Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

दक्षिण कोरिया र अमेरिकी सेनाद्वारा वार्षिक ग्रीष्मकालीन अभ्यास सुरु

खबरडबली संवाददाता

सियोल। दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमबार आणविक हतियारयुक्त उत्तर कोरियाको खतरालाई सामना गर्न वार्षिक ठूलो सैन्य अभ्यास सुरु गरेका छन् । यसले क्षेत्रीय तनाव अझै बढ्ने सम्भावना रहेको छ । 

उत्तर कोरियाले यसलाई आक्रमण अभ्यासका रूपमा चित्रण गर्दै ‘कुनै पनि उक्साहट’ को जवाफ दिने चेतावनी दिएको छ । एघार दिने ‘उल्ची फ्रिडम सिल्ड’ नामक अभ्यासमा करिब २१ हजार अमेरिकी र १८ हजार दक्षिण कोरियाली सैनिकहरू सहभागी छन् । यसमा कम्प्युटर(सिमुलेटेड कमान्ड पोस्ट अपरेसन र फिल्ड प्रशिक्षण समावेश छ । 

सहयोगीहरूले यसलाई रक्षात्मक भन्दै आएका छन्, तर उत्तर कोरियाले प्राय: यस्ता अभ्यासलाई हतियार परीक्षण र सैन्य प्रदर्शन गर्ने बहानाका रूपमा प्रयोग गर्ने गरेको छ । गत हप्तामा उत्तर कोरियाली रक्षामन्त्री नो क्वाङ चोलले अभ्यासलाई ‘सैन्य टकराव’ को सङ्केत भन्दै आफ्नो सेना सीमा बाहिर जाने कुनै पनि गतिविधिको प्रतिकार गर्न तयार रहेको बताएको थिए।

यो अभ्यास दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युङका लागि संवेदनशील समयमा भइरहेको छ । उहाँ अगस्ट २५ मा वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर सम्मेलनको तयारीमा हुनुहुन्छ । ट्रम्पले विगतमा दक्षिण कोरियामा तैनाथ अमेरिकी सैनिकहरूको खर्च बढाउन माग गरेको थिए, जसले गठबन्धनमा दबाब बढाएको छ ।

उत्तर कोरियाले लीको कूटनीतिक आह्वानलाई बेवास्ता गरेको छ । नेता किम जोङ उनले आफ्नो हतियार कार्यक्रमलाई गति दिइरहेका बेला र रुससँग सम्बन्ध गहिरो बनाइरहेका कारण कोरियाली प्रायद्वीपमा तनाव बढेको छ । लीले सोमबार भने, “हामीलाई अब आवश्यक कुरा भनेको दृढ सुरक्षा तयारीसँगै निरन्तर तनाव घटाउने कदम चाल्नु हो ।” दक्षिण कोरियाले सोमबार चार दिने नागरिक सुरक्षा अभ्यास पनि सुरु गरेको छ । अघिल्लो सरकारले यस्तै अभ्यासलाई अझ विस्तार गरेको थियो, जसले किमलाई क्रोधित बनाएको थियो ।

ली सरकारले सन् २०१८ मा हस्ताक्षर भएको अन्तर(कोरियाली सैन्य सम्झौता पुन:स्थापना गर्ने प्रयास गर्ने बताएको छ । त्यस सम्झौताले सीमा क्षेत्रमा बफर जोन र नो(फ्लाई जोन बनाएको थियो । तर सन् २०२४ मा उत्तर कोरियाले दक्षिण कोरियातर्फ फोहोरले भरिएका बेलुन पठाएपछि दक्षिण कोरियाले सम्झौता स्थगित गरेको थियो । उत्तर कोरियाले त्यसपछि सम्झौता नमान्ने घोषणा गरिसकेको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने अमेरिकी सैन्य अभ्याससँग सम्झौता पुन:स्थापना गर्ने कदमको तत्काल कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ । यद्यपि, केही अभ्यास क्षेत्रहरूमा गर्मी र बाढीका कारण क्षति भएकाले आधा प्रशिक्षण कार्यक्रम सेप्टेम्बरसम्म सारिएको छ । ट्रम्पले अघिल्लो कार्यकालमै दक्षिण कोरियालाई आफ्नो भूमिमा तैनाथ २८ हजार पाँच सय अमेरिकी सैनिकका लागि थप भुक्तानी गर्न दबाब दिएको थिए । उहाँनका सहयोगीहरूले गठबन्धन पुनर्गठनबारे सङ्केत दिएका छन्, जसले दक्षिण कोरियामा अमेरिकी सेनाको आकार र भूमिकामा असर पार्न सक्छ ।

विशेषज्ञहरूका अनुसार यस्तो दृष्टिकोणमा दक्षिण कोरियाले उत्तर कोरियासँगको खतरामा अझ ठूलो भूमिका खेल्नुपर्ने हुन्छ भने अमेरिकी सेना चीनप्रति बढी केन्द्रित हुनेछ । यसले सियोललाई थप जोखिम र खर्च बेहोर्नुपर्ने अवस्था ल्याउन सक्छ । हालै पत्रकारहरूसँग बोल्दै, अमेरिकी सेनाका कमान्डर जनरल जेभियर ब्रुनसनले उत्तर कोरियाको आणविक महत्वाकांक्षा, रुससँगको गठबन्धन र चीनको चुनौतीलाई ध्यानमा राख्दै ‘स्वतन्त्र र खुला इन्डो-प्यासिफिक’ का लागि गठबन्धनलाई आधुनिक बनाउनु जरुरी रहेको बताएको थिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

कञ्चनपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु

धनगढी । बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेशनल पार्कमा घाँस–दाउरा लिन...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–०८२ स्वीकृत गरेको छ। आयोगको शनिबार बसेको बैठकले आचारसंहिता पारित गरेको हो। निर्वाचनको स्वच्छता, निष्...

रास्वपाको समानुपातिक सूची: बालेनको भागमा ४० जना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद सूचीमा बालेन शाह पक्षका ४० जनाको नाम समावेश गर्ने सहमति भएको छ। आइतबार बिहान रास्व...

थाइल्यान्ड–कम्बोडिया सीमा युद्धविराम

बैङ्कक। थाइल्यान्ड र कम्बोडियाले विवादित सीमाक्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँसो...

चिसोले महोत्तरीका विद्यालय बन्द

महोत्तरी। अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्...

मेयर बालेन २ हप्तापछि काठमाडौँ महानगरको जिम्मेवारी छोड्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी दुई हप्ताभित्र आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन्। फागुन २१ गते हुने भनि...

हिल्सा सिमकोटको इलिङ काँध सडक एक महिना बन्द

हुम्ला । जिल्लाको उत्तरी क्षेत्र हिल्सा सिमकोटको नाम्खा गाउँपालिका–४ को इलिङ काँध सडक एक महिना बन्द गरिएको छ । उक्त सडक स्तरोन्नति गर्ने कार्य सुरु भए...

निर्वाचनअघि मेयर पदबाट बालेनले दिनुपर्छ राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतिमा प्रवेश गर्ने भएका ...

तथ्यमा आधारित समाचार अझ विश्वसनीय हुन्छ: मुख्यमन्त्री आचार्य

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending