Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

धरान उपमहानगरपालिकाको नगरसभा शनिबार

खबरडबली संवाददाता

धरान । धरान उपमहानगरपालिकाको १७ औँ नगर सभा शनिबार हुने भएको छ। 

पटक–पटकको रस्साकस्सीका कारण बसेको कार्यपालिका बैठकले धरानको नगरसभा शनिबार धरान उपमहानगरपालिकाको परिसरमा गर्ने निणर्य गरेको हो। कार्यपालिका बैठकबाट चालु आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट पास गरेको छ। 

बैठकमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले निर्धारण गरेको चालु आर्थिक वर्षको लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार बजेट सर्वसम्मत पारित भएको छ। यसअघि भदौ २६ मा नगरसभा गर्ने निर्णय भए पनि जेनजी आन्दोलनको क्रममा धरानमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नगरसभा अन्योल बनेको थियो।

बैठकमा नगर प्रमुख हर्कराज राईले बाँकी रहेको नौ एजेण्डा प्रस्तुत गर्नुभएको थियो। बैठकमा नीति तथा कार्यक्रम संशोधनसँगै राजश्व पुनरावलोकन, बसपार्क सञ्चालन, प्रतिवेदन, सडक उपयोग सेवा शुल्कको ठेक्का, दररेट लगायतका बाँकी रहेका एजेण्डा पारित भएको छ। 

नगर प्रमुख राईले विपद् कोषमा छुट्याएको तीन करोडबाट फोहोर मैला उठाउनका लागि मिनि टिपर किन्नको लागि एक करोड छुट्टाउन राखेको प्रस्ताव पनि कार्यपालिकाबाट सर्वसम्मत पारित भएको छ।

त्यस्तै भाद्र २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा शहादत प्राप्त गरेका साजन मेवाहाङ्ग राईका छोराको पठन पाठनका लागि राहत स्वरुप उनीहरुको नाममा खाता खोली ५ लाख रुपियाँ सहयोग गर्ने निणर्य गरिएको छ। त्यस्तै अतुलनीय संकटको बेला धरान १० स्थित पुतली लाइनमा रहको भाटभटेनीमा जेनजी आन्दोलनको क्रममा अराजक समूहले लगाएको आगो नियन्त्रणमा ल्याउन दिन रात खटेर सहयोग गर्ने धरानका वरुण यन्त्रका नगर प्रहरीलाई पनि सम्मान गर्ने निर्णय भएको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साताको अन्तिम दिन नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ। यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्...

विद्युत् खरिद सम्झौता र अनुमतिपत्रको अध्ययन गर्न दुई समिति गठन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पीपीए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवट...

हामी सरकारलाई रचनात्मक सहयोग गर्छौं : नेकपा सांसद पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएको छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको...

सांसद साम्पाङले संसद्मा विभेदको विषय उठाए, बोल्ने समय सबैलाई बराबर हुनुपर्ने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन्। बिहीबार नयाँ प्रतिनिधिसभाको...

अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न सांसद साम्पाङको माग

काठमाडौं। श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको प...

एमालेको आरोप: रास्वपाले चुनाव जित्नुमा नेपाली सेना, बारबरा फाउन्डेसन र सरकारी निकाय जिम्मेवार

काठमाडौं । नेकपा एमालेले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा पहिलो पार्टी बन्ने प्रक्रियामा विभिन्न क्षेत्रलाई दोषी ठहराएको छ। ...

यो सरकारको काम बोल्ने छ : सभापति लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले यो सरकार कामले बोल्ने भाषण कम गर्ने बताएको छन्।  प्रतिनिधिसभाको ब...

रवि लामिछानेले मागे सदनबाटै दलित समुदायसँग माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन्। बिहीबारको प्रत...

ओली–लेखक पक्राउबारे रवीको जवाफ : न्याय पाउने पहिलो हक शहीदकी आमाको

सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने खेल अब हुनेछैन

व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौँ । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन्। उनलाई प्रहरीले पाटनबाट नियन्त्रणमा लिएको छ। यसअघि, अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेको थियो।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending