Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

सिन्धुलीमा कारागारबाट भागेका १६९ कैदीबन्दी पक्राउ

खबरडबली संवाददाता

सिन्धुलीमाढी। सिन्धुलीमा प्रहरीले बिहीबारसम्म कारागार कार्यालय फोरेर भागेका १६९ जना कैदीबन्दीलाई पक्राउ गरेको छ ।

कारागार कार्यालय सिन्धुलीमा बुधबार बिहान आगजनी गरी मुख्य गेट तोडेर भागेका ४७१ कैदीबन्दीमध्ये विभिन्न ठाउँबाट ती कैदीबन्दीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १६० जनालाई बुधबार रातिसम्म र नौ जनालाई बिहीबार बिहान पक्राउ गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

उनका अनुसार पक्राउ गरेकामध्ये १४५ जना पुरुष र २४ जना महिला कैदीबन्दी रहेका छन् । बिहीबार विहान कमलामाई नगरपालिका –५ बेसारेबाट चार जना र मरिण गाउँपालिका –६ बाट दुई जना पुरुषलाई उनीहरुको घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइदै गरिएको छ । बाँकीलाई बुधबार नै कमलामाई मन्दिर नजिकबाट २० जना, भिमान ९० जना, खुर्कोटबाट तीन जना र अरु विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका १४३ जना कैदीबन्दीलाई बुधबार राति नै कारागारभित्र छिराएको र महिला कैदीबन्दी प्रहरीको नियन्त्रणमा कारागार बाहिर नै रहेका प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनले भने, ‘कारागारभित्र महिला कैदीबन्दी राख्ने ठाउँ मर्मत र सरसफाई कार्य भइरहेकाले उनीहरुलाई बाहिर नै राखिएको हो । सम्भवत: बिहीबार बेलुकासम्म मर्मत कार्य सिध्याएर उनीहरुलाई पनि कारागारभित्र छिराइने छ ।’

कार्यालयका अनुसार यो भन्दा बाहेक झुम्का कारागारबाट भागेका एक जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । त्यस्तै, काठमाडौंका विभिन्न कारागारबाट भागको ६ जनालाई ईलाका प्रहरी कार्यालयले खुर्कोटले पक्राउ गरी राखेको छ ।

कारागार कार्यालय सिन्धुलीबाट ४२८ जना पुरुष र ४३ जना महिला गरी ४७१ जना कैदीबन्दी भागेका र उनीहरुको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक सुबेदीले बताए। भागेका कैदीबन्दीलाई सम्पर्कमा आउने रेडियो–एफएमबाट सूचना प्रशारण भइरहेको कारागार प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भागेका कैदीबन्दीलाई भेटेमा प्रहरीको सम्पर्क नम्बरहरुमा सूचना जानकारी दिन अनुरोध गर्दै सूचना प्रकाशन गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...

हत्या अभियोगमा जेल परेकाको कारागारमै महिला प्रहरीसँग चिनजान, छुटेपछि उनकै हत्या

काठमाडौं। लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेमा पूर्व प्रहरी हवल्दार सिता कँडेलको विभत्स हत्या गरी फरार रहेका प्रतिवादी बुद्धिराम दराई पक्राउ परेका छन...

अमेरिकी व्यापार दबाबपछि भारतले घटायो ब्याज दर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थपिएको कडा कर र विश्वव्यापी व्यापार सन्त्रासबिच भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबिआ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending