Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

जुम्लामा सहुलियत मूल्यमा चामल वितरण सुरु

खबरडबली संवाददाता

जुम्ला। जुम्लामा दशैँ तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लिमिटेड शाखा कार्यालय जुम्लाले सोमबारदेखि सहुलियत मूल्य पसल सञ्चालन गरेको हो । सहुलियत मूल्य पसलमा चिनीसहित ६ प्ररकारका चामल बिक्री गरिने छ ।

प्रति केजीमा ५ रुपियाँ छुट दिएर बिक्री गरिने छ । सोमबारदेखि सुरु भएको सहुलियत पसल आगामी कात्तिक १० गतेसम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा प्रमुख मनोज जोशीले बताए।

उनका अनुसार सहुलियत पसलका लागि कुल ११ सय क्वीन्टल चामल र दुई सय क्वीन्टल चिनी छुट्याइएको छ । जसमा अरुवा मोटा चामल प्रति बोरा २५ किलोको १४ सय २५, एफआर अरुवा मोटा १४ सय २५, अरुवा मध्यम चामल १५ सय, एफआर अरुवा सोना मन्सुली १५ सय, स्टिम जिरा मसिनो चामल २१ सय २५ र एफआर स्टिम जिरा मसिनो चामल २१ सय २५ रुपियाँमा बिक्री हुने उल्लेख गरिएको छ ।

सबै चामल २५ किलोको हुने र प्रतिकेजी पाँच रुपियाँ छुट दिएर बिक्री हुने शाखा प्रमख जोशीको भनाइ छ । सहुलियत पसलबाट उपभोक्ताले प्रति बोरामा एक सय २५ रुपियाँ छुट पाउने छ भने चिनी प्रति केजी एक सय रुपियाँमा बिक्री गरिने छ । बजारको सामान्य चामल पनि दुई हजार २५ सय पर्ने अवस्थामा विपन्न नागरिकलाई मार पर्ने र त्यही रुपियाँले सहुलियत मूल्य पसलबाट चामल लिँदा राहत हुने अपेक्षा गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले हरेक वर्ष जस्तै जुम्लामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन भएकालेमा सबै नागरिकलाई सेवा लिन अनुरोध गर्नुभयो । बजारभन्दा चिनी र चामल निकै सस्तो पाइने भएकाले विपन्न नागरिकलाई राहत पुग्ने उहाँको भनाइ छ ।

गत वर्ष एकै दिन डेढ सय क्वीन्टलसम्म सहुलिय मूल्यको चामल बिक्री भएको थियो । साथै चालु आर्थिक वर्षका लागि जुम्लामा कुल ६ हजार क्वीन्टल चामल स्वीकृती भएको छ । आवश्यकता अनुसार चामल ढुवानी भइरहेको खाद्य संस्थानले जनाएको छ ।

हाल खाद्य संस्थानको गोदामा कुल मौज्दात २२ सय क्वीन्टल चामल मौज्दात रहेको छ । त्यसमध्ये ५७।५० क्वीन्टल चामल कारागार, ११ सय क्वीन्टल सहुलियत मूल्य पसल, चार हजार क्वीन्टल कारागारका लागि छुट्याइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending