Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

नवलपरासीमा जापानीज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्यु, डेंगुको जोखिम पनि बढ्दै

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। नवलपरासी जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने जापानीज इन्सेफ्लाइटिस (जेई) रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माले दिएको जानकारीअनुसार विगत डेढ महिनाको अवधिमा उनीहरूको निधन भएको हो ।

मृत्यु हुनेमा बर्दघाट नगरपालिका, सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाका एकरएक जना पुरुष रहेका छन् । उनीहरू क्रमश: ७४, ६२ र ५० वर्षका थिए । उपचारका क्रममा उनीहरूको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार जेईविरुद्धको खोप नलगाएकाहरूमा यो सङ्क्रमण देखिएको हो ।

लामखुट्टेको टोकाइबाट सर्ने यी दुई रोगको जोखिम जिल्लामा बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलका अनुसार, जापानीज इन्सेफ्लाइटिस र डेंगुको जोखिमलाई ध्यानमा राख्दै समुदायस्तरमा लामखुट्टे नियन्त्रण र जनचेतना अभियान सञ्चालन गरिएको छ ।

यसैबीच, पश्चिम नवलपरासीमा डेंगु सङ्क्रमणले पनि चुनौती थपेको छ । सन् २०२५ को हालसम्म जिल्लामा नौ जनामा डेंगु पोजेटिभ देखिएको छ । वैशाखयता मात्रै सात जनामा डेंगु पुष्टि भएको छ । चिकित्सकका अनुसार मौसममा पानी जम्ने स्थल र सरसफाइमा कमीका कारण यी रोगहरू तीव्र गतिमा फैलिरहेका छन् ।

चिकित्सकहरूका अनुसार, जापानीज इन्सेफलाइटिस क्यूलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक गम्भीर रोग हो । यो रोग लागेमा मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने र कोमामा जाने सम्भावना हुन्छ ।

त्यसैगरी, एडिस एजिप्टी प्रजातिको लामखुट्टेमार्फत सर्ने डेंगीका सामान्य लक्षणहरूमा उच्च ज्वरो, टाउको दुख्ने, आँखाको पछाडि दुख्ने र मांसपेशी दुख्ने जस्ता समस्या देखिन्छन् । गम्भीर अवस्थामा शरीरमा रक्तस्राव हुने र प्लेटलेट घट्ने समस्या हुन सक्छ ।

दुवै रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु नै सबैभन्दा महत्त्वपूर्ण उपाय हो । घर वरपर पानी जम्न नदिने, झुल लगाएर सुत्ने, पूरा बाहुला भएको लुगा लगाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending