Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

हिंसात्मक प्रदर्शनमा संलग्न कार्यकर्तालाई पार्टी छाड्न रास्वपाको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न कार्यकर्तालाई पार्टीसँगको आवद्धता तत्काल छोड्न आग्रह गरेको छ।

रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले बुधबार राति सामाजिक सञ्जालमार्फत अराजकतालाई प्रश्रय दिने कुनै पनि गतिविधि पार्टीले स्वीकार नगर्ने स्पष्ट पारे। उनले भने, “सभापति रवि लामिछानेलाई समेत नैतिक संकट पार्ने गरी अप्ठ्यारो परिस्थितिको आडमा भएका उग्र प्रदर्शन वा गतिविधिमा संलग्नता देखिए बिना शर्त अनुसन्धानको दायरामा ल्याइनुपर्छ।”

आचार्यले रास्वपा शान्ति र अहिंसालाई मूल मर्म मानेको दल भएकाले कुनै पनि स्तरका नेताबाट उग्र प्रदर्शन भएको खण्डमा त्यसलाई पार्टीले समर्थन गर्न नसक्ने बताए। उनले नख्खु कारागारमा रहेका सभापति लामिछाने वस्तुस्थितिको प्रत्यक्ष मूल्याङ्कन गर्न असमर्थ रहेको अवस्थामा, पार्टी नेताहरूले गरेको गतिविधि छानबिन हुनु अपरिहार्य भएको उल्लेख गरे।

उनले थपे, “कारागार परिसरमा भएको आगजनी वा तोडफोडमा रास्वपाका जुनसुकै तहका नेताहरू संलग्न रहेको पाइएमा सरकारले कानुनअनुसार कारबाही गर्दा पार्टीको सहयोग रहनेछ।”

रास्वपाले अहिंसा र आधारभूत लोकतान्त्रिक मूल्यप्रति आफ्नो अटुट प्रतिबद्धता दोहोर्‍याउँदै मतपत्रमार्फत शक्ति आर्जन गर्ने राजनीतिक संस्कृतिमा विश्वास गर्ने जनाएको छ। आचार्यले पुराना राजनीतिक दलहरूले राज्य संयन्त्रलाई प्रतिशोधका लागि दुरुपयोग गरेको आरोप लगाउँदै अहिलेको प्रकरणमा त्यसरी नदोहोऱ्याउन चेतावनी पनि दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विखण्डनले हल्लियो राजनीतिक सन्तुलन : अरू दललाई लोकतन्त्र नै जोखिममा पर्ने डर

काठमाडौं । सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस बुधबार औपचारिक रूपमा दुई धारमा चिरिएको छ। नेतृत्व संघर्ष, बहुमतको अस्वीकार र कारबाहीको राजनीतिले...

टुँडिखेलमा माघीको स्वाद : भक्का र घोँगीको खोजीमा राजधानी

काठमाडौं ।  “भक्का छ ? घोँगी पाइन्छ ?” यही प्रश्नले यतिबेला टुँडिखेलको मैदान गुञ्जायमान छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन सञ्चालन हुने...

कांग्रेस अब फुट होइन, कब्जाको लडाइँमा

निर्वाचन आयोग निर्णायक तर असहज अवस्थामा

नेतृत्वदेखि निष्कासनसम्मको यात्रा : रञ्जिताले किन रोजिन् पार्टी समायोजन ?

कैलाली । नागरिक उन्मुक्ति पार्टीकी पूर्व अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएकी नेतृ रञ्जिताले पार्टी समायोजनको निर्णय आकस्म...

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता

 काठमाडाैं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभिय...

फुट्यो कांग्रेस: नेतृत्व परिवर्तन अस्वीकार गर्दा विभाजनको ऐतिहासिक मोड

काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको...

कांग्रेसमा विस्फोटक मोड: गगन–विश्व निष्कासनपछि भृकुटीमण्डप नाराबाजीले तातेको

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...

कांग्रेसमा शक्ति संघर्ष तीव्र: विशेष महाधिवेशन पक्षले देउवा समूहलाई पठायो ८ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...

कांग्रेसद्वारा महामन्त्रीद्वय थापा–शर्मासहित तीन नेतामाथि कारबाही

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...

कानुनी विकल्प खोज्दै कांग्रेस महामन्त्रीद्वय, देउवासँगको छलफलपछि कानुनविद्हरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending