काठमाडौँ। धन भएर मात्र हुँदैन, समाजसेवा गर्नका लागि मन पनि चाहिन्छ । यिनै मनकारीहरूको सक्रियता र पहलमा काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका वडा नं। ११ मा जलेर ध्वस्त भएको ट्राफिक प्रहरी प्रभाग कार्यालय तयार भएर सञ्चालनमा आएको छ ।
भदौ २३ गते नयाँ बानेश्वरमा भएको जेन्जी समूहको प्रदर्शन घुसपैठ भएर हिंसामा परिणत भएपछि १७ युवाको निधन भयो, त्यसको आक्रोशमा भदौ २४ गते निस्किएको विरोध जुलुसमा सहभागी केही उच्छृङ्खल व्यक्तिले ट्राफिक कार्यालय जलाएर नष्ट गरिदिए ।
जनताकै सेवाका लागि स्थापना गरिएको कार्यालय जलाएर सुरक्षाकर्मीलाई विस्थापित गरेपछि स्थानीयवासीको मन रोयो । उनीहरूले २५ गते नै आएर कार्यालय सफा गरे। कार्यालय परिसरमा राखेका कम्तीमा ८० वटा मोटरसाइकल जले । तिनका अवशेषलाई पनि कुनामा थुपारियो ।
नयाँ वस्ती टोलसुुधार समितिको पहलमा कार्यालय सञ्चालनमा आएको छ । अहिले हेर्दा यो कार्यालय जलेको थियो भनेर कसैले भन्न नसक्ने गरी चिटिक्क पारिएको छ । बाहिरी निर्माण कार्य सकिए पनि भित्रको रङरोगन गर्ने, धारा जडान गर्ने कार्य जारी छ । यस कार्यको अगुवा गर्नेमा स्थानीयवासी राजकुमार लामिछाने, विश्वनाथ मुडभरी, तोरणबहादुर रिजाल, ध्रुव भट्ट, नारायण सापकोटा, वासु श्रेष्ठलगायत छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: