लहान। नवपुस्ता (जेनजी) आन्दोलन र प्रदर्शनको क्रममा सिराहाका विभिन्न स्थानीय तह, सरकारी कार्यालय र राजनीति दलका नेताको घरसमेत गरी तीन दर्जनभन्दा बढी भौतिक संरचनामा क्षति भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानको अनुसार जिल्ला अदालत सिराहा, नापी कार्यालय लहान, जिल्ला सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय लहान, डिभिजन वन कार्यालय लहान, यातायात व्यवस्था विभाग लहान, नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी कार्यालय लहान, घरेलु तथा साना उद्योग कार्यालय लहान सिराहामा आगजनी गरी तोडफोड गरेर क्षति पुगेको छ ।
पूर्वमन्त्री तथा सिराहा–३ का सांसद लीलानाथ श्रेष्ठ मधेश प्रदेशका जनसङ्ख्या तथा स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंहको गोलबजार नगरपालिकास्थित घरमा आगजनी गरेर पूर्ण क्षति पुर्याएका छन् । यसै गरी गोलबजार नगरपालिका नगरप्रमुख श्याम श्रेष्ठ, धनगडीमाई नगरपालिका प्रमुख शिव शङ्कर महतो र गोलबजार–६ का वडाध्यक्ष सञ्जीव लामाको निजी सम्पत्तिमासमेत क्षति पुर्याएको सूचना अधिकारी पासवानले जानकारी गराए।
बाह्र स्थानीय तहका ३७ वटा भौतिक संरचनामा क्षति भएको छ भने प्रहरीको आठ वटा चौकीमा तोडफोड तथा १० वटा चौकीमा आगजनी गरिएको छ । प्रहरीले प्रयोग गरिरहेको तीन वटा चार पाङ्ग्रे र छ वटा दुई पाङ्ग्रे गाडी क्षति भएको छ । प्रदर्शनमा नौ जना प्रहरी सामान्य घाइते भएका छन् भने सर्वसाधारणतर्फ कुनै क्षति भएको छैन ।
लहानस्थित खाद्य व्यवस्था कम्पनी शाखा कार्यालयमा रहेको तीन हजार दुई सय क्विन्टल चिनी र आठ हजार क्विन्टल चामल गरी कार्यालयका सबै भौतिक क्षति गरेर ११ करोड रुपियाँको क्षति भएको कार्यालय प्रमुख दीपक सुनारले जानकारी दिए । यसै गरी लहानस्थित घरेलु तथा साना उद्योग कार्यालय पूर्ण रूपमा क्षति भएकाले एक करोड रुपियाँभन्दा बढीको क्षति भएको कार्यालय प्रमुख किशोरी शरण यादवले जानकारी दिए । लहान नगरपालिकाको कुनै पनि शाखा सुरक्षित नभएको यस कार्यालयको दुई करोड रुपियाँभन्दा बढीको क्षति भएको प्रमुख प्रशासकीय प्रमुख जयकान्त झाले जानकारी दिए। सिराहामा भएको यकिन क्षतिबारे अझै तथ्याङ्क सङ्कलन भइरहेकाले चाँडै नै जानकारी गराउने जिल्ला प्रशासन कार्यालय सिराहाले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १७:१८
ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...
मंसिर २१ गते, २०८२ - १६:५७
काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्र...
मंसिर २१ गते, २०८२ - १६:२७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुर...
मंसिर २१ गते, २०८२ - १६:०४
बुटवल । दाङको लमहीमा गोली चल्दा एकजना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली ...
मंसिर २१ गते, २०८२ - १५:५७
काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । फिफाले अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार राति विश्वकप ड्र...
मंसिर २१ गते, २०८२ - १५:३५
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटि...
मंसिर २१ गते, २०८२ - १५:१८
काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...
मंसिर २१ गते, २०८२ - १५:०४
बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...
मंसिर २१ गते, २०८२ - १४:४२
काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...
मंसिर २१ गते, २०८२ - १४:२९
काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...




प्रतिकृया लेख्नुहोस्: