काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जीलेको माग सम्मानसहित सम्बोधन गरेर मात्रै अगाडि बढ्न सकिने कुरामा प्रस्ट रहेको बताएका छन् ।
शुक्रबार भिडिओ वक्तव्यमार्फत पार्टीलाई सम्बोधन गर्दै गगनले सम्भवत: आज साँझसम्म अन्तरिम सरकारको कुरा टुंगिएला, आन्दोलनकारी साथीहरूले माग गरेअनुरूप उहाँले छानेकै व्यक्तिको नेतृत्वमा सरकार बनाउने कुराका निम्ति नेपाली कांग्रेस तयार मात्र होइन, त्यसका लागि वातावरण बनाइदिनको लागि संवादमा रहेको बताएका छन्।
उनले भनेका छन् ‘हामी सबै पक्षसँग संवाद गरिरहेका छौं। सम्माननीय राष्ट्रपतिलगायत अन्य दलहरूसँग पनि संवाद गरिरहेका छौं,’ गगनले भने, ‘हामी आन्दोलनकारी साथीहरूसँग पनि कुन न कुनै माध्यमबाट पुग्ने कोसिस गरिरहेका छौं, कुनै न कुनै पहल भइरहेको छ’ उनले भनेका छन् ।
‘अन्तरिम सरकार बन्ने कुरा छ। सम्भवत: आज साँझसम्म अन्तरिम सरकारको कुरा टुंगिएला, आन्दोलनकारी साथीहरूले माग गरेअनुरूप उहाँले छानेकै व्यक्तिको नेतृत्वमा सरकार बनाउने कुराका निम्ति नेपाली कांग्रेस तयार मात्र होइन, त्यसका लागि वातावरण बनाइदिने कुरामा रहेको छ, तर, एउटै कुरा छ, यो सरकारलाई हामी संविधानसँग जोड्न चाहन्छौं। किनकि २०७२ ले दिएको संविधान जोगिएन भने स्थायी समाधान हुँदैन,’ उनले भने। संविधानबाहिर जाँदा बाटै सजिलो नभएको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...
श्रावण २२ गते, २०८३ - १३:१०
काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान जारी भएको एक दशक पूरा हुन लागेको सन्दर्भमा यसको पुनर्लेखन नभई कार्यान्वयनका ...
श्रावण २२ गते, २०८३ - १२:५६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा सुरु भएको पुनरावलोकन प्रक्रियाप्रति सम्म...
श्रावण २२ गते, २०८३ - १२:३३
वीरगन्ज। पर्साको वीरगन्ज–१४ स्थित एक पेट्रोल पम्पमा हवाई इन्धन बोकेको ट्यांकरबाट तेल चोरी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जिल्ला ...
श्रावण २२ गते, २०८३ - १२:१८
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाडौंमा राष्ट्रिय सम्मानक...
श्रावण २२ गते, २०८३ - १२:००
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजन भएपछि नेता राम कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। उनले अब आफू निर्माणाधीन वैचारिक ...



प्रतिकृया लेख्नुहोस्: