Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

रौतहटको बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालन

खबरडबली संवाददाता

रौतहट। कुशे औंसीको अवसरमा सडक आश्रित ‘बा’हरूका लागि चन्द्रपुर–७ बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालनमा ल्याइएको छ । आश्रमको सांसद देवप्रसाद तिमल्सिना र प्रमुख जिल्ला अधिकारी विनोद खड्कालगायतले सडक आश्रित ‘बा’हरूलाई आश्रममा प्रवेश गराई शनिबार सेवा शुभारम्भ गरेका थिए ।

सो अवसरमा सांसद तिमल्सिनाले आगामी दिनमा आश्रमलाई आवश्यक पर्ने वस्तुहरु सहयोग गर्ने जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खड्का, गढीमाई नगरपालिकाका उपप्रमुख स्मिता यादव, गरुडा नगरपालिका प्रमुख कन्थमणिप्रसाद कलवार, जिल्ला समन्वय समिति प्रमुख रामअयोध्या यादव, पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्की, चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदयनारायण सापकोटा, निजानन्द धामका सन्त गुरु सुरेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० नगर कमिटी अध्यक्ष शिव आचार्यलगायतले मानव सेवा आश्रमलाई सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।

कार्यक्रममा उक्त आश्रम सञ्चालनका लागि रु तीन  लाख ३८ हजार १२५ बराबर नगद तथा जिन्सी सहयोग प्राप्त भएको आश्रमका मधेस प्रदेश संयोजक विवेक महतोले जानकारी दिए । गरुडा नगरपालिकाका प्रमुख कलवारले रु दुई लाख ५१ हजार नगरपालिकाको तर्फबाट र पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्ण यादवले रु ५१ हजार बराबरको खाद्यान्न सामग्री सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको आश्रमका प्रदेश संयोजक महतोले बताए ।

यसैगरी कृष्ण प्रणामी युवा परिषद्ले रु ६० हजार बराबरको खाद्यान्न तथा लत्ताकपडा,  जनज्योति बहुमुखी क्यामपस चन्द्रनिगाहपुरका स्ववियु सचिव साहिल पुरीले रु २० हजार, पशु चिकित्सक दुर्गाप्रसाद चिमोरियाले रु ११ हजार, प्रजापति पैडेलले रु ११ हजार १३०, विनोददास कथबनियाले रु १० हजार ५५५, अर्पणा देवकोटाले रु १० हजार सहयोग गर्नुभएको संयोजक महतोले जानकारी दिए ।

यस्तै, कृष्ण प्रणामी युवा परिषद् प्रारम्भिक समिति निजानन्दधाम,  पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष  कार्कीलगायतले सहयोग गरेका थिए । आश्रममा रौतहटका ६ र अन्य जिल्लाका १४ जना गरी अहिले सो आश्रममा २० जना सडक आश्रित छन् । आश्रितलाई बास र खानाको सुविधामात्र होइन, सीप, दक्षता र क्षमता विकासमार्फत समाजमा पुन:स्थापना गर्ने लक्ष्यका साथ सेवा विस्तार गरिएको उनको भनाइ छ ।

यही भदौ ५ गतेबाट सुरु गरिएको उद्धार अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि चन्द्रपुर नगरपालिका–१, बागमती मङ्गलपुरसम्म छ जना सडक मानवको उद्धार गरी आश्रममा स्थानान्तरण गरिएको छ । आश्रमका संयोजक विवेक महतोले २०८२ सालभित्रै रौतहटलाई सडक मानवरहित बनाउने लक्ष्य लिएको जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनुसन्धान र आविष्कारका क्षेत्रमा कञ्जुस्याइँ नगरी सरकारले विकासमा जोड दिनुपर्छ: मन्त्री पुन

ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने

काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्र...

हाहुकै भरमा सरकार बन्दैन, चुनावपछि फेरि एमालेकै सरकार बन्छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुर...

दाङमा गोली चल्यो, सुन पसल सञ्चालक घाइते

बुटवल ।  दाङको लमहीमा गोली चल्दा एकजना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली ...

फिफा विश्वकप ड्र सार्वजनिक

काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । फिफाले अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार राति विश्वकप ड्र...

एनपीएलमा आजको दोस्रो खेल: चितवनले टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटि...

उपत्यकाका नदी सफा गर्न धेरै प्रशोधन प्लान्ट बनाउने योजनामा छौँ : मन्त्री घिसिङ

काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै विराटनगर क्वालिफायरमा प्रवेश

काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending