सुलीकोट। उत्तरी गोरखाको माछीखोला-लार्के भञ्ज्याङ सडक अनिश्च्तिकालको लागि बन्द भएको छ । धार्चे गाउँपालिका-३ दोभानस्थित खोत्राङ खोला वारी शुक्रबार बिहान ६ बजे ठुलो पहिरो र ढुङ्गा खसेर पुरै सडक भासिँदा माछीखोला-लार्के भञ्ज्याङ सडक अनिश्च्यत कालको लागि बन्द भएको हो ।
धार्चे गाउँपालिकाबाट चुमनुब्री गाउँपालिका पुग्ने मुख्य सडकमा ठुलो पहिरो गएपछि सवारीसाधन र पैदल यात्रीहरुलाई सडक मार्ग पूर्णरुपमा बन्द गरिएको र बन्द गरिएको सडक बाटो प्रयोग नगर्न सबै यात्रीहरुलाई धार्चे गाउँपालिकाले शुक्रबार एक सार्वजनिक सूचना जारी गरी अपिल गरेको छ ।
उक्त सडकको भासिएर खुलाउने बाटो कतै पनि नभएपछि वैकल्पिक रुपमा डाईभर्सनको व्यवस्था गर्न सकिने अवस्था छैन, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भने, ‘अप्ठ्यारो ठाउँमा भिषण पहिरो गएकाले उक्त सडक भएर यात्रा नगरी जोखिम नमोल्न गाउँपालिका आग्रह गर्दछ ।’
उत्तरी गोरखा पुग्ने सडक मार्ग तथा पदमार्ग भएकाले पनि पहिरो रोकिएपछि पालिकासँग भएको जेसिबी प्रयोग गरी जति सक्दो चाडै बाटो खुलाएर सवारीसाधनलाई आबतजाबतमा सहज बनाईने गाउँपालिकाले जनाएको छ । सडक तथा बाटो अबरुद्धले नागरिकमा पर्न गएको असुविधा प्रति पालिकाले क्षमा याचना समेत गरेको छ ।
उत्तरी गोरखमा परेको अबिरल बर्षाले सडक नै भासिए पछि सवारीसाधनहरुलाई पूर्ण रुपमा रोक लगाई सकेकाले सवारीसाधनलाई जोखिम मोलेर यात्रा नगर्न धार्चेका निर्मित प्रमुख प्रशासकिय अधिकृत बिनायक तिमेल्सनाले आग्रह गरे।
शुक्रबार धार्चे गाउँपालिकाले एक सुचना जारी गर्दै सडक पुर्णरुपमा नबन्दा सम्म लागि सबारी आबतजाबतमा पूर्ण रुपमा बन्द गरिएको धार्चे गाउँपालिकाले निर्मित प्रमुख प्रशासकिय अधिकृत बिनायक तिमेल्सनाद्वारा हस्ताक्षारित गरेको सूचनामा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १७:२०
काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...
चैत्र १ गते, २०८२ - १७:१४
सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...
चैत्र १ गते, २०८२ - १६:५५
काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...
चैत्र १ गते, २०८२ - १६:४०
भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...
चैत्र १ गते, २०८२ - १६:२८
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...
चैत्र १ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...
चैत्र १ गते, २०८२ - १६:०५
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...
चैत्र १ गते, २०८२ - १६:००
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...
चैत्र १ गते, २०८२ - १५:५२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...
चैत्र १ गते, २०८२ - १५:४३
पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...


प्रतिकृया लेख्नुहोस्: