नेपालगन्ज। बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमणबाट महिलाको मृत्यु भएको छ । बाँके राष्ट्रिय निकुञ्जको नजिकको क्षेत्रमा सो घटना भएको स्थानीयले जनाएका छन् ।
राप्ती सोनारी २ माथेबास मदुईमा रहेका आफन्तको घरबाट आफ्नो घर सोही गाउँपालिका–३, सिनाबास फर्किने क्रममा बेपत्ता भएकी ४५ वर्षीया लक्ष्मी थारुलाई बाघले खाएको अवस्थामा उनको शव भेटिएको हो ।
राप्ती सोनारी वडा ३ का वडा अध्यक्ष मीनकुमार चौधरीले दिएको जानकारी अनुसार वडा २ माथेबास मदुईस्थित आफन्तको घरमा जानुभएकी वडा ३ सिनाबासकी लक्ष्मी थारु आइतबार बाटोबाटै बेपत्ता भएको थिए। उनको खोजतलास गर्दै जाँदा सोमवार अबेर जनमुखी सामुदायिक वनको ५० मिटर पर बाघले खाएको अवस्थामा शव भेटिएको वडा अध्यक्ष चौधरीले बताए। दुवै खुट्टा खाएको र टाउको भाँचेको अवस्थामा लक्ष्मीको शव फेला परेको उहाँले जनाए।
सो क्षेत्रमा यसअघिदेखि नै बाघले आक्रमण गर्ने गरेको जनाउँदै वडा अध्यक्ष चौधरीले उक्त बाटोमा आवागमन गर्दा राती नहिंड्न र एक्लै पनि नहिँड्न सर्वसाधारणलाई अनुरोध गरिएको बताए।
बाघको आक्रमणबाट लक्ष्मीको मृत्यु भएपछि सो क्षेत्रका स्थानीयमा बाघको त्रास बढेको छ । स्थानीयले तत्काल मानिस खाने बाघको खोजी गरेर नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्ज प्रहरी प्रशासनसँग माग गरेका छन् ।
मृतक थारुको शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा राखिएकोमा मङ्गलवार पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १७:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्। हाम्रो पार्टी नेपालका...
मंसिर २० गते, २०८२ - १६:४४
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...
मंसिर २० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...
मंसिर २० गते, २०८२ - १६:२६
खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ...
मंसिर २० गते, २०८२ - १६:०४
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...
मंसिर २० गते, २०८२ - १५:५२
नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...
मंसिर २० गते, २०८२ - १५:४७
काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...
मंसिर २० गते, २०८२ - १५:३६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...
मंसिर २० गते, २०८२ - १५:३१
काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...
मंसिर २० गते, २०८२ - १५:०४
काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...




प्रतिकृया लेख्नुहोस्: