
जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी,तोडफोड र लुटपाट गरिएका बाँकेका सरकारी कार्यालयहरुको मङ्गलबार स्थलगत अनुगमनपछि मुख्यमन्त्री आचार्यले भने , जेन्जी आन्दोलनको नाममा सरकारी सम्पत्ति जलाएर जनतालाई दुस्ख र पिडा दिनेलाई कारबाही गरि दन्डहिनता अन्त्य गर्न आवश्यक छ ।
मुख्यमन्त्री आचार्यले जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमन गरेको छन् ।
प्रदेशसभा सदस्य रत्न खत्रीका अनुसार मुख्यमन्त्री आचार्यले नेपालगन्ज उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालय, कोहलपुर नगरपालिकासहित नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यलय पुगेर क्षेतीको जानकारी लिएको छन् । उनले प्रदेश सरकारले जलेका कार्यालय संचालनका लागि आवश्यक सहयोग गर्ने बताए।
मुख्यमन्त्री आचार्यले अत्यावश्यक सेवा नरोकिने बताए । 'कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोगको कार्य पनि अगाडि बढाइरहेका छौं । जेन्जी आन्दोलनको नाममा भएको घुसपैठले बाँके क्षेत्रका सरकारी संरचना ध्वस्त पार्ने काम भएको छ । जनतालाई दैनिक आवश्यक पर्ने कागजातहरू जलाउने काम भएको छ ।'
जेन्जी आन्दोलनको नाममा प्रदेशभर दुई सय बढी कार्यालयमा क्षति पुगेको छ । प्रदेशमा करिब दुई खर्बभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र टेन्ट टाँगेर भएपनि सेवा प्रवाह गर्नेगरी व्यवस्था मिलाइएको जानकारी मुख्यमन्त्री आचार्यले दिए । अनुगमनमा आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवाल लगायतको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - १७:३८
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...
बैशाख ५ गते, २०८३ - १७:११
धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...
बैशाख ५ गते, २०८३ - १६:४८
काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...
बैशाख ५ गते, २०८३ - १६:०५
कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ । शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...
बैशाख ५ गते, २०८३ - १५:३२
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहर तर...
बैशाख ५ गते, २०८३ - १५:२०
लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १४:५०
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा.शति...
बैशाख ५ गते, २०८३ - १४:३७
शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी


प्रतिकृया लेख्नुहोस्: