सुर्खेत। नापी कार्यालय सुर्खेतमा २०२८ सालदेखिका कागजात जलेर नष्ट भएका छन् । जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनीबाट कागजात जलेका हुन् ।
नागरिकको सम्पत्तिको मुख्य प्रमाण नै नष्ट भएपछि कामको जिम्मेवारी थपिएको छ भने अब कसरी भन्ने अन्योलसमेत भएको छ ।
आगजनीबाट नापी कार्यालयको पहिलो र दोस्रो तलामा राखिएका नक्सा, पुराना निर्णय तथा दस्ताबेज, कित्ताकाट, प्लट रजिस्टरलगायत महत्वपूर्ण कागजात जलेर नष्ट भएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दिनेश भण्डारीले मानिसको सम्पत्तिको प्रमाण मानिने जग्गाको नक्सालगायतका कागजात नष्ट भएको जानकारी दिए । उनले २०२८/२९ सालदेखिका महत्वपूर्ण कागजात सबै जलेर खरानी भएको बताए ।
उनले वीरेन्द्रनगर नगरपालिका–७, ८ र ९ को नयाँ नापीका कागजात पनि जलेको जनाए। सेवाग्राही सेवा लिन आएको खण्डमा उनलाई सेवा दिने कुनै पनि कागजात अहिले नभएको उनको भनाइ छ । कागजातका साथै कार्यालयमा सञ्चालनमा रहेका २२ वटा कम्प्युटर जलेका छन् । यसका साथै नेटवर्किङ, वायरिङ, सिसी क्यामरा, डिजिटल टोकन, नक्सालगायतका सामान पनि जलेर नष्ट भएका छन् । कार्यालयले सूचना जारी गरेर अर्को व्यवस्था नभएसम्मका लागि सेवा प्रदान गर्न नसकिने जनाएको छ । कार्यालय प्रमुख भण्डारीले कार्यालयका सामान तथा कागजात सबै जलेर खरानी भएको बताउँदै अर्को सूचना जारी नभएसम्म सेवा दिन नसकिने बताए। उनले पुरानो अवस्थामा फर्कन अझै धेरै समय लाग्ने जानकारीसमेत दिए । यद्यपि केन्द्रीय कार्यालयसँग समवन्य गरेर रिकभर गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।
बाक्लो फलामे दराजमा रहेका कारण केही फिल्ड बुक बचेका छन् । अन्य सामान जलेर ध्वस्त छन् । आगजनी भएको करिब एक सातापछि कार्यालयमा भएको क्षतिको मुचुल्का आइतबार तयार गरिएको छ । आगजनीबाट दुई वटा मोटरसाइकल र एउटा गाडी पनि जलेको छ । फर्निचर र भौतिक संरचनाबाहेक कार्यालयमा दुई करोड बढीको क्षति भएको जानकारी कार्यालय प्रमुख भण्डारीले दिए। कार्यालय प्रमुखदेखि सबै कर्मचारी सोमबारसम्म कार्यालयको सफाइमा जुटेका छन् । जलेका कागजात हेर्दा पनि पहिचान गर्न नसक्ने अवस्थामा छन् ।
उनले कार्यालयका कागजात क्षति भएपछि कामको भार थपिने बताए। कार्यालयमा कुनै कागजात नभएपछि मालपोतबाट मगाउनुपर्ने, रुजु गर्नुपर्ने हुँदा समयको चाप, कामको भार थपिने उनको भनाइ छ । क्षति भएको कार्यालयको मर्मत गर्न पनि समय र रकम बढी नै लाग्ने भएको छ । मूल्याङ्कन गर्न बाँकी रहेकोले यति रकम लाग्छ भन्ने अहिले भन्न नसकिने उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: