Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

जेनजीहरूलाई गाली गर्नेहरू जिम्मेवार अभिभावक बन्नै सक्दैनन्, कमजोरी र नालायकीप्रति माफी चाहन्छु: सुहाङ नेम्वाङ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले जेनजीहरू आफ्नै सन्तानहरू भएकाले उनीहरूको भावनालाई सम्मान गरेर जानुपर्ने बताएका छन् । शुक्रबार एक प्रेस नोट सार्वजनिक गर्दै नेम्वाङले जेनजी विद्रोहपछि देखिएको आवेग र सम्भावित प्रतिशोधप्रति चिन्ता गरेका छन् ।

उनले आत्मालोचना र कमजोरीहरूको स्वीकारोक्तिसहित जनतालाई माफी मागेर सच्चिने प्रण गर्नुपर्ने बताएका छन् ।साथै उनले सक्रिय राजनीतिमा आएको २ वर्षमा आफ्नो भागमा परेका कमजोरीप्रति माफी मागेका छन् ।

सुहाङले भनेका छन्, ‘आफ्नो अस्तित्व र अधिकारको निम्ति सडकमा आएका जेनजीहरूलाई उत्तेजनापूर्ण आरोप लगाउनु आफ्नै सन्ततीहरूलाई गाली गर्नु हो,’ उनले लेखेका छन्, ‘आफ्नै सन्ततीहरूलाई गाली गर्नेहरू जिम्मेवार अभिभावक बन्नै सक्दैनन्, जेनजी विद्रोह हुने परिस्थितिसम्मको गल्तीमा आफ्नो भागको जिम्मेवारी लिने पनि नेम्वाङले लेखेका छन् । ‘‘यो अवस्था निर्माणमा मेरो पनि अलिकति भूमिका रह्यो होला । यदि रह्यो भने मेरो भागमा कति पर्छ कुन्नी रु यो कमजोरी र नालायकीप्रति म माफी माग्छु,’ उनले भनेका छन्, ‘गल्तीहरू नेतृत्वमा बस्नेहरूबाटै हुन्छन्, आत्मालोचना र स्वीकारोक्ति जरुरी छ । जनतालाई माफी मागेर सच्चिने प्रण गर्नु नै हाम्रो महानता हो ।’

सुहाङ नेम्वाङको प्रेस नोट–

आदरणीय अग्रजहरू, प्रिय साथीहरू

–उथलपुथलकारी, आँधीमय र कोलाहलमय दिनहरूपछि हामी सामान्य अवस्थामा फर्किने प्रयास गरीरहेका छौं । एकातिर हामीसँग भदौ २३ गतेको जेनजी आन्दोलनले दिएका सन्देश, निर्देश र पाठहरू छन् । अर्कातिर भदौ २४ गतको वितन्डाले हाम्रो विचमा छोडी गएका अनेक प्रश्न, संसय र पीडाहरू छन् । अहिले पनि मेरो आँखामा भदौ २३ र २४ गतेको दृश्यहरू नाँचिरहेको छ । भदौ २३ गते आफ्नो अधिकार र अस्तित्वको लागि सडकमा उपस्थीति जनाउन गएका कलिला नानीहरू, अबोध नौजवान साथीहरू मारिएको बर्बर र क्रुरतापूर्ण दृश्यहरूले नराम्ररी झस्काइरहेको छ । मेरो मनमा अहिले पनि प्रश्न छ, ‘जेन–जीले अस्तित्व र अधिकारको कुरा गरे, भ्रष्टाचारमाथि प्रश्न उठाए । के यी प्रश्न गलत थिए ? किन बर्बर दमन गरियो ?’ म फेरि पनि उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछु । घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

–त्यही आवरणमा भदौ २४ गते गरिएको तोडफोड, आगजनी, लूटपाटको दृश्यहरूले हामीलाई असह्य पीडा दिइरहेको छ । मलाई विश्वास छ– यसरी ‘जेनजी’हरूको आन्दोलनमा घुसपैठ गरेर राष्ट्रिय क्षति गराउनेहरू कानुन अनुसार नै दण्डित हुनेछन् । २४ गतेको घटनासँग मेरो मनमा कैयन प्रश्नहरू छन् । रातो र चन्द्रसूर्य अंकित हाम्रो प्रिय राष्ट्रिय झन्डा बोकेर हिडेकाहरूले हाम्रा राष्ट्रिय सम्पदा र सम्पतिहरूमाथि किन आगो लगाए ? उनीहरू को थिए, कसले पठाएका थिए, कहाँबाट आएका थिए  ? हाम्रो सुन्दर र सुनिश्चत भबिष्यको लागि पनि हामीले यसको उत्तर खोज्नु नै पर्नेछ । सबैभन्दा बढी त हामी युवाहरूले नै खोज्नुपर्नेछ ।

–तर अब यहाँनिर एउटा सत्य के हो भने इतिहासलाई मात्रै बोकेर हिड्दा हाम्रो वर्तमान पनि गुमाउँछौं । भबिष्य अनिश्चितता तर्फ उन्मुख हुनेछ । अतितमा बाँचिरहनु पीडामा बाँच्नु पनि हो । सँगै यो पनि सत्य हो, इतिहासबाट जो केही सिक्दैन, समीक्षा गर्दैन उनीहरूले भबिष्यमा पनि उस्तै सास्ती बेहोर्नु पर्ने हुन्छ । हामी खरानी टक्टक्याउँदै उठ्नुपर्छ, तर सुन्दर भबिष्यका लागि समीक्षा र आज भएका कमजोरीहरूको स्वीकारोक्ति सहित ।

–मैले फर्केर हेरेँ म पनि सक्रिय राजनीतिमा आएको करिब एक दुई बर्ष भएछ । अति आदरणीय इलामेली जनताको जनप्रतिनिधिको रुपमा प्रतिनिधिसभा सदस्यको रुपमा झन्डै डेढ बर्ष काम गर्ने अवसर प्राप्त गरेँ, त्यस हिसाबले यो अवस्था निर्माणमा मेरो पनि अलिकति भूमिका रह्यो होला । यदि रह्यो भने मेरो भागमा कति पर्छ, कुन्नी ? यो कमजोरी र नालायकीप्रति म माफी माग्छु । गल्तीहरू नेतृत्वमा बस्नेहरूबाटै हुन्छन्, आत्मालोचना र स्वीकारोक्ति जरुरी छ । जनतालाई माफी मागेर सच्चिने प्रण गर्नु नै हाम्रो महानता हो । म भन्न चाहन्छु– गल्ती कमजोरीहरू सच्चाएर जानेछौं । यो अभियानको एक सदस्यको रुपमा आजको तमाम कमजोरीहरूमा माफी माग्छु । आदरणीय अग्रजहरू, प्रिय साथीहरू ।

–‘जेनजी’ पुस्ताका प्रतिनिधिसँग सम्माननीय राष्ट्रपतिज्यूले वार्ता गरिरहनु भएको बेला मैले विज्ञप्ति मार्फत भनेको थिए, ‘संविधानसम्मत् र लोकतान्त्रिक विधि मार्फत नै ‘जेन–जी’ पुस्ताको माग सम्बोधनको तयारी भइरहेको छ भन्ने मलाई विश्वास छ ।’ संवैधानिक बाटोबाटै अथवा आवश्यकताको सिद्धान्त प्रयोग गर्दा पनि संविधानको मर्ममा अधिकतम् क्षति नपुग्ने गरी संबिधानको मर्म अनुरुप निष्कर्ष खोज्नु नै उपयुक्त हुने मेरो मत थियो । मैले भनेको थिएँ, ‘हाम्रो अग्रज र तपाईं हाम्रो बलिदान र संघर्षबाट प्राप्त राजनीतिक तथा संवैधानिक व्यवस्थाहरूलाई भत्काउने र असफल मुलुक बनाउने अनि ‘जेन–जी’ पुस्तालाई सुन्दर भबिष्य निर्माणबाट विमुख गर्ने प्रयासप्रति ‘जेन–जी’ पुस्ता सजग रहनुपर्छ ।’ मैले प्रिय जेनजी साथीहरूको अडान सुनेँ, भिडियोहरू हेरेँ। संबिधान र व्यवस्थाप्रति तपाईंहरूले जुन अडान र प्रतिबद्धता जनाउनु भयो । म त्यो अडानप्रति हार्दिक सलाम र सम्मान व्यक्त गर्दछु ।

–फेरि पनि हामीले हाम्रो संविधान र व्यवस्थाको रक्षा गरेर अघि जानुछ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षाको युगिन जिम्मेवारी फेरि एक पटक इतिहासले हामीलाई सुम्पिएको छ । अनेकन नाम र आवरणमा हुने सबै खालका गलत कदमहरूलाई अस्वीकार गर्नुछ । यस बेला म सबै–सबै अग्रज र नौजवान साथीहरूलाई फेरि पनि भन्छु, ‘अब आवेग, उत्तेजना र प्रतिशोध त्यागौं ।’ इतिहासको घाउँ कोट्एर भविष्य थप अनिश्चित नबनाऔं । फेरि पनि कही कतैबाट आवेग, उत्तेजनाहरू सुनिनु गलत हुनेछ । २४ गतेको तान्डव सबर्था गलत थियो । आन्दोलनमा घुसपैठ भयो भन्ने निचोडमा स्वंयम् जेनजीका अगुवाहरू पुगिसक्नु भएको छ । यस अवस्थामा आफ्नै आचारसहिता, आर्दश बनाएर आफ्नो अस्तित्व र अधिकारको निम्ति सडकमा आएका ‘जेनजी’हरूलाई उत्तेजनापूर्ण आरोप लगाउनु आफ्नै सन्ततीहरूलाई गाली गर्नु हो । आफ्नै सन्ततीहरूलाई गाली गर्नेहरू जिम्मेवार अभिभावक बन्नै सक्दैनन् ।

– मलाई लाग्छ, ‘आवश्यकताको सिद्धान्त अनुसार संविधानको कम क्षतिमा अन्तरिम सरकार बनेको छ ।’ म सम्माननीय प्रधानमन्त्री सुशिला कार्की सहित सबैलाई बधाई भन्छु । म वर्तमान सरकारलाई पनि अनुरोध गर्न चहान्छु, यसअघि भएका गल्तीहरू नदोहोर्योस् । मलाई विश्वास छ, थप मुठभेटमा होइन, प्रतिशोधमा पनि होइन, बढो सम्हालिएर सबैलाई सँगै लिएर तोकिएकै समयमा निर्वाचन मार्फत मुलुकलाई सही ट्रयाकमा लैजान यहाँहरूको भूमिका रहनेछ । तपाईंहरूप्रतिको भोलिको भरोसा र सम्मान पनि त्यसैमा निर्भर रहनेछ । आजको हाम्रो बाटो र उज्यालो यही हो । यही बाटो र उज्यालो समाएर हिड्न म अपिल गर्दछु । धन्यवाद । नमस्कार । सेवारो 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रमेश लेखकलाई आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...

पुरूषोत्तम यादवले दिए मानव अधिकार आयोगमा तीन घन्टा बयान

काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...

सुशीला कार्की सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको १० दिने अल्टिमेटम

काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने

काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...

बाँके २ बाट अध्यक्ष कमल थापाको एकल नाम सिफारिस

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...

उम्मेदवारी मनोनयनअघि मन्त्री पदबाट राजीनामा दिने/नदिने निर्णय गर्छु : कुलमान घिसिङ

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...

कुलमानले सार्वजनिक गरे सय दिनका १०१ कामको सूची, १७ अर्ब बराबरको ठेक्का रद्द

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित आठ जनाको मृत्यु

अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...

गगन थापाले संसद् पुनर्स्थापनाको पक्षमा गरेनन् हस्ताक्षर, अरु क-कसले गरेनन् ?

काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...

नख्खु कारागारबाट फरार कैदीद्धारा ठमेलमा एक युवकको हत्या, रोल्पाबाट पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending