Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

रौतहटको बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालन

खबरडबली संवाददाता

रौतहट। कुशे औंसीको अवसरमा सडक आश्रित ‘बा’हरूका लागि चन्द्रपुर–७ बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालनमा ल्याइएको छ । आश्रमको सांसद देवप्रसाद तिमल्सिना र प्रमुख जिल्ला अधिकारी विनोद खड्कालगायतले सडक आश्रित ‘बा’हरूलाई आश्रममा प्रवेश गराई शनिबार सेवा शुभारम्भ गरेका थिए ।

सो अवसरमा सांसद तिमल्सिनाले आगामी दिनमा आश्रमलाई आवश्यक पर्ने वस्तुहरु सहयोग गर्ने जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खड्का, गढीमाई नगरपालिकाका उपप्रमुख स्मिता यादव, गरुडा नगरपालिका प्रमुख कन्थमणिप्रसाद कलवार, जिल्ला समन्वय समिति प्रमुख रामअयोध्या यादव, पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्की, चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदयनारायण सापकोटा, निजानन्द धामका सन्त गुरु सुरेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० नगर कमिटी अध्यक्ष शिव आचार्यलगायतले मानव सेवा आश्रमलाई सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।

कार्यक्रममा उक्त आश्रम सञ्चालनका लागि रु तीन  लाख ३८ हजार १२५ बराबर नगद तथा जिन्सी सहयोग प्राप्त भएको आश्रमका मधेस प्रदेश संयोजक विवेक महतोले जानकारी दिए । गरुडा नगरपालिकाका प्रमुख कलवारले रु दुई लाख ५१ हजार नगरपालिकाको तर्फबाट र पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्ण यादवले रु ५१ हजार बराबरको खाद्यान्न सामग्री सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको आश्रमका प्रदेश संयोजक महतोले बताए ।

यसैगरी कृष्ण प्रणामी युवा परिषद्ले रु ६० हजार बराबरको खाद्यान्न तथा लत्ताकपडा,  जनज्योति बहुमुखी क्यामपस चन्द्रनिगाहपुरका स्ववियु सचिव साहिल पुरीले रु २० हजार, पशु चिकित्सक दुर्गाप्रसाद चिमोरियाले रु ११ हजार, प्रजापति पैडेलले रु ११ हजार १३०, विनोददास कथबनियाले रु १० हजार ५५५, अर्पणा देवकोटाले रु १० हजार सहयोग गर्नुभएको संयोजक महतोले जानकारी दिए ।

यस्तै, कृष्ण प्रणामी युवा परिषद् प्रारम्भिक समिति निजानन्दधाम,  पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष  कार्कीलगायतले सहयोग गरेका थिए । आश्रममा रौतहटका ६ र अन्य जिल्लाका १४ जना गरी अहिले सो आश्रममा २० जना सडक आश्रित छन् । आश्रितलाई बास र खानाको सुविधामात्र होइन, सीप, दक्षता र क्षमता विकासमार्फत समाजमा पुन:स्थापना गर्ने लक्ष्यका साथ सेवा विस्तार गरिएको उनको भनाइ छ ।

यही भदौ ५ गतेबाट सुरु गरिएको उद्धार अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि चन्द्रपुर नगरपालिका–१, बागमती मङ्गलपुरसम्म छ जना सडक मानवको उद्धार गरी आश्रममा स्थानान्तरण गरिएको छ । आश्रमका संयोजक विवेक महतोले २०८२ सालभित्रै रौतहटलाई सडक मानवरहित बनाउने लक्ष्य लिएको जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने कांग्रेसको घोषणा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्। बीपी कोइरालाको ४४औँ स्...

कर प्रशासन प्रभावकारी बने नेपाल चाँडै ग्रे लिस्टबाट बाहिरिन्छ: अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बत...

अर्गानिक कृषि प्रमाणीकरण देशभित्रै गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक कृषि उपजको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देश...

देशमा अहिले पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको छ: ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान शासन व्यवस्थामा पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको टिप्पणी गरेका छन्। पुष्पलाल श्रेष्ठको ...

वेदिका केसी पक्राउ

काठमाडौं। साइबर कसुरको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले केसीलाई पक्राउ गरेको हो। सा...

इलाममा बोलेरो जिप दुर्घटना, चालकसहित सात जना घाइते

इलाम। मेची राजमार्गको माईखोला–राजदुवाली सडकखण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगाछी–तिल्केनी सडकअन्तर्गत बज्रदेवीमा बोलेरो जिप दुर्घटन...

डा. गोविन्द केसीको २४औँ सत्याग्रह धनगढीबाट सुरु, के - के छन् मागहरु ?

काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा। गोविन्द केसीले बिहीबारदेखि धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्। ...

अहिलेको समयले हामीसँग एक थान भाषण मात्रै मागेको छैन, ऐतिहासिक निर्णय गर्ने बेला आएको छ : आङ्देम्बे

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले अहिलेको परिस्थितिमा ऐतिहासिक निर्णय गर्नुपर्ने बेला आएको बताएका छन्। बीपी ...

एआईपीएसको मतदानमा मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

काठमाडौं। फिफा विश्वकप २०२६ सकिएपछि पनि प्रतियोगितासँग सम्बन्धित चर्चा र बहस जारी छ। यसै क्रममा अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्...

अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागको अनुगमन, राजस्व लक्ष्य हासिल गर्न निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन तथा राजस्व लक्ष्य प्राप्तिका लागि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending