Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

कागजात जलेपछि नापी कार्यालय सुर्खेत समस्यामा

खबरडबली संवाददाता

सुर्खेत। नापी कार्यालय सुर्खेतमा २०२८ सालदेखिका कागजात जलेर नष्ट भएका छन् । जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनीबाट कागजात जलेका हुन् । 

नागरिकको सम्पत्तिको मुख्य प्रमाण नै नष्ट भएपछि कामको जिम्मेवारी थपिएको छ भने अब कसरी भन्ने अन्योलसमेत भएको छ । 

आगजनीबाट नापी कार्यालयको पहिलो र दोस्रो तलामा राखिएका नक्सा, पुराना निर्णय तथा दस्ताबेज, कित्ताकाट, प्लट रजिस्टरलगायत महत्वपूर्ण कागजात जलेर नष्ट भएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दिनेश भण्डारीले मानिसको सम्पत्तिको प्रमाण मानिने जग्गाको नक्सालगायतका कागजात नष्ट भएको जानकारी दिए । उनले २०२८/२९ सालदेखिका महत्वपूर्ण कागजात सबै जलेर खरानी भएको बताए । 

उनले वीरेन्द्रनगर नगरपालिका–७, ८ र ९ को नयाँ नापीका कागजात पनि जलेको जनाए। सेवाग्राही सेवा लिन आएको खण्डमा उनलाई सेवा दिने कुनै पनि कागजात अहिले नभएको उनको भनाइ छ । कागजातका साथै कार्यालयमा सञ्चालनमा रहेका २२ वटा कम्प्युटर जलेका छन् । यसका साथै नेटवर्किङ, वायरिङ, सिसी क्यामरा, डिजिटल टोकन, नक्सालगायतका सामान पनि जलेर नष्ट भएका छन् । कार्यालयले सूचना जारी गरेर अर्को व्यवस्था नभएसम्मका लागि सेवा प्रदान गर्न नसकिने जनाएको छ । कार्यालय प्रमुख भण्डारीले कार्यालयका सामान तथा कागजात सबै जलेर खरानी भएको बताउँदै अर्को सूचना जारी नभएसम्म सेवा दिन नसकिने बताए। उनले पुरानो अवस्थामा फर्कन अझै धेरै समय लाग्ने जानकारीसमेत दिए । यद्यपि केन्द्रीय कार्यालयसँग समवन्य गरेर रिकभर गर्ने प्रयास भइरहेको उनको भनाइ छ । 

बाक्लो फलामे दराजमा रहेका कारण केही फिल्ड बुक बचेका छन् । अन्य सामान जलेर ध्वस्त छन् । आगजनी भएको करिब एक सातापछि कार्यालयमा भएको क्षतिको मुचुल्का आइतबार तयार गरिएको छ । आगजनीबाट दुई वटा मोटरसाइकल र एउटा गाडी पनि जलेको छ । फर्निचर र भौतिक संरचनाबाहेक कार्यालयमा दुई करोड बढीको क्षति भएको जानकारी कार्यालय प्रमुख भण्डारीले दिए। कार्यालय प्रमुखदेखि सबै कर्मचारी सोमबारसम्म कार्यालयको सफाइमा जुटेका छन् । जलेका कागजात हेर्दा पनि पहिचान गर्न नसक्ने अवस्थामा छन् । 

उनले कार्यालयका कागजात क्षति भएपछि कामको भार थपिने बताए। कार्यालयमा कुनै कागजात नभएपछि मालपोतबाट मगाउनुपर्ने, रुजु गर्नुपर्ने हुँदा समयको चाप, कामको भार थपिने उनको भनाइ छ । क्षति भएको कार्यालयको मर्मत गर्न पनि समय र रकम बढी नै लाग्ने भएको छ । मूल्याङ्कन गर्न बाँकी रहेकोले यति रकम लाग्छ भन्ने अहिले भन्न नसकिने उनले बताए।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending