Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

सिन्धुलीमा कारागारबाट भागेका १६९ कैदीबन्दी पक्राउ

खबरडबली संवाददाता

सिन्धुलीमाढी। सिन्धुलीमा प्रहरीले बिहीबारसम्म कारागार कार्यालय फोरेर भागेका १६९ जना कैदीबन्दीलाई पक्राउ गरेको छ ।

कारागार कार्यालय सिन्धुलीमा बुधबार बिहान आगजनी गरी मुख्य गेट तोडेर भागेका ४७१ कैदीबन्दीमध्ये विभिन्न ठाउँबाट ती कैदीबन्दीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १६० जनालाई बुधबार रातिसम्म र नौ जनालाई बिहीबार बिहान पक्राउ गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

उनका अनुसार पक्राउ गरेकामध्ये १४५ जना पुरुष र २४ जना महिला कैदीबन्दी रहेका छन् । बिहीबार विहान कमलामाई नगरपालिका –५ बेसारेबाट चार जना र मरिण गाउँपालिका –६ बाट दुई जना पुरुषलाई उनीहरुको घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइदै गरिएको छ । बाँकीलाई बुधबार नै कमलामाई मन्दिर नजिकबाट २० जना, भिमान ९० जना, खुर्कोटबाट तीन जना र अरु विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका १४३ जना कैदीबन्दीलाई बुधबार राति नै कारागारभित्र छिराएको र महिला कैदीबन्दी प्रहरीको नियन्त्रणमा कारागार बाहिर नै रहेका प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनले भने, ‘कारागारभित्र महिला कैदीबन्दी राख्ने ठाउँ मर्मत र सरसफाई कार्य भइरहेकाले उनीहरुलाई बाहिर नै राखिएको हो । सम्भवत: बिहीबार बेलुकासम्म मर्मत कार्य सिध्याएर उनीहरुलाई पनि कारागारभित्र छिराइने छ ।’

कार्यालयका अनुसार यो भन्दा बाहेक झुम्का कारागारबाट भागेका एक जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । त्यस्तै, काठमाडौंका विभिन्न कारागारबाट भागको ६ जनालाई ईलाका प्रहरी कार्यालयले खुर्कोटले पक्राउ गरी राखेको छ ।

कारागार कार्यालय सिन्धुलीबाट ४२८ जना पुरुष र ४३ जना महिला गरी ४७१ जना कैदीबन्दी भागेका र उनीहरुको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक सुबेदीले बताए। भागेका कैदीबन्दीलाई सम्पर्कमा आउने रेडियो–एफएमबाट सूचना प्रशारण भइरहेको कारागार प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भागेका कैदीबन्दीलाई भेटेमा प्रहरीको सम्पर्क नम्बरहरुमा सूचना जानकारी दिन अनुरोध गर्दै सूचना प्रकाशन गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending