वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले चाहेमा युद्ध तुरुन्तै अन्त्य गर्नसक्ने वा लड्न जारी राख्नसक्ने बताएको छन् । आफ्ना युक्रेनी समकक्षी जेलेन्स्कीलाई भेट्नुअघि ट्रम्पले सो कुरा बताएको हो ।
ट्रम्पले सन् २०१४ मा ओबामा प्रशासनका समयमा भएको क्रिमियाको विलय सम्झाउँदै युक्रेनलाई नाटोमा प्रवेश नगर्ने विषयमा पुन: जोड दिए । उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे, “क्रिमिया फर्किने छैन, युक्रेन नाटोमा पनि प्रवेश गर्ने छैन, केही कुराहरू कहिल्यै परिवर्तन हुँदैनन् ।”
“शान्ति स्थायी हुनुपर्छ, अस्थायी सम्झौता होइन”, जेलेन्स्कीले वासिङ्टन आइपुगेपछि क्रिमिया वा डोनबासजस्ता क्षेत्र गुमाउन बाध्य पारिएको विगतलाई स्मरण गर्दै भने, “अब हामी कुनै पनि भूमि त्याग्दैनौँ । युक्रेनीहरू आफ्नो स्वतन्त्रता र भूमिका लागि लडिरहेका छन् । हाम्रो सेना डोनेट्स्क र सुमीमा सफल भएको छ ।” उनले अमेरिकाप्रति र साझेदारप्रति आभार व्यक्त गर्दै ‘युक्रेनको रक्षा प्रभावकारी रूपमा सुनिश्चित गर्ने’ विश्वास व्यक्त गरे।
ट्रम्प–जेलेन्स्कीको भेट हालै अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पको उच्चस्तरीय वार्तापछि हुँदैछ । तीन घण्टा लामो उक्त वार्तापछि ट्रम्पले ‘रुस–युक्रेन युद्ध अन्त्य गर्ने सबैभन्दा राम्रो बाटो सिधा शान्ति सम्झौता हो, केवल युद्धविराम होइन’ भनेको थिए। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, “राष्ट्रपतिले अलास्काबाट फर्कने क्रममा मध्यरातमा नै जेलेन्स्की र युरोपेली नेताहरूसँग फोनमा लामो छलफल गरे। दुवै पक्ष सहमत हुने उपाय खोज्न कठिन भइरहेको छ, तर हामी निरन्तर संलग्न छौँ ।”
रुबियोले रुसका माग स्वीकार्य नभएको स्पष्ट गर्दै भन्नुभयो, “हामी युक्रेनलाई दबाब दिँदैनौँ । रुसले अस्वीकार्य माग गरिरहेको छ र युक्रेनीहरूले छोड्न नसक्ने कुराहरूमा अडान लिएका छन् ।” फ्रान्स, जर्मनी, बेलायत, इटाली र फिनल्यान्डका नेता पनि वासिङ्टन बैठकमा सहभागी हुने छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र नाटो महासचिव मार्क रुट पनि उपस्थित हुनुहुने छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ‘युक्रेनको चासो र युरोपको सुरक्षालाई संरक्षण गर्ने स्थायी शान्ति’ को आवश्यकता औँल्याए। जर्मन चान्सलर फ्रेडरिक मेर्जले पनि छिटो शान्ति सम्झौतामा चासो व्यक्त गरेको छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरले जेलेन्स्कीको ‘न्यायपूर्ण र स्थायी शान्तिको चाहना’ को प्रशंसा गर्दै बैठकमा सहभागी हुने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...
पौष १३ गते, २०८२ - १४:०७
धनगढी । बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेशनल पार्कमा घाँस–दाउरा लिन...
पौष १३ गते, २०८२ - १३:५७
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–०८२ स्वीकृत गरेको छ। आयोगको शनिबार बसेको बैठकले आचारसंहिता पारित गरेको हो। निर्वाचनको स्वच्छता, निष्...
पौष १३ गते, २०८२ - १३:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद सूचीमा बालेन शाह पक्षका ४० जनाको नाम समावेश गर्ने सहमति भएको छ। आइतबार बिहान रास्व...
पौष १३ गते, २०८२ - १३:४४
बैङ्कक। थाइल्यान्ड र कम्बोडियाले विवादित सीमाक्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँसो...
पौष १३ गते, २०८२ - १३:२७
महोत्तरी। अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्...
पौष १३ गते, २०८२ - १२:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी दुई हप्ताभित्र आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन्। फागुन २१ गते हुने भनि...
पौष १३ गते, २०८२ - १२:०२
हुम्ला । जिल्लाको उत्तरी क्षेत्र हिल्सा सिमकोटको नाम्खा गाउँपालिका–४ को इलिङ काँध सडक एक महिना बन्द गरिएको छ । उक्त सडक स्तरोन्नति गर्ने कार्य सुरु भए...
पौष १३ गते, २०८२ - १०:५८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतिमा प्रवेश गर्ने भएका ...
पौष १३ गते, २०८२ - १०:४५
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्व...




प्रतिकृया लेख्नुहोस्: